नेपाल र केन्याबीच क्रिकेट:नेपालको चौंथो विकेट गुम्यो
सारांश
- विश्व क्रिकेट लीग डिभिजन लीग अन्तर्गत नेपाल र केन्याबीचको खेल सुरु भएको छ ।
- टस जितेको केन्याले नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।
- ५० ओभरको खेललाई ३८ ओभरमा छोट्याइएको छ ।
विश्व क्रिकेट लीग डिभिजन लीग अन्तर्गत नेपाल र केन्याबीचको खेल सुरु भएको छ । टस जितेको केन्याले नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।
५० ओभरको खेललाई ३८ ओभरमा छोट्याइएको छ । वर्षाको कारण खेल प्रभावित भएपछि ३८ ओभरमा खेलाउन लागिएको हो । ओपनिङमा ज्ञानेन्द्र मल्ल र सुनिल धमला आएका छन् ।
नेपाली टीमका कप्तान पारस खड्काले भने आजको खेल खेल्ने छैनन् । अर्का बलर करण केसीले पनि खेल गुमाउने छन् । खड्का र केसी दुबै अस्वस्थ छन् ।
नेपालको टिममा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, विनोद भण्डारी, सागर पुन, सोमपाल कामी, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, मेहबुब आलम र सुनिल धमला छन् ।
त्रिवि मैदान कीर्तिपुरमा नेपाल र केन्याको खेल हेर्ने दर्शकहरुको उल्लेख्य सहभागीता छ । सुनिल धमला ३ रन बनाएर आउट भएका छन् भने ज्ञानेन्द मल्ल २७ रन बनाएर पेभिलियन फर्किएका छन् । सागर पुन १० रन बनाएर अाउट भए । शरद भेषवाकर ३ रन बनाएर पेभिलियन फर्किए ।
प्रतिक्रिया