पुन: मतगणना माग्दै उच्च अदालतमा सातवटा मुद्दा
सारांश
- श्रावण १३, २०७४- मतगणनामा अनियमितता भएको भन्दै तीन जिल्लाका मुख्य निर्वाचन अधिकृतविरुद्ध उच्च अदालतमा सातवटा मुद्दा दर्ता भएका छन्।
- दर्ता भएका मुद्दामध्ये उदयपुरबाट एक, ओखलढुंगाबाट चार र सोलुखुम्बुबाट दुईवटा छन्।
- सबै मुद्दा मतपरिणाम प्राप्त भएको मितिले १५ दिनभित्रको म्याद पारेर दर्ता भएको अदालतका निमित्त रजिस्ट्रार धु्रव कार्कीले बताए।
श्रावण १३, २०७४- मतगणनामा अनियमितता भएको भन्दै तीन जिल्लाका मुख्य निर्वाचन अधिकृतविरुद्ध उच्च अदालतमा सातवटा मुद्दा दर्ता भएका छन्। दर्ता भएका मुद्दामध्ये उदयपुरबाट एक, ओखलढुंगाबाट चार र सोलुखुम्बुबाट दुईवटा छन्।
सबै मुद्दा मतपरिणाम प्राप्त भएको मितिले १५ दिनभित्रको म्याद पारेर दर्ता भएको अदालतका निमित्त रजिस्ट्रार धु्रव कार्कीले बताए। ओखलढुंगाको चिशंखुगढी गापा प्रमुखका उम्मेदवार भीमबहादुर थापा, मानेभन्ज्याङ–२ का वडाध्यक्ष उम्मेदवार राममणि राई, मोलुङ गाउँपालिका–४ का वडाध्यक्ष उम्मेदवार प्रेमप्रसाद खतिवडा र सुनकोसी गापा–७ का वडाध्यक्ष उम्मेदवार रत्नकुमार श्रेष्ठले मुद्दा हालेका हुन् । उदयपुर, त्रियुगा नगरपालिकामा कांग्रेसबाट मेयर उम्मेदवार वसन्तकुमार बस्नेत र ११ नं. वडाध्यक्ष उम्मेदवार सुमन्त कोइरालाले पुन: गणनाको माग राखेका छन् ।
सोलुखुम्बुको लिखुपिके–२ र ४ का वडाध्यक्ष उम्मेदवारहरू सूर्यबहादुर बस्नेत र सुरज बस्नेतले पनि निर्वाचन कार्यालयलाई विपक्षी बनाई मुद्दा दर्ता गराएका छन्।
प्रतिक्रिया