कोरोनाको कहरः एक लाख १४ हजार संक्रमित, ४ हजार बढीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २७, २०७६
|
|
१७ पटक हेरिएको
Shares
कोरोनाको कहरः एक लाख १४ हजार संक्रमित, ४ हजार बढीको मृत्यु

सारांश

  • काठमाडौँ ।
  • विश्वभर ११३ देशमा कोरोना भाइरस अर्थात (कोभिन–१९) को संक्रमण फैलिएको छ ।
  • कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोनाको संक्रमण घट्दै गइरहेका बेला विश्वका ११३ देशमा फैलिसकेको छ।

काठमाडौँ । विश्वभर ११३ देशमा कोरोना भाइरस अर्थात (कोभिन–१९) को संक्रमण फैलिएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोनाको संक्रमण घट्दै गइरहेका बेला विश्वका ११३ देशमा फैलिसकेको छ।

आज मंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ४ हजार २६ जनाको ज्यान गएको छ भने ६४ जहार ८१ जना उपचारपछि घर फर्किएका छन् ।

सोमबार चीनमा १७ जनाको ज्यान गएसँगै चीनमा मात्रै हालसम्म ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ३६ पुगेका र ८० हजार ७ सय ५४ जना संक्रमित भएको चाइना डेलीले जनाएको छ । चीनमा ५९ हजार ८ सय ९७ जना भने उपचारपछि घर फर्किसकेका छन् ।

चीन बाहिर कोरोना भाइरसको संक्रमणबाट इटालीमा सबैभन्दा बढी मानिसको ज्यान गएको छ । इटालीमा मंगलबार बिहानसम्म कोरोनाको संक्रमणबाट ४६३ जनाको ज्यान गएको छ। ९ हजार १ सय ७२ जना संक्रमित भएका छन् ।

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ए लाख १४ हजार ४ सय १५ (१,१४,४१५) जना संक्रमित भएका छन् । सोमबार मात्रै ४ हजार ४ सय २४ जना नयाँ संक्रमित फेला परेका छन् भने कोरोना संक्रमणबाट १९९ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?