पुरानै संरचनामा पुनर्निर्माण उपत्यकाका आठ दरबार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ४, २०७३
|
|
१७८ पटक हेरिएको
Shares
पुरानै संरचनामा पुनर्निर्माण उपत्यकाका आठ दरबार

सारांश

  • सरकारले भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारलगायत आठ राणाकालीन दरबारलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने भएको छ।
  • सहरी विकास मन्त्रालयले पुरातत्व विभागलाई पत्राचार गरी ती दरबारलाई भत्काएर नयाँ बनाउन गरेको पत्राचारविपरीत पुरातात्विवक एवं ऐतिहासिक महत्वका दरबारलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने भएको हो।
  • आठ दरबारमा सिंहदरबारको पश्चिमतर्फको पाटो र ग्यालरी हल, केशरमहल, बबरमहल, पुल्चोकस्थित श्रीमहल, नक्सालस्थित राष्ट्रिय बालबालिका कल्याण भवन, रानीपोखरीस्थित केन्द्रीय कानुन पुस्तकालय र नयाँसडकस्थित जुद्धवारुण यन्त्रको भवन छन्।

सरकारले भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारलगायत आठ राणाकालीन दरबारलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने भएको छ। सहरी विकास मन्त्रालयले पुरातत्व विभागलाई पत्राचार गरी ती दरबारलाई भत्काएर नयाँ बनाउन गरेको पत्राचारविपरीत पुरातात्विवक एवं ऐतिहासिक महत्वका दरबारलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने भएको हो।

आठ दरबारमा सिंहदरबारको पश्चिमतर्फको पाटो र ग्यालरी हल, केशरमहल, बबरमहल, पुल्चोकस्थित श्रीमहल, नक्सालस्थित राष्ट्रिय बालबालिका कल्याण भवन, रानीपोखरीस्थित केन्द्रीय कानुन पुस्तकालय र नयाँसडकस्थित जुद्धवारुण यन्त्रको भवन छन्। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

सहरी विकास तथा भवन निर्माण विभागले आठ दरबारको अवस्थाको अध्ययन गरी प्रतिवेदन पेस गर्न इन्जिनियरको समूहलाई जिम्मा दिएबमोजिम डिजिकन इन्जिनियरिङ कन्सल्टेन्सीले तीन महिना लगाएर प्रतिवेदन पेस गरेको थियो। प्रतिवेदन पाएलगत्तै सहरी विभागले मन्त्रालयलाई आवश्यक निर्णयका लागि भन्दै प्रतिवेदनसहित पत्राचार गरेको थियो।

प्रतिवेदनलाई आधार मानेर भत्काएर नयाँ बनाउनुपर्ने आसयपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विज्ञ र सरोकारवालासँग सोमबार सिंहदरबारमा राखेको बैठकले पुरातात्विक सौन्दर्य एवं महत्व गुमाउन नहुने निष्कर्ष निकालेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुरमा सार्वजनिक भएको अभिव्यक्ति अनुपयुक्त: प्रधानमन्त्री ओली
चन्दा असुल्दै गरेको अवस्थामा भूपू सैनिकसहित १२ जना पक्राउ
चन्दा असुल्दै गरेको अवस्थामा भूपू सैनिकसहित १२ जना पक्राउ
ओली-प्रचण्ड साँढे चार घन्टा वार्ता, सहमतिको सुत्र निर्माणको प्रयास
प्रदेश ५ मा आज मन्त्री थप्दै मुख्यमन्त्री पोखरेल
प्रदेश ५ मा आज मन्त्री थप्दै मुख्यमन्त्री पोखरेल
पूर्व राष्ट्रपति, प्रधानमन्त्री लगायतले अब यति धेरै विलासी सुविधा पाउने
पूर्व राष्ट्रपति, प्रधानमन्त्री लगायतले अब यति धेरै विलासी सुविधा पाउने
अमेरिकामा आँधीको ताण्डब जारी, एक दर्जन बढीको मृत्यु
अमेरिकामा आँधीको ताण्डब जारी, एक दर्जन बढीको मृत्यु
प्रदेश र स्थानीय तहमा तीस प्रतिशत वजेट पनि नजानु आपत्तिजनकः महामन्त्री कोइराला
प्रदेश र स्थानीय तहमा तीस प्रतिशत वजेट पनि नजानु आपत्तिजनकः महामन्त्री कोइराला
रुकुममा ५५ प्रतिशत मत खस्यो मतदान सकिए लगत्तै मत पेटिका संकलन गरी तत्कालै गणना सुरु गरिने छ ।
रुकुममा ५५ प्रतिशत मत खस्यो मतदान सकिए लगत्तै मत पेटिका संकलन गरी तत्कालै गणना सुरु गरिने छ ।
कांग्रेसको प्रस्तावित नयाँ विधान यस्तो छ (पूर्णपाठ)
कांग्रेसको प्रस्तावित नयाँ विधान यस्तो छ (पूर्णपाठ)
माओवादी मन्त्रीलाई सरकारबाट हटाउने देउवाको तयारी
माओवादी मन्त्रीलाई सरकारबाट हटाउने देउवाको तयारी

तपाईंले छुटाउनुभयो कि?