पूर्व राष्ट्रपति, प्रधानमन्त्री लगायतले अब यति धेरै विलासी सुविधा पाउने

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ११, २०७५
|
|
२४ पटक हेरिएको
Shares
पूर्व राष्ट्रपति, प्रधानमन्त्री लगायतले अब यति धेरै विलासी सुविधा पाउने

सारांश

  • काठमाडौं, ११ असार – सरकारले पूर्व राष्ट्रपतिलाई घरभाडा, भत्ता नगद २ लाख ५० हजार सुविधा दिने विधेयक ल्याउन लागेको छ ।
  • पूर्व राष्ट्रपतिका लागि २ लाख घरभाडा, मासिक ५० हजार सहित दुई लाख ५० हजार रुपैयाँसहित अन्य सुविधा उपलब्ध गराउने भएको छ।
  • उपराष्ट्रपतिलाई मासिक घरभाडा ७५ हजार घरभाडासहित ४० गरी १ लाख १५ हजार रुपियाँ दिने भएको छ।

काठमाडौं, ११ असार – सरकारले पूर्व राष्ट्रपतिलाई घरभाडा, भत्ता नगद २ लाख ५० हजार सुविधा दिने विधेयक ल्याउन लागेको छ । पूर्व राष्ट्रपतिका लागि २ लाख घरभाडा, मासिक ५० हजार सहित दुई लाख ५० हजार रुपैयाँसहित अन्य सुविधा उपलब्ध गराउने भएको छ।

उपराष्ट्रपतिलाई मासिक घरभाडा ७५ हजार घरभाडासहित ४० गरी १ लाख १५ हजार रुपियाँ दिने भएको छ। पूर्व पदाधिकारीको सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो।

पूर्व राष्ट्रपतिलगायत पूर्व पदाधिकारीलाई भत्तासँगै प्रतिव्यक्ति एउटा गाडी, गाडीमा लाग्ने मासिक २ सय लिटर इन्धन, मोबिल, मर्मत खर्च, सवारी चालक, कर्मचारी, कार्यालय सहयोगीसमेत राज्यले उपलब्ध गराउने व्यवस्था गरिएको छ।

विधेयकअनुसार पूर्व पदाधिकारी भनेर महत्वपूर्ण ७ वटा पदमा कार्यरत रही सेवा निवृत्त भएका सम्बोधन गरिएको छ । पूर्व पदाधिकारी भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् अध्यक्ष, प्रधान न्यायाधीश, संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष हुनेछन्।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले स्वीकृत गरी मन्त्रिपरिषद्मा पेश गर्न लागिएको विधेयकमा पूर्व पदाधिकारीका लागि यस्तो व्यवस्था गरिएको हो। मासिक भत्ता, आवास सुविधा सहित गाडी, निजी सचिवालय कर्मचारीको व्यवस्था, सुरक्षा व्यवस्था राज्यले उपलब्ध गराउने विधेयक मस्यौदामा उल्लेख छ।

कुनै प्रदेशको राजधानीमा वा काठमाडौंमा घर नहुने पूर्व राष्ट्रपतिलाई मासिक २ लाख र अन्य पदाधिकारीलाई मासिक ७५ हजार रुपियाँ घरभाडा उपलब्ध गराउने गरी विधेयकमा राखिएको छ।

घर भएका पूर्व पदाधिकारीअन्र्तगत राष्ट्रपतिलाई अन्यको तुलनामा सेवासुविधा अलग तोकिएको छ। पूर्व राष्ट्रपतिको काठमाडौं उपत्यका वा अन्य प्रदेशका राजधानीमा घर भएको भए मर्मतका लागि भत्ता सहित मासिक १ लाख रुपैयाँ दिने व्यवस्था गरिएको छ।

घर नभएका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई भत्तासहित मासिक ७५ हजार रुपैयाँ छुट्टाइएको छ। उपत्यका र प्रदेश मुकाममा घर भएका राष्ट्रपति बाहेकका पूर्व पदाधिकारीलाई मर्मतका लागि मासिक भत्तासहित ३४ हजार रुपयाँ छुट्टै दिने व्यवस्था छ।

त्यसैगरी पूर्व पदाधिकारीले सवारी साधन मर्मत बापत मासिक २५ हजार रुपयाँ उपलब्ध गराइने भएको छ। साथै २ सय लिटर पेट्रोलरडिजेल, तीन महिनामा ५ लिटर मोबिल दिनेगरी व्यवस्था छ।

पूर्व राष्ट्रपतिका लागि निजी सचिवालयमा एकजना उपसचिवस्तरका कर्मचारी सहित सवारी चालक १ जना, १ जना कार्यालय सहयोगी राख्न पाउने गरी व्यवस्था विधेयकमा गरिएको छ। राष्ट्रपति बाहेकका अन्य पूर्व पदाधिकारीका लागि शाखा अधिकृत स्तरको एकजना कर्मचारी सहित चालक, कार्यालय सहयोगी दिनेगरी राखिएको छ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Sunil Love Ratna

    30/35 बर्ष सरकारी सेवा गर्नेलाई पेन्सन खुवाउन नसक्नुको कारण यो रच है !

    Comment Author

    Bishnu Shrestha

    बजारमा मूल्य बृध्दीगरी सर्बसाधारणको ढाडसेक्नुको कारण के होला भनी सोच्दा सोच्दै बल्ल थाहा भयो :- एकताका सुन्नमा आएको थियो गरिब देशको धनान्द्यराजा काहाको भन्दा नेपालको भनी तयारी जवाफ। तर आज गणतन्त्र संघियमापनि त्यसकै PHOTOS COpy लागु गर्न हरेक बस्तुमा मूल्य बृध्दीको रहश्य उदाङभयपछि जुनगोरूआएपनि कानै चिरेको हुदोरेछ ।

    Comment Author

    Hamal Somraj

    माेज गर साँडेहाे दिन तिमिहरुकै छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टी अध्यक्षमा घनश्याम भुसाललाई झलनाथको समर्थन !
पार्टी अध्यक्षमा घनश्याम भुसाललाई झलनाथको समर्थन !
यस्तो छ नुवाकोटमा अर्जुननरसिंह केसी र रामशरण महतको पछिल्लो मत परिणाम !
यस्तो छ नुवाकोटमा अर्जुननरसिंह केसी र रामशरण महतको पछिल्लो मत परिणाम !
स्पट फिक्सिङ प्रकरण : सिआइबीले बुझायो अनुसन्धान प्रतिवेदन
स्पट फिक्सिङ प्रकरण : सिआइबीले बुझायो अनुसन्धान प्रतिवेदन
प्रचण्ड संगको भेट पछि एमालेले किन बाेलायाे आकस्मिक बैठक ?
प्रचण्ड संगको भेट पछि एमालेले किन बाेलायाे आकस्मिक बैठक ?
मोरङको कर्णाली भनिने क्षेत्र नं १ मा काँग्रेस र वामको प्रतिस्पर्धा
मोरङको कर्णाली भनिने क्षेत्र नं १ मा काँग्रेस र वामको प्रतिस्पर्धा
स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यकः राष्ट्रपति
स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यकः राष्ट्रपति
अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य
अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य
सञ्चार सचिव अधिकारीद्वारा पदभार ग्रहण
कोरोना रोकथाम र नियन्त्रणका लागि सीसीएमसीका ९ निर्णय
कोरोना रोकथाम र नियन्त्रणका लागि सीसीएमसीका ९ निर्णय
प्रतिनिधिसभाको बैठक आज बस्दै
प्रतिनिधिसभाको बैठक आज बस्दै

तपाईंले छुटाउनुभयो कि?