विकट बस्तीमा नमूना घरबास

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २५, २०७४
|
|
३३ पटक हेरिएको
Shares
विकट बस्तीमा नमूना घरबास

सारांश

  • कपिलवस्तु, २५ चैत ।
  • कपिलवस्तुको अति विकट बस्ती हो जवावैराठ ।
  • भारतको सिमानामा रहेको यो बस्तीमा अधिंकाश थारू समुदायका मानिस बस्ने गर्दछन् ।

कपिलवस्तु, २५ चैत । कपिलवस्तुको अति विकट बस्ती हो जवावैराठ । भारतको सिमानामा रहेको यो बस्तीमा अधिंकाश थारू समुदायका मानिस बस्ने गर्दछन् । आजभन्दा करीब दुई वर्षअगाडि यो गाउँमा खासै सुविधा थिएन ।

पछिल्लो समयमा भने केही फरकपना आएको छ । सडकमा मोटरबाइक, ट्र्याक्टर लगायतका सवारी हिँडेको हुन्छन् । खानेपानीको यो गाउँमा राम्रो सुविधा रहेको छ । यो बस्तीमा पुग्न दुई वटा खोलामा पुल नहुँदा बर्खाको समयमा झोलुङ्गेपुलको भरपर्नु पर्छ । त्यसकारण यहाँ ठूला सवारी जान सक्दैनन् । साबिक गुगौली गाविस तथा हाल विजयनगर गाउँपालिका–१ मा यो गाउँ परेको छ । राजमार्गबाट भने तीन वटा खोला तरेपछि यो गाउँमा पुग्न सकिन्छ । बाटोमा जंगल, खोला र केही बस्ती पर्ने भएकाले मनोरमका दृश्य पनि देख्न सकन्छ ।

विजयनगर गाउँपालिकाले यस वर्ष यस गाउँमा घरबास (होम स्टे) निर्माण गर्ने योजना अघि सारेको छ । गाउँपालिकाको लगानीमा यस गाउँमा नमूना घरबास सञ्चालन गर्ने गाउँपालिका प्रमुख गोपाल थापाले बताए । उनले भने, “यस गाउँमा घरबास सञ्चालन गरेर गाउँवासीलाई रोजगारी सिर्जना गर्ने हाम्रो उद्देश्य छ ।”

गाउँपालिकाकै विकट ठाउँ भनेर चिनिने यो बस्तीको विकासका लागि नमूना घरबासको योजना ल्याउनु गौरवको विषय रहेको स्थानीय बुद्धिजीवी बताउँछन् । यस वर्षदेखि नै घरबास निर्माणको काम शुरु हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र प्रसाद चौधरीले बताए । चौधरी भन्नुभयो, “यस पटक घरबास निमार्णका लागि रु २० लाख बजेट छुट्याएका छौँ तर यस बजेटले मात्र पुग्दैन ।” आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरी दिगो पर्यटनको अवधारणालाई साकार पार्न कार्यक्रम गर्न लागिएको चौधरीले वताए । पछिल्लो समय नेपाली युवायुवतीको आकर्षक गन्तव्यस्थलका रुपमा नेपालकै ग्रामीण घरबास पर्न थालेपछि यो क्षेत्रमा घरबास कार्यक्रम शुरु गरिएको हो ।

पहिलो पटक २० जना पर्यटक अटाउने घरबास निर्माण गरिने भएको छ । दिनभरि पर्यटकले यहाँ रहेका पर्यटकीय स्थलमा घुम्ने र बेलुकी विभिन्न समुदायले सञ्चालन गरेका घरबासमा पुगी पारिवारिक वातावरणमा रमाउन पाउने सुविधा उपलब्ध हुनेछ । भान्सा घरमा बसेर थारू, मगर, अवधि परिकार खानपिनको आनन्द लिई उनीहरूको संस्कृति अवलोकन गर्न पाउने व्यवस्था गरिने चौधरीको भनाइ छ । घरबास सञ्चालनमा आए पर्यटन क्षेत्रको विकाससँगै यहाँ बसोबास गर्दै आएका मानिसको आर्थिक हैसियतमा परिवर्तन आउने अपेक्षा गरिएको छ । गाउँ जंगलमा पर्ने भएकाले जंगललाई व्यवस्थित बनाउने र बाटोका किनारमा आकर्षक फूल रोपेर मनोरम बनाउने गाउँपालिकाको योजना रहेको छ । गाउँपालिकाको यो योजनालाई स्थानीयवासीले स्वागत गरेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Laxuman Khadka

    Napali lai bahir dhoti lai basa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Play Penny Slots and other games on Mobile Devices
मेरो विचार बुझ्ने बुद्धिजीवी नेपालमा छैनन् : ओली
निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छ — सभापति देउवा
निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छ — सभापति देउवा
गर्मी अझै बढ्ने
गर्मी अझै बढ्ने
प्रचण्डले पोलिटब्युरो सदस्यको नाम प्रस्ताव गर्दै
प्रचण्डले पोलिटब्युरो सदस्यको नाम प्रस्ताव गर्दै
माधवकुमार नेपालकाे संयाेजकत्वकाे कार्यक्रममा ११ देशका १५ कम्युनिस्ट नेपालमा
माधवकुमार नेपालकाे संयाेजकत्वकाे कार्यक्रममा ११ देशका १५ कम्युनिस्ट नेपालमा
नौलो डिजिटलको “सायद” बोलको नयाँ नेपाली म्युजिक भिडियो सार्वजनिक
नौलो डिजिटलको “सायद” बोलको नयाँ नेपाली म्युजिक भिडियो सार्वजनिक
मध्यरातमा डा. बाबुराम भट्टराईको कृष्णबहादुर महरालाई आयो यस्तो पत्र
मध्यरातमा डा. बाबुराम भट्टराईको कृष्णबहादुर महरालाई आयो यस्तो पत्र
महानगरपालिकाकाे वार्षिक समीक्षा गोष्ठीमा काँग्रेसका जनप्रतिनिधिले सहभागिता जनाएनन्
महानगरपालिकाकाे वार्षिक समीक्षा गोष्ठीमा काँग्रेसका जनप्रतिनिधिले सहभागिता जनाएनन्
एमालेलाई रोक्न जिल्ला समन्वय समितिको चुनावमा तालमेल गर्न कांग्रेस र माओवादी सहमत..
एमालेलाई रोक्न जिल्ला समन्वय समितिको चुनावमा तालमेल गर्न कांग्रेस र माओवादी सहमत..

तपाईंले छुटाउनुभयो कि?