प्रितम र आयूष ‘सारेगमप’को सेमिफाइनलमा
सारांश
- दुई नेपाली बालक प्रितम आचार्य र आयूष केसीले अहिले भारतीय रियालिटी शो ‘सारेगमप’मा धमका मच्चाइरहेका छन् ।
- हरेक हप्ताको प्रस्तुतिमा उनीहरुले आफुलाई अब्बल सावित गरिरहेका छन् ।
- दुवैको प्रस्तुतिको दर्शकश्रोताले मात्र होइन, निर्णायकहरुले पनि मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् ।
दुई नेपाली बालक प्रितम आचार्य र आयूष केसीले अहिले भारतीय रियालिटी शो ‘सारेगमप’मा धमका मच्चाइरहेका छन् । हरेक हप्ताको प्रस्तुतिमा उनीहरुले आफुलाई अब्बल सावित गरिरहेका छन् । दुवैको प्रस्तुतिको दर्शकश्रोताले मात्र होइन, निर्णायकहरुले पनि मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । यी दुवै बालक सारेगमपको सेमिफाइनल चरणमा पुगेका छन् । शुक्रबार फेसबुकमार्फत जानकारी दिदै उनीहरुले आफु सेमिफाइनलमा प्रवेश गर्न सफल भएको बताए ।
भारतीय टेलिभिजन जीटीभीबाट हरेक शनिबार र आइतबार प्रशारण भइरहेको उक्त रियालिटी शोको सेमिफाइनलमा ६ जना प्रतिष्पर्धी छनौट गर्ने प्रक्रिया छ ।
सारेगम गत फेब्रुअवरी ९ बाट सुरु भएको थियो । १६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु यो कार्यक्रममा सहभागी छन् । यो वर्ष प्रितम आचार्य र आयुष केसी सहित नेपालबाट ८ जना सहभागी भएका थिए । जसमा प्रितम र आयूष छनौट भई भारत गएका हुन् ।

इटहरीका प्रितम र सिन्धुपाल्चोकका आयूष कलिङ राउण्डको मेघा अडिसनबाट छनौट हुँदै उत्कृष्ट ३० मा पुगेका हुन् । दुवै बालक नेपालमा भएको सुरशाला जुनियर आइडलका विजयी हुन् । २०७२ सालमा भएको उक्त प्रतिष्पर्धामा आयूष पहिलो र प्रितम दोस्रो बनेका थिए ।
प्रतिक्रिया