गृहमन्त्री बादलले प्रहरीको मेसमा पुगेर भात मागेपछि…(हेर्नुहोस ४ तस्वीरमा)

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ७, २०७४
|
३८
|
१५ पटक हेरिएको
Shares
गृहमन्त्री बादलले प्रहरीको मेसमा पुगेर भात मागेपछि…(हेर्नुहोस ४ तस्वीरमा)

सारांश

  • काठमाडौं, ७ चैत ।
  • गृहमन्त्री रामबहादुर थापा “बादल” “छापामार शैली”मा प्रहरीको मेसमा पुगेर भात मागेका छन् ।
  • उनले हाँसोठट्टाका लागि भात मागेका होइनन्, बादलले प्रहरीकै मेसमा प्रहरीहरुसँग बसेर खाना खाएका छन् ।

काठमाडौं, ७ चैत । गृहमन्त्री रामबहादुर थापा “बादल” “छापामार शैली”मा प्रहरीको मेसमा पुगेर भात मागेका छन् । उनले हाँसोठट्टाका लागि भात मागेका होइनन्, बादलले प्रहरीकै मेसमा प्रहरीहरुसँग बसेर खाना खाएका छन् ।

गृहमन्त्री बादल बिहान नख्खु कारागार भ्रमण गर्न निस्किएका थिए । कारागारसँगै गृहमन्त्रीले जावालखेल प्रहरी वृत्त र पुल्चोक प्रहरी प्रभागको निरीक्षण गरे । ११ बजे मन्त्रालयमा छलफल कार्यक्रम राखिएको थियो । ११ बज्न आधा घण्टा अझै बाँकी रहेपछि गृहमन्त्री बादलले महानगरीय प्रहरी वृत्त, अनामनगरतर्फ गाडी लान भने । बिना सूचना गृहमन्त्री त्यहाँ पुग्दा प्रहरीहरु झस्किएका थिए ।

सो वृत्तका प्रमुख डीएसपी कपिल बोहराले गृहमन्त्रीलाई बिफ्रिङ गरेका थिए । त्यहाँ उनले उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डार कक्ष लगायतको निरीक्षण गरेका थिए । डीएसपी बोहराले बादललाई प्रहरीको मेसमा पनि लगे । जहाँ प्रहरीहरु खाना खाँदै थिए । गृहमन्त्री आएपछि उनीहरु हतारहतार जुरुक्क उठे तर बादलले बसेर खाना खान आग्रह गरे । लगत्रै गृहमन्त्रीले सँगै रहेका डिएसपी बोहरासँग आफूहरुलाई पनि भात मागे । गृहमन्त्री बादलले भने, “हामीलाई पनि भात पुग्छ ?”

आफै अचम्ममा परेर अल्मलिएका डीएसपी बोहराको मुखबाट निस्कियो, “पुगिहाल्छ नि” । त्यसपछि गृहमन्त्री बादल प्रहरी जवानहरुसँगै बसेर मज्जाले खाना खाएका छन् ।

प्रतिक्रिया

38 कमेन्ट

    Comment Author

    Mahendra Budhathoki

    खोइ कस्तो काम हो यो अप्राधी लाई जुस खुवाउने अनि दोसिलाइ कार्बाइ गरेको सुनेको छैन भात त धेरै नेताले खाएका छन कहिले गरिब को मा कहिले कता ।

    Comment Author

    बिनोज आचार्य

    खाना खायर मात्र हुन्न केहि परिबर्तन गर्नु परो मंत्री ज्यूँ मेस एउटै बनाउन सक्नु हुन्छ राशन स्केल एउटै भइसी

    Comment Author

    उदय पुरी

    Nau tanki

    Comment Author

    Kumar Basnet

    Resam chaudhari lai pani sangai lagar vaat ķhayeko vaye pidit paribar le dhanyaabad vanthe ni mantri ji

    Comment Author

    Prakash Bista

    देश छ र जनता जनता छ र नेता फौजमा सिपाही छ र हामीमा भाकामा

    Comment Author

    Dahal Raj Kumar

    भात मागे पछि ख।न देनत गोरु हो

    Comment Author

    Prem Dhamala

    Great leader

    Comment Author

    Raj Rai

    Nice

    Comment Author

    Sahadev Acharya

    भोलिका दिन मा भात खुवाइको गुणस्तर मा सुधार र एक रुपता आयो भने ; गृहमन्त्री ज्यु को मेस को भात ज्ज्युनार को अर्थ रहला

    Comment Author

    H-raj Giri

    भात मागेर खादैमा कुनै ठुलो कुरो हुदैन काम गरेर देखाउनु पर्दछ नेता जयु

    Comment Author

    Indira Adhikari

    K mantri vaneko hami justai sadharan manxe hoina ra vagwan ho ra meshna khana khanai nahune ho ra

    Comment Author

    Suman Lama

    yo achamai ramro kam ho

    Comment Author

    Suman Lama

    hunu parxa

    Comment Author

    Sweekar Shrestha

    Good

    Comment Author

    Tilak Basnet

    खुसि लाग्याे रअासा पनि लाग्याे

    Comment Author

    Suman Shrestha

    nautanki kati din hola

    Comment Author

    Devilal Bk

    य भोलि देखि सुधार हुन्छ त

    Comment Author

    Baitadi Ghar Mero

    Vate t hun

    Comment Author

    Bhimsen Dahal

    घरमा श्रीमतीसङ झगडा भएको हो कि के हो?

    Comment Author

    Kamal Neupane

    एकदम राम्रो काम , अधिकृत को घर घर मा काम गर्ने अर्दली पुलिस लाइ पनि अब फुकुवा गरि पुलिस कर्यलय मा ल्याउनु पर्छ !!

    Comment Author

    Kedar Kunwar

    यो नाटक मन्चन हो ।

    Comment Author

    Raju Bhandari All

    सधै ५ तारे होटेलमा मिठो भयो र मन्त्री अडकियला है।

    Comment Author

    Dev Khadka

    Good job

    Comment Author

    Nishan Ashlami MaGar

    kana kadi ma ke hola ola xena hoo ???????

    Comment Author

    Bir Shrestha

    Good home sir

    Comment Author

    Purushottam Kumar Shahi

    जथा भाबी खादा सडेन्त्र गर्न सक्छ यो बिस्वाशको जमाना होइन अब मन्त्री हुन जेल सम्म पुलिशको मेसमा खाना खाने गर्नु होला । कम्सेकम आफ्नै मातहतकालेत अबिभाबक शम्झेर घात त गर्दैन ।

    Comment Author

    Pradeep Tamrakar

    Good job

    Comment Author

    मंगल डिम्डुङ्ग

    great job गृहमन्त्री ज्यु

    Comment Author

    Shiva Kumar Thapa

    बल्ल वास्तविक गृहमन्त्री ले गर्नु भयकाे यकदम ठिक हाे।

    Comment Author

    Raju Adhikari

    हो यो चाहिँ राम्रो काम सेना प्रहरी का जवान ले कस्तो खादा रहेछन् भन्ने कुरा को खुलसा

    Comment Author

    Durga Bhat Chhetri

    Good

    Comment Author

    Bimala Das

    Commendable job. Lower level Police officer Will be encouraged.

    Comment Author

    Div Gole

    धेरै राम्रो साेच नेता भनेकाे त यस्तै हुनु परछनि

    Comment Author

    Gita Sotang

    हिजो जनयुद्ध को नाममा गरिब निमुखा जनताको घर घरमा बासिभात मागेर हातमा थापेर खानेले आज मज्जाले कुर्सीमा बसेर खान पाउदा खाना खाइहाल्छनी कुन ठुलो कुरो होर । बरु त्यो संकट कालमा कब्जा गरेको जमिनमा अन्न फलाएर देखाएको भए चाहिँ केही गर्छकी भन्ने आस जनतामा हुनेथियो ।

    Comment Author

    Golden Moon Hem

    Masu chahi thiyo thiyen.. gundruk ko achar ni ?

    Comment Author

    Basant Kc

    Bhat khanu kathulo kuro vayo ra mess ko name anushar pakna khana ko parakir autai banauna parayo ne.

    Comment Author

    Sapkota Devendra

    Ramro kura ho yo chai

    Comment Author

    Yagya Thapa

    त्यही भएर आज आकाश धुम्म भएछ
    अपराधीलाई जुस खुवाउदै हिड्ने भएर होला।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 38
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?