प्रधानमन्त्रीको निर्देशन लत्याउँदै विदेश जाने कर्मचारीहरु यी हुन…

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको निर्देशन लत्याउँदै विदेश जाने कर्मचारीहरु यी हुन…

सारांश

  • काठमाडौं – विदेश भ्रमण नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन लत्याउँदै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का  वैज्ञानिकहरू   विदेश भ्रमण गइरहेका छन्।
  • नार्क स्रोतका अनुसार फागुन र चैतमा गरी करिब तीन दर्जन कृषि वैज्ञानिकले विदेश भ्रमण गरेका छन्।
  • यसबाहेक करिब एक दर्जन प्राविधिक (राजपत्रअनंकित) कृषि अनुसन्धानका नाममा विदेश भ्रमणमा गएका छन्।

काठमाडौं – विदेश भ्रमण नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन लत्याउँदै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का  वैज्ञानिकहरू   विदेश भ्रमण गइरहेका छन्।

नार्क स्रोतका अनुसार फागुन र चैतमा गरी करिब तीन दर्जन कृषि वैज्ञानिकले विदेश भ्रमण गरेका छन्। यसबाहेक करिब एक दर्जन प्राविधिक (राजपत्रअनंकित) कृषि अनुसन्धानका नाममा विदेश भ्रमणमा गएका छन्। थप दर्जनजति कृषि वैज्ञानिक वैशाखमा विदेश भ्रमणमा जाने कार्यक्रम तय भएको छ।

नार्कका कार्यकारी निर्देशक डा. वैद्यनाथ महतो एक साताका लागि भन्दै बुधबार मोरक्कोतिर उडेका छन्। उनले  टेकबहादुर गुरुङलाई निमित्त  कार्यकारी निर्देशकको जिम्मेवारी दिएका छन्। उनले गुरूङलाई  निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी  दिएको पत्रमा आफू काम विशेषले काठमाडौं बाहिर जानुपर्ने भएको लेखेका छन्। तर पत्रमा भ्रमण कार्यालय प्रयोजनका लागि हो या व्यक्तितगत प्रयोजनका लागि हो भन्ने खुलाइएको छैन। तर स्रोतका अनुसार उनी कार्यालय प्रयोजनका लागि मोरक्को गएका हुन्।  कृषि वैज्ञानिक तथा प्राविधिक सबै कृषि अनुसन्धानका नाममा धमाधम विदेश जाने गरेका छन्। ती भ्रमण कति फलदायी भए भन्ने मूल्यांकन भने हुन सकेको छैन।

फागुन र चैतमा विदेश भ्रमण गर्ने  वैज्ञानिकहरूमा  लुमा पाण्डे, कमल साह, सुध सापकोटा, रेणुका श्रेष्ठ, शुक्रराज श्रेष्ठ, ध्रुवबहादुर थापा, शेषराम उपाध्याय, सुरज बैद्य, मनोज साह, टेकबहादुर गुरूङ, आनन्द गौतम, घनश्याम मल्ल, रामप्रसाद घिमिरे, प्रमिल केसी, मनीषकुमार ठाकुर, अमृत पौडेल, भोजन खनाललगायत  छन्। यसैगरी विदेश भ्रमण गर्ने कृषि प्राविधिकमा शिवहरि घिमिरे, बञ्जराज बराल, गौतम श्रेष्ठ, रीता आङदम्बे, शेषराज उपाध्याय, ध्रुव भट्टराई, शिवराम अर्याल, आंशिक राजभण्डारी, रामचन्द्र मिश्र, राजकुमार झा, दिनानाथ तिवारी, अशोक राणा, कृष्णदेव अधिकारीलगायत छन्। धेरैजसो चीन, भारत, मोरक्को, थाइल्यान्ड, अस्टेलिया, नेदरल्यान्ड, फिलिपिन्स, केन्यालगायत देशमा गएका छन्।

निमित्ति कार्यकारी निर्देशक गुरूङले नार्क स्वायत्त संस्था भएको र यस्तो निकायले प्रधानमन्त्रीको निर्देशन मान्नैपर्ने बाध्यता नभएको बताए। उनले भने, ‘नार्क स्वायत्त संस्था भए पनि प्रधानमन्त्रीको निर्देशन उल्लंघन नगरौं भन्ने हाम्रो मनसाय हो तर काम परेपछि भ्रमण गर्नुपर्छ।’

नार्कका वैज्ञानिक र प्राविधिक विदेशी संस्थाले विदेशमा आयोजना गर्ने कार्यक्रममा जाने गरेको र सोबापतको खर्च आयोजले बेहोर्ने दाबी उनले गरे। ‘सरकारको खर्चमा नजाने कुरा पो हो। आयोजकको खर्चमा विदेश भ्रमणमा जान सकिन्छ’, गुरूङले भने। उनी स्वयं पनि पछिल्लोपटक फागुन ३ देखि एक सातासम्म भारत भ्रमण गरी फर्केका हुन्। उनको भ्रमण टोलीमा ८ जना कृषि वैज्ञानिक थिए।

कार्यकारी प्रमुख डा. महतोको मोरक्को भ्रमण विषयमा भने आफूले प्रष्ट थाहा नपाएको गुरुङले बताए। ‘कार्यकारी निर्देशकज्यू बुधबार विदेश भ्रमणमा लाग्नुभएको थाहा त छ तर भ्रमण सरकारी हो या व्यक्तिगत भन्नेबारे मलाई जानकारी भएन’, निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी पाएका उनले भने।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटनामा परी उदयपुरका नेकपाका नेताको मृत्यु
दुर्घटनामा परी उदयपुरका नेकपाका नेताको मृत्यु
प्रधानन्यायाधीशका बारेमा नेपाल बारले आज आफ्नो धारणा सार्वजनिक गर्ने
प्रधानन्यायाधीशका बारेमा नेपाल बारले आज आफ्नो धारणा सार्वजनिक गर्ने
युवा संघ नेपालले स्थापना दिवसकाे अवसरमा गर्यो जेष्ठ नागरिकलाई  सम्मानित
युवा संघ नेपालले स्थापना दिवसकाे अवसरमा गर्यो जेष्ठ नागरिकलाई सम्मानित
दुर्घटनामा दुईको मृत्यु
दुर्घटनामा दुईको मृत्यु
पूर्वबाल सैनिक विष्टलाई अनुमती नलिएको भन्दै विदेश जान रोकियो
पूर्वबाल सैनिक विष्टलाई अनुमती नलिएको भन्दै विदेश जान रोकियो
प्रचण्ड निजि निवास मै पार्टी अफिस नेताहरु भन्छन् कार्यलयमा कोठै छैन
प्रचण्ड निजि निवास मै पार्टी अफिस नेताहरु भन्छन् कार्यलयमा कोठै छैन
नवलपरासीको देवचुली मतदान केन्द्रमा बम बिस्फोट
नवलपरासीको देवचुली मतदान केन्द्रमा बम बिस्फोट
३३ किलो सुन पकरण: २८ करोड रुपैयाँ बराबरको धनमाल राष्ट्र बैंकको जिम्मा
गुरु पूर्णिमामा लालीगुराँसका विद्यार्थीहरुले पुजे गुरु र गुरुआमा
गुरु पूर्णिमामा लालीगुराँसका विद्यार्थीहरुले पुजे गुरु र गुरुआमा
गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजियो : प्रचण्ड
गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजियो : प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?