प्रधानमन्त्रीसमक्ष कर्मचारी सङ्गठनको माग प्रस्तुत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ८, २०७४
|
|
५६ पटक हेरिएको
Shares
प्रधानमन्त्रीसमक्ष कर्मचारी सङ्गठनको माग प्रस्तुत

सारांश

  • काठमाडौँ, ८ असार ।
  • प्रधानमन्त्री शेरबहादुर देउवासँग विभिन्न कर्मचारी सङ्घ:सङ्गठनले आज भेट गरी आफ्ना माग प्रस्तुत गरेका छन् ।
  • मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटका क्रममा ती सङ्घ:सङ्गठनले राष्ट्रिय निजामती सेवा ऐनको प्रस्तावित मस्यौदामा टे«ड युनियनसम्बन्धी व्यवस्था हालको निजामती सेवा ऐनको दफा ५३ लाई निरन्तरता दिनुपर्नेलगायतका माग गरेका छन् ।

काठमाडौँ, ८ असार । प्रधानमन्त्री शेरबहादुर देउवासँग विभिन्न कर्मचारी सङ्घ:सङ्गठनले आज भेट गरी आफ्ना माग प्रस्तुत गरेका छन् ।

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटका क्रममा ती सङ्घ:सङ्गठनले राष्ट्रिय निजामती सेवा ऐनको प्रस्तावित मस्यौदामा टे«ड युनियनसम्बन्धी व्यवस्था हालको निजामती सेवा ऐनको दफा ५३ लाई निरन्तरता दिनुपर्नेलगायतका माग गरेका छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठन, काठमाडौँ, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ), काठमाडौँ र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, काठमाडौँलगायतका सङ्घ÷सङ्गठनले ज्ञापनपत्र बुझाउँदै स्थानीय तहमा कर्मचारी समायोजन गर्दा हालको पदको ज्येष्ठतालाई पहिलो प्राथमिकता दिनुपर्ने समेत माग गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले बजेट कार्यान्वयनमा सरकार वा मन्त्रीभन्दा पनि सरकारी कर्मचारीको मुख्य भूमिका भएको हुुँदा जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न निर्देशन दिनुभयो । प्रधानमन्त्री देउवाले कर्मचारीले राखेका जायज मागलाई आफूले सम्बोधन गर्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी पीडितको उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह
बाढी पीडितको उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह
फेरि अस्पताल भर्ना प्रम अाेली ! सचिवालय भन्छ कस्ले भन्छ कुन्नि!
फेरि अस्पताल भर्ना प्रम अाेली ! सचिवालय भन्छ कस्ले भन्छ कुन्नि!
संसदमा बिधम्स मच्चाएपछि अन्ततः सत्ताबाट विदा हुन ट्रम्प तयार
नेकपाका अध्यक्षद्धयले कार्यदल सदस्यहरूलाई बालुवाटार बोलाए
नेकपाका अध्यक्षद्धयले कार्यदल सदस्यहरूलाई बालुवाटार बोलाए
प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश
प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश
रक्षामन्त्री ईश्वर पोखरेलद्वारा धन्वन्तरी पार्कको उद्घाटन
रक्षामन्त्री ईश्वर पोखरेलद्वारा धन्वन्तरी पार्कको उद्घाटन
सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री  हेटौडामा !
सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हेटौडामा !
संघदेखि प्रदेशसम्म प्रतिपक्षमा माओवादी
संघदेखि प्रदेशसम्म प्रतिपक्षमा माओवादी
नयाँ शक्ति नेपाल प्रदेश नं. २ का संयोजक डा. सुरेन्द्र यादव संघीय समाजवादी फोरम नेपालमा प्रवेश
नयाँ शक्ति नेपाल प्रदेश नं. २ का संयोजक डा. सुरेन्द्र यादव संघीय समाजवादी फोरम नेपालमा प्रवेश
मिचिएको सीमामा वाइसिएलले गाड्यो नेपालको झण्डा
मिचिएको सीमामा वाइसिएलले गाड्यो नेपालको झण्डा