पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा बम फेला

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १३, २०७९
|
|
३५ पटक हेरिएको
Shares
पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा बम फेला

सारांश

  • पूर्वी नवलपरासीमा बेवारिसे बम फेला नवलपरासी।
  • पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा ९ वटा बम फेला परेका छन्।
  • स्थानीय बासिन्दाले आइतबार दिउँसो बम देखेपछि जनप्रतिनिधिलाई खबर गरेका थिए।

पूर्वी नवलपरासीमा बेवारिसे बम फेला
नवलपरासी। पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा ९ वटा बम फेला परेका छन्।

स्थानीय बासिन्दाले आइतबार दिउँसो बम देखेपछि जनप्रतिनिधिलाई खबर गरेका थिए। त्यसपछि प्रहरीलाई जानकारी दिइएको थियो।

स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार बालबालिकाले जङ्गलनजिकै रहेको बारीमा ती बमका गोला देखेका हुन्।

जङ्गलमा चौपाया चराउन गएका किसानहरूले बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम देखिएको हो।

भारतीय सेनाका पूर्वसैनिकसमेत रहेका सरामुका अनुसार ती ८१ एमएममोटरको बम (गोला) हुन्।

साथै पाँच हजार दुई सय मिटर रेन्ज काटी बम जमिनमा विस्फोट भएका खण्डमा १ सय ८० मिटर वरपरको क्षेत्रमा क्षति पुग्न सक्ने उनले दाबी गरेका थिए।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी सन्तोष पाठकले सो घटनाबारे जानकारी पाएकाले दुम्कीवासका प्रहरी निरीक्षकको टोली उक्त स्थानतर्फ पठाइएको बताए।

ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?