एमाले अध्यक्ष ओली अस्वस्थ

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ४, २०८०
|
|
३३ पटक हेरिएको
Shares
एमाले अध्यक्ष ओली अस्वस्थ

सारांश

  • काठमाडौं।
  • भाइरल ज्वरोका कारण नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ।
  • अध्यक्ष ओली भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि औषधि खाएर आराम गरिरहेका छन्।

काठमाडौं। भाइरल ज्वरोका कारण नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ।

अध्यक्ष ओली भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि औषधि खाएर आराम गरिरहेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ, अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु।”

आगामी वैशाख १० गते हुन लागेको तनहुँ, चितवन र बारामा हुन लागेको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई अध्यक्ष ओलीले विजयी हुन अग्रीम शुभकामना व्यक्त गरे। “तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो, तर, अहिले म ती कार्यक्रममा सहभागी हुन सकिरहेको छैन”, अध्यक्ष ओलीले भनेका छन्, “तनहुँ-१ मा सर्वेन्द्र खनाल, चितवन-२ मा राम न्यौपाने र बारा-२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौँ, तपाईंहरूको प्रतिनिधित्वका लागि उहाँहरू योग्य उम्मेदवार हुनुहुन्छ, उहाँहरूलाई विजय गराउनुहुन तनहुँ-१, चितवन-२ र बारा-२ का आम मतदाता समक्ष म विनम्र आग्रह गर्दछु।”

अध्यक्ष ओलीले आफ्नो स्वास्थ्य अवस्था ठीक भएपछि तीनै उम्मेदवारलाई भेट्न आउने उल्लेख गर्दै लेखेका छन्, “स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा म तपाईंहरूलाई भेट्न आउने नै छु, तीनै उम्मेदवारलाई विजयको हार्दिक शुभकामना व्यक्त गर्दछु।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साँझ नपर्दै यौनकर्मी खोज्नेको भिड, यसरी हुन्छ रत्नपार्कमा देहव्यापार
साँझ नपर्दै यौनकर्मी खोज्नेको भिड, यसरी हुन्छ रत्नपार्कमा देहव्यापार
मन्त्रिपरिषद्का निर्णय ७० वटा, सार्वजनिक गरिए ७ वटा मात्रै !
मन्त्रिपरिषद्का निर्णय ७० वटा, सार्वजनिक गरिए ७ वटा मात्रै !
चिन्तन थिङ तामाङको  समृद्ध धनकुटा निर्माणको लागि ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक…
चिन्तन थिङ तामाङको समृद्ध धनकुटा निर्माणको लागि ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक…
एकै प्रकृतिका कार्यालय एकीकृत गर्न माग
एकै प्रकृतिका कार्यालय एकीकृत गर्न माग
पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा, आजै दर्ज्यानी चिह्न प्रदान गरिने
पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा, आजै दर्ज्यानी चिह्न प्रदान गरिने
भोली शनिबार पनि बैंकहरु खुल्ने
भोली शनिबार पनि बैंकहरु खुल्ने
तेस्रो चरणको चुनावमा फोरम पहिलो पार्टी बन्छ’,उपेन्द्र
तेस्रो चरणको चुनावमा फोरम पहिलो पार्टी बन्छ’,उपेन्द्र
गोरखाको गण्डकी गाउँपालिमा काँग्रेसको अग्रता
गोरखाको गण्डकी गाउँपालिमा काँग्रेसको अग्रता
राष्ट्रव्यापी बाल गायन रियलिटी शो ‘सुरशाला जुनियर आयडल–सिजन २’ को घोषणा
राष्ट्रव्यापी बाल गायन रियलिटी शो ‘सुरशाला जुनियर आयडल–सिजन २’ को घोषणा
Sonam, Kareena, Karisma and Rhea enjoys lunch date in London!
Sonam, Kareena, Karisma and Rhea enjoys lunch date in London!

तपाईंले छुटाउनुभयो कि?