नेपाल भर्सेस यमन- 02:56 बजे सम्मको अपडेट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३०, २०७४
|
|
१९ पटक हेरिएको
Shares
नेपाल भर्सेस यमन- 02:56 बजे सम्मको अपडेट

सारांश

  • समय 02:56- अनन्त तामाङले अब्दुल वासेमाथि फाउल गरेपछी पाएको फ्रिकिकलाई गोलमा परिणत गर्न सकेन ।
  • समय 02:55- यमने खतरनाक स्थानबाट फ्रिकिक पाएको छ ।
  • समय 02:54-नेपालका विशाल राईले नवयुगको क्रस कलेक्ट गर्न सक्दा नेपालले मौका गुमाएको छ समय 02:54- नेपालका किपर किरण चेमजोङले पुन: अर्को बचाव गरेका छन् ।

अनन्त तामाङले अब्दुल वासेमाथि फाउल गरेपछी पाएको फ्रिकिकलाई गोलमा परिणत गर्न सकेन ।

यमने खतरनाक स्थानबाट फ्रिकिक पाएको छ ।

नेपालका विशाल राईले नवयुगको क्रस कलेक्ट गर्न सक्दा नेपालले मौका गुमाएको छ

नेपालका किपर किरण चेमजोङले पुन: अर्को बचाव गरेका छन् ।

यमनले बक्स बाहिर बाट फ्रिकिक पाएको छ ।

३७औ मिनेटको खेल सकीँदा नेपाल ० यमन ०

सुजल श्रेष्ठले प्रहार गरेको फ्रि किक यमनको वालमा लागेको छ । यमनको खतरा टरेको छ ।

अहमद अलिले बक्स नजिकै अञ्जन बिष्टलाई लडाएपछि फ्रिकिक पाएको हो ।

समय 02:44- नेपालले बक्स बाहिरबाट फ्रि किक पाएको छ

समय 02:43- २६ औ मिनेटमा कर्नरमा शरुुमा अनन्त तामाङ, त्यसपछि सुजल श्रेष्ठ र भरत खवासले बल कलेक्ट गर्न नसक्दा नेपालले सुनौलो अवसर गुमाएको छ ।

समय 02:42- कर्नर प्रहार गर्न अञ्जन बिष्ट आएका छन् ।

समय 02:41- नेपालले पहिलो कर्नर पाएको छ

समय 02:40- २४ औ मिनेटको खेल सकिँदा नेपाल ० यमन ०

समय 02:38- यमनका वाहिद महमम्दले भरत खवासमाथि फाउल गरेपछि नेपालले फ्रि किक पाएको छ । विशालराई को फ्रिकिकमा अनन्त तामाङले गरेको हेडिङ पोष्ट बाहिर गएको छ ।

समय 02:37- सहायक कोच राजु शाक्यले बेञ्चबाट बाहिर आएर खेलाडीहरूलाई निर्देशन दिँदै छन् ।

समय 02:35- यमनका स्ट्राइकर अहमद नबिल आजको खेलमा प्रभावशाली देखिएका छन् । भर्खरै मात्र उनले हेडिङ गरेर गोल गर्ने प्रयास गरेका छन् ।

समय 02:33- दुवै टोली आक्रमण गर्ने भन्दा पनि पोजसन बचाउने रणनितिमा लागेको देखिएको छ ।

समय 02:33- सन् २०१४ बाट लिग नभएको यद्ध ग्रस्त यमनाका खेलाडीहरुको खेलमा लय भने देखिएको छैन ।

समय 02:32- फिफा वरियतमा यमन नेपाल भन्दा ४५ स्थान माथि छ । यमनलका खेलाडीहरु शारीरिक रुपमा पनि बलिया देखिन्छन् ।

समय 02:31- अहिलेसम्म यमनले नेपाली पोष्टमा २ पटक दरिलो आक्रमण गरिसकेको छ । दुवै पटक गोलकिपर चेमजोङले उत्कृष्ट रक्षण गरेका थिए ।

समय 02:30-  १३औ मिनेटमा भरत खवासको लेफ्ट फुटेड सट क्रसबार नजिकैबाट बाहिरिएको थियो ।

समय 02:29- अहिलेसम्म नेपाले बलियो आक्रमण गर्न सकेको छैन ।

समय 02:28- १२औ मिनेटमा यमनका मोहमम्द नबिलको प्रहार किरण चेमजोङले उत्कृष्ट बचाव गरेका छन्

समय 02:28- यमनको गोलको नजिक थियो ।तर, किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका छन् ।  

समय  02:27- ७ औ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्ने मौका गुमाएका थिए ।

समय 02:26 –  नेपाली टोलीले आज भने सकेसम्म एयरबल नखेल्ने रणनिति बनाएको देखिन्छ ।
अहमद नबिल ५ मिनेटमा गरेको प्रहार किपर चेमजोङले बचाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?