प्रदेश १ सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सम्झौता

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २९, २०७५
|
|
२० पटक हेरिएको
Shares
प्रदेश १ सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सम्झौता

सारांश

  • विराटनगर २९ मंसिर।
  •   प्रदेश नं.
  • १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले खेलको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको वताउनु भएको छ ।

विराटनगर २९ मंसिर।  प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले खेलको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको वताउनु भएको छ ।

प्रदेश नं.१, प्रदेश सरकार र अखिल नेपाल फुटवल संघ बीच मुख्यमन्त्री प्रदेश लिग, प्रदेश नं.१ एवं अन्तराष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटवल प्रतियोगिता प्रदेश नं.१ आयोजक र संचालन सम्बन्धी सम्झौतामा हस्ताक्षर तथा पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

प्रदेश १ सरकारले प्रदेश लिग र अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) सँग २ करोड रुपैयाँको सम्झौता गरेको छ ।प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाबीच शुक्रबार दुई प्रतियोगिताका लागि सम्झौता भएको एन्फाका प्रवक्ता किरण राई र प्रदेश नं १ सामिाजक विकास मन्त्रालयका निमित्त सचिव उपेन्द्र दाहालले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रदेश सरकारले बार्षिक रुपमा पहिलो पटक आयोजना हुने प्रदेश नं १ लिगका लागि १ करोड रुपैयाँ र मुख्यमन्त्री कप फुटबल प्रतियोगिताका लागि अर्को १ करोड रुपैयाँ उपलब्ध् गराउने सम्झौता भएको हो । एन्फा र प्रदेश सरकारबीच दुई प्रतियोगिताका लागि पाँच वर्षको लागि सम्झौता भएको बताइएको छ ।

प्रदेश लिगमा प्रदेश नं १ का १४ जिल्लाका फुटबल टोलीले प्रतिस्पर्धा गर्नेछन् । लिगमा पहिलो र दोस्रो हुने टोलीले अन्तर प्रदेश एन्फा प्रेसिडेन्ट्स कपमा भाग लिने पाउनेछन् ।

त्यस्तै प्रदेश सकारको सहयकार्यमा हुने मुख्यमन्त्री कपमा बढीमा १६ टोली सहभागी गराउने सहमति भएको छ । जसमा पल्सर सहिद स्मारक ए डिभिजन लिगको विजेतोदेखि छैटौं स्थान प्राप्त गर्ने क्लब, तीन विदेशी क्लबलाई सहभागि गराइने सहमति भएको एन्फाका प्रवक्ता किरण राई ले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?