आज प्रदेश ४ को नीति तथा कार्यक्रमः पर्यटन, ऊर्जा र कृषि समृद्धिका आधार

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३, २०७५
|
|
४७ पटक हेरिएको
Shares
आज प्रदेश ४ को नीति तथा कार्यक्रमः पर्यटन, ऊर्जा र कृषि समृद्धिका आधार

सारांश

  • पोखरा ३ वैशाख ।
  • प्रदेश ४ को सरकारले सोमबार नीति तथा कार्यक्रम ल्याउँदै छ ।
  • प्रदेश सरकार गठन भएको २ महिनापछि असारसम्मका लागि नीति तथा कार्यक्रम संसदमा पेश हुन लागेको हो ।

पोखरा ३ वैशाख ।

प्रदेश ४ को सरकारले सोमबार नीति तथा कार्यक्रम ल्याउँदै छ । प्रदेश सरकार गठन भएको २ महिनापछि असारसम्मका लागि नीति तथा कार्यक्रम संसदमा पेश हुन लागेको हो ।

प्रदेश प्रमुख बाबुराम कुँवरले दिउँसो २ बजे बस्ने संसदमा सय बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रदेशको विकास र समृद्धिका लागि मुख्य पर्यटन, ऊर्जा, कृषि र उद्योगलाई आधार मानेर नीति तथा कार्यक्रम ल्याउन लागिएको आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।

मुख्य ४ प्राथमिकतामा राखेर प्रदेशले अन्य कुरालाई पनि कसरी समेट्छ भन्ने सन्देश नीति तथा कार्यक्रमको सय वटा बुँदाले समेट्ने छन् । निर्धारण गरिएको प्राथमिकता र त्यसका लागि आवश्यक पूर्वाधारमा जोड कार्यक्रमले दिने कानुनमन्त्री चुमानले बताए ।

मन्त्रीपरिषदको बैठक बसेर आइतबार नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएको छ । प्रदेशले अंगाल्ने भावी नीति र विकास कार्यक्रममाथि छलफल भएको कानुनमन्त्री चुमानले जानकारी दिए ।

प्राथमिकताका चार आधारसँगै खनिज, लोकसंस्कृति, खेलकुद, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका विषयलाई नीति तथा कार्यक्रममार्फत जोड दिइएको छ ।

अहिले प्रदेश सरकारसँग त्यस्तो ठूलो बजेट नभएकाले असार आउने नीति तथा कार्यक्रम र बजेटलाई बल पुग्ने गरी अहिलेको नीति तथा कार्यक्रम प्रस्तुत हुने छ । ‘अहिले सकारात्मक सन्देश दिनका लागि मात्रै नीति तथा कार्यक्रम आउने हो,’ कानुनमन्त्री चुमानले भने, ‘अहिले प्रदेशसँग ठूलो बजेट छैन । खर्च भएको बजेट र अब खर्च गर्ने बजेटलाई नै नीति तथा कार्यक्रममा समावेश हुने छ ।’

केन्द्रले छुट्याएको १ अर्ब २ करोड रुपैयाँको बजेटमाथि नै अहिलेको नीति तथा कार्यक्रम आउने छ । प्रदेशको भावी नीति के हुन्छ भन्ने सन्देश दिने खालको नीति तथा कार्यक्रम सोमबार प्रस्तुत हुनेछ ।

‘भोलिको प्रदेश कस्तो हुने, प्रदेशले कस्तो नीति निर्माण गर्दैछ, कुन–कुन कुरालाई जोड दिन्छ भन्ने संकेत अहिलेको नीति तथा कार्यक्रमले दिनेछ,’ कानुनमन्त्री चुमानले भने ।

प्रदेश सरकारले राजस्व संकलन, कुल ग्राहस्र्थ उत्पादन, रोजगार लगायतका कुरालाई पर्यटनसँग जोडेर गाउँदेखि सहरसम्मको नागरिकको जीवनस्तरमा सुधार ल्याउन पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको छ । प्रदेश ४ मा ऊर्जाको अथाह सम्भावना गरेकाले समृद्ध प्रदेशको दोस्रो आधार ऊर्जालाई लिइएको छ । उत्पादनमुखी र व्यावसायीकरण गर्दै र कृषि र उद्योगमार्फत रोजगार सिर्जना गरेर प्रदेशलाई गति दिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा छ ।

पहिलो मन्त्रिपरिषदको पहिलो बैठकले घोषणा गरेका ८ बुँदे कार्ययोजनालाई सम्बोधन गर्ने काम नीति तथा कार्यक्रमले गर्नेछ । मन्त्रिपरिषदको पहिलो बैठकले ५ वर्षभित्र सुविधासम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने, उज्यालो प्रदेशअन्तर्गत २ वर्षभित्र प्रत्येक गाउँबस्तीमा बिजुली पुर्‍याउने, ५ वर्षभित्र सुविधासम्पन्न क्यान्सर, मुटु र मिर्गौला उपचार केन्द्र स्थापना गर्ने, ५ वर्षभित्र स्थानीय तहको केन्द्रलाई प्रदेश राजधानीसँग स्तरीय सडक सञ्जालले जोड्ने योजना सार्वजनिक गरेको थियो ।

स्थानीय तहको सहकार्यमा २ वर्षभित्र प्रत्येक गाउँबस्तीमा पिउने पानीको व्यवस्था गर्ने, ५ वर्षभित्र अन्तर्राष्ट्रिय बहुउपयोगी खेलमैदान निर्माण गर्ने, विभिन्न जातजातिका पहिचान झल्कने गरी बहुसांस्कृतिक गाउँ स्थापना गर्ने र प्रदेशभित्र बोलिने सबै भाषाको संरक्षण र सम्वद्र्धन गर्ने मन्त्रिपरिषदले घोषणा गरेका योजना हुन् ।

प्रदेशका त्यस्ता ठाउँका पहिचान गरी बहुसाँस्कृति गाउँ निर्माण गर्ने सरकारको नीति तथा कार्यक्रममा छ । कोरला–सुस्ता सडक निर्माण, मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर लगायतका सडक पनि सरकारले कार्यक्रममा समेट्दै छ । निजी तथा साझेदारी र सहकारीलाई पनि लगानी गर्ने वातावरण बनाउने प्रदेश सरकारको नीति बनाउँदै छ । सुशासनका लागि इभर्नेन्समलाई जोड दिँदै पेपरलेस प्रदेशको परिकल्पना नीति तथा कार्यक्रमले गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बन्यो मोन्टाना
टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बन्यो मोन्टाना
ड्रोन क्यामेरा उडाउने तीन जना पक्राउ
ड्रोन क्यामेरा उडाउने तीन जना पक्राउ
डा. उपेन्द्र देवकोटालाई रवीन्द्र समीरले लेखे यस्तो भावुक पत्र
डा. उपेन्द्र देवकोटालाई रवीन्द्र समीरले लेखे यस्तो भावुक पत्र
बजेटका सिद्धान्त र प्राथमिकता विगतकै निरन्तरता : लामिछाने
बजेटका सिद्धान्त र प्राथमिकता विगतकै निरन्तरता : लामिछाने
मनाेरञ्जन समचार :पुलवामा आक्रमणपछि पाकिस्तानी कलाकार सबैको तारो
मनाेरञ्जन समचार :पुलवामा आक्रमणपछि पाकिस्तानी कलाकार सबैको तारो
संखुवासभाबाट व्यवसायी टासी शेर्पा  प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार
संखुवासभाबाट व्यवसायी टासी शेर्पा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार
आइजिपी खनाललाई प्रहरी जवानकाे प्रश्न ‘के मेरो अपराध निर्मलाको हत्याको प्रमाण मेट्ने भन्दा ठुलो हो ?’
आइजिपी खनाललाई प्रहरी जवानकाे प्रश्न ‘के मेरो अपराध निर्मलाको हत्याको प्रमाण मेट्ने भन्दा ठुलो हो ?’
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
साना कम्युनिष्ट पार्टीहरु यसो गर्दैछन्
साना कम्युनिष्ट पार्टीहरु यसो गर्दैछन्
मधेस प्रदेश : माओवादी केन्द्रका दुई मन्त्री
मधेस प्रदेश : माओवादी केन्द्रका दुई मन्त्री