इच्छाराज तामाङलाई ३ वर्ष कैद, १ अर्ब ७२ करोड जरिवाना

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २२, २०८०
|
|
२१ पटक हेरिएको
Shares
इच्छाराज तामाङलाई ३ वर्ष कैद, १ अर्ब ७२ करोड जरिवाना

सारांश

  • काठमाडौं।
  • सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्व सांसद एवं व्यवसायी इच्छराज तामाङलाई तीन वर्ष कैदको सजाय र १ अर्ब ७२ करोड जरिवाना निर्धारण भएको छ।
  • विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै सम्पत्ति शुद्धीकरण मुद्दामा ३ वर्ष कैद र बिगो वमोजिम १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो।

काठमाडौं। सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्व सांसद एवं व्यवसायी इच्छराज तामाङलाई तीन वर्ष कैदको सजाय र १ अर्ब ७२ करोड जरिवाना निर्धारण भएको छ।

विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै सम्पत्ति शुद्धीकरण मुद्दामा ३ वर्ष कैद र बिगो वमोजिम १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो।

विशेष अदालतले सिभिल सहकारी ठगीमा पूर्पक्षका लागि थुनामा रहेका तामाङलाई माघ ७ गते दोषी ठहर हुने सजाय सुनाएकोमा उक्त सजाय अनुसार कैद र बिगोका लागि आइतबार पेसी तोकिएको थियो।

तामाङकी श्रीमती श्रृजना शाक्य तामाङलाई १ वर्ष ६ महिना कैद हुने र १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ। अर्का प्रतिवादी केशवलाल श्रेष्ठको १ वर्ष ६ महिना कैद र २५ करोड ६५ लाख ८६ हजार १ सय २४ रुपैयाँ बिगो भराउने फैसला सुनाएको छ।

त्यस्तै प्रतिवादी इच्छाराज तामाङ, श्रृजना शाक्य तामाङ, केशबलाल श्रेष्ठ, मिना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत हुने फैसला विशेषले सुनाएको छ।

विशेष अदाललते पूर्व सांसद एवं व्यवसायी तामाङसहित उनको परिवारका केही सदस्यलाई सम्पत्ति शुद्धीकरण मुद्दामा माघ ७ गते दोषी ठहर गरेको थियो।तामाङको सजाय निर्धारणका लागि अर्को पेशी आइतबार तोकिएको थियो।

तामाङका छोरीहरु प्रतिक्षासँग ६ करोड २२ लाख र प्रतिशाले १ करोड ८९ लाख, सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपैयाँ सम्पत्ति गैरकानुनी देखिएको अभियोगपत्रमा दाबी गरिएको छ। कूल बिगो ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ दाबी गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रकृतिलाई खुसी बनाउन भुमे पूजा
प्रकृतिलाई खुसी बनाउन भुमे पूजा
भदौ २५ गते बिहिवारको राशिफल यस्तो छ
भदौ २५ गते बिहिवारको राशिफल यस्तो छ
नेपाली कांग्रेश टोखा नगरकि महिला नेतृ रजनि थापा बाढीपीडित को उद्दार र राहत बितरणमा खटिदै ;
नेपाली कांग्रेश टोखा नगरकि महिला नेतृ रजनि थापा बाढीपीडित को उद्दार र राहत बितरणमा खटिदै ;
मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँट
मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँट
‘बिदाको दिन फोन किन बिग्रिन्छ?’ प्रधानमन्त्री ओलीको टेलिकमलाई यस्तो प्रश्न
ब्रिटिश प्रधानमन्त्री टरिजा मेको जित,अविश्वासको मतमा विजय हासिल
ब्रिटिश प्रधानमन्त्री टरिजा मेको जित,अविश्वासको मतमा विजय हासिल
कांग्रेसले राप्रपासँग तालमेल गर्नु दुर्भाग्य -कृष्णप्रसाद सिटौला
कांग्रेसले राप्रपासँग तालमेल गर्नु दुर्भाग्य -कृष्णप्रसाद सिटौला
ठमेल र पोखरा २४ सै घण्टा खुल्ला राख्न सुरक्षा व्यवस्था मिलाउँछौं : गृहमन्त्री शर्मा
ठमेल र पोखरा २४ सै घण्टा खुल्ला राख्न सुरक्षा व्यवस्था मिलाउँछौं : गृहमन्त्री शर्मा
निर्देशकको गायन मोह
निर्देशकको गायन मोह
फैसला कार्यान्वयनका सम्बन्धमा विशेष संयन्त्र बनाउनुपर्ने
फैसला कार्यान्वयनका सम्बन्धमा विशेष संयन्त्र बनाउनुपर्ने

तपाईंले छुटाउनुभयो कि?