प्रमुख पदमा एकैजना महिला उम्मेदवार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ६, २०७४
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • दाङ, ६ असार ।
  • दलहरुले समानताको कुरा बेलाबेलामा उठाउने गरे पनि स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा यहाँ महिलाको प्रतिनिधित्व न्यून मात्रामा रहेको छ ।
  • यहाँका दलहरुले महिलालाई उपमहानगरपालिकामा उपप्रमुख र गाउँपालिकामा उपाध्यक्ष तथा वडाहरुमा सदस्यहरुको जिम्मेवारी दिए पनि प्रमुख र गाउँपालिकाको अध्यक्षमा भने एक दुईजना मात्रै महिलाको सहभागिता रहेको पाइएको छ ।

दाङ, ६ असार । दलहरुले समानताको कुरा बेलाबेलामा उठाउने गरे पनि स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा यहाँ महिलाको प्रतिनिधित्व न्यून मात्रामा रहेको छ ।

यहाँका दलहरुले महिलालाई उपमहानगरपालिकामा उपप्रमुख र गाउँपालिकामा उपाध्यक्ष तथा वडाहरुमा सदस्यहरुको जिम्मेवारी दिए पनि प्रमुख र गाउँपालिकाको अध्यक्षमा भने एक दुईजना मात्रै महिलाको सहभागिता रहेको पाइएको छ ।

पछिल्लो सङ्घात्मक संविधानले किटान गरेको ३३ प्रतिशत महिला सहभागितालाई दलहरुले पूरा गर्न नसकेको महिलाले बताएका छन् । “हाम्रो माग त ५० प्रतिशत नै हो तर स्थानीय चुनावमा हाम्रो सहभागिता न्यून छ” – महिला नेत्री देविका नेपालीले भन्नुभयो ।

अन्य समयमा दलहरुले भाषणमा महिला सहभागिताको कुरा गरे पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न नसकेको महिलाले गुनासो गरेका छन् । यसले गर्दा महिलाका बारेमा अझै पनि समान दृष्टिकोण नपुगेको महिला चन्द्रा वलीले बताउनुभयो ।

“भाषण र दलहरुले महिलाको सवालमा चर्का कुरा गर्ने गर्छन् तर स्थानीय तहमा महिलालाई उपप्रमुखमै र उपाध्यक्षमै चित बुझाउनुपरेको छ, हामीहरुलाई पनि जिम्मेवारी दिए जुनसुकै काम पनि गर्न सक्छौँ”– उहाँले भन्नुभयो ।

यहाँ रहेका मुख्य दल नेपाली काँग्रेस, नेकपा (एमाले)ले दाङका दुई उपमहानगरपालिका, एउटा नगरपालिका र सातवटा गाउँपालिकामा कुनै पनि महिलालाई प्रमुख पदमा राखेको छैन भने नेकपा (माओवादी केन्द्र)ले भने लमही नगरपालिकाको प्रमुखमा द्रोपती पौडेललाई प्रमुख पदको टिकट दिएको जनाएको छ ।

(canadianpharmacy365.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?