पल र आँचल पुगे आमाघर

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १३, २०७४
|
|
९९ पटक हेरिएको
Shares
पल र  आँचल पुगे आमाघर

सारांश

  • जेठ १९ गते रिलिज हुन लागेको फिल्म ‘जोनी जेन्टलम्यान’ मा मुख्य भूमिका निर्वाहा गरेका नायक पल शाह र नायिका आँचल शर्माले बुधवार मातातिर्थ औंशीको अवसर पारेर दिलशोभा श्रेष्ठले सञ्चालन गरेको आमाघरमा आश्रय लिएर बसेका २२ जना आमाहरुलाई लत्ता कपडा, फलफूल सहयोग गरेका छन् ।
  • सोही अवसरमा ‘जोनी जेन्टलम्यान’ टीमले आमाघरका आमाहरुसँग संयूक्त रुपमा केकसमेत काटेको थियो ।
  • कार्यक्रममा ‘जोनी जेन्टलम्यान’ का निर्देशक नीतिन चन्दसहित फिल्मका अन्य सदस्यहरु समेत उपस्थित थिए ।

जेठ १९ गते रिलिज हुन लागेको फिल्म ‘जोनी जेन्टलम्यान’ मा मुख्य भूमिका निर्वाहा गरेका नायक पल शाह र नायिका आँचल शर्माले बुधवार मातातिर्थ औंशीको अवसर पारेर दिलशोभा श्रेष्ठले सञ्चालन गरेको आमाघरमा आश्रय लिएर बसेका २२ जना आमाहरुलाई लत्ता कपडा, फलफूल सहयोग गरेका छन् ।

सोही अवसरमा ‘जोनी जेन्टलम्यान’ टीमले आमाघरका आमाहरुसँग संयूक्त रुपमा केकसमेत काटेको थियो । कार्यक्रममा ‘जोनी जेन्टलम्यान’ का निर्देशक नीतिन चन्दसहित फिल्मका अन्य सदस्यहरु समेत उपस्थित थिए ।
एन्ड्रियु पौडेलको निर्माण रहेको यो फिल्ममा जोनीको भूमिकामा रहेका पललाई निर्देशक नीतिनले एंग्री योङ म्यानका रूपमा देखाउन खोजेका छन् । फिल्ममा पल र आँचल प्रेमजोडीको रुपमा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?