ओली-प्रचण्ड साँढे चार घन्टा वार्ता, सहमतिको सुत्र निर्माणको प्रयास

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २९, २०७७
|
|
५२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २९ साउन ।
  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच नौ दिनपछि भएको साँढे चार लामो वार्ता विना निष्कर्ष टुंगिएको छ ।
  • तर, छलफलमा विवाद अन्त्य गरी निकास निकाल्ने सुत्रबारे गम्भीर कुराकानी भएको छ ।

काठमाडौं, २९ साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच नौ दिनपछि भएको साँढे चार लामो वार्ता विना निष्कर्ष टुंगिएको छ । तर, छलफलमा विवाद अन्त्य गरी निकास निकाल्ने सुत्रबारे गम्भीर कुराकानी भएको छ ।

विश्वस्त स्रोतका अनुसार ओली र प्रचण्ड वन टु वन छलफल गरेका थिए । पछि दोस्रो पुस्ताका नेताहरु पनि बसेर सहमति निकाल्नेबारे कुराकानी गरेका थिए । दुवै नेताले एकतामा असर पार्ने खालका अभिव्यक्ति नदिनेबारे सहमति बनाएको बुझिएको छ ।

सकभर सोमबारभित्र सहमति निकाल्ने गरी ओलीले प्रस्ताव गरेको बुझिएको छ । त्यसमा प्रचण्ड सकारात्मक भएपछि आफ्नो पक्षका नेताहरुसँग छलफल गरेर शुक्रबार फेरि छलफल गर्ने गरी बिदा भएका थिए । ११ बजे बालुवाटार पुगेका प्रचण्ड साँढे ३ बजे निस्किएका थिए । दुवै नेताले सँगै लन्च पनि गरेको बुझिएको छ ।

नेकपाभित्र एक महिनाभन्दा बढी समययता उत्पन्न विवाद समाधानको प्रयास भएपनि कुरा मिल्न सकेको छैन । नेताहरुबीच बेला बेलामा आरोप प्रत्यारोप चल्ने गरेको छ । तर, बेला बेलामा संवाद पनि हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खाेज तथा जिवन रूपान्तरणका लागि ३ दिने कार्यसाला सूरू
खाेज तथा जिवन रूपान्तरणका लागि ३ दिने कार्यसाला सूरू
स्थानीय चुनावमा ओलीको तयारी, यी दलसँग गर्न सक्छन् तालमेल
स्थानीय चुनावमा ओलीको तयारी, यी दलसँग गर्न सक्छन् तालमेल
भारतको मणिपुरबाट उद्दार गरिएका १७९ जनालाई नेपाल फर्काइयो
भारतको मणिपुरबाट उद्दार गरिएका १७९ जनालाई नेपाल फर्काइयो
‘प्रधानमन्त्री वा अध्यक्ष नपाए एकता असम्भव’
‘प्रधानमन्त्री वा अध्यक्ष नपाए एकता असम्भव’
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल
राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल
ओखलढुँगामा रामहरि भन्दा सुनुवारको अग्रता
ओखलढुँगामा रामहरि भन्दा सुनुवारको अग्रता
गोंगबु हत्या प्रकरण ‘फेसबुकमा नग्न तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या’
गोंगबु हत्या प्रकरण ‘फेसबुकमा नग्न तस्बिर सार्वजनिक गरी ब्ल्याकमेल गर्न थालेपछि हत्या’
कारको ठक्करबाट एकको मृत्यु
कारको ठक्करबाट एकको मृत्यु
तराईका विद्यालयमा डिशहोमले बाँड्यो शैक्षिक सामाग्री
तराईका विद्यालयमा डिशहोमले बाँड्यो शैक्षिक सामाग्री