गाउँपालिकाका अध्यक्षले चिनियाँ महिला संग मिलेर यसरी गरे सुन तस्करी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
गाउँपालिकाका अध्यक्षले चिनियाँ महिला संग मिलेर यसरी गरे सुन तस्करी

सारांश

  • काठमाडाै,१४ वैशाख ।
  • सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलसँग मिलेर नेपालमा सुन तस्करी गर्ने एक चिनियाँ महिलालाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान अघि बढाएको छ।
  • पौडेल माओबादीका नेता समेत हुन् उनको प्रचण्ड संग बेजोडको दोस्ती छ।

काठमाडाै,१४ वैशाख । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलसँग मिलेर नेपालमा सुन तस्करी गर्ने एक चिनियाँ महिलालाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान अघि बढाएको छ।

पौडेल माओबादीका नेता समेत हुन् उनको प्रचण्ड संग बेजोडको दोस्ती छ। सुन्धारामा भब्य होटेल समेत चलाएका छन्।

तस्करीमा संलग्न ४० वर्षीया जेजोङलाई सिआइबीले बुधबार विमानस्थलबाट नियन्त्रणमा लिएको थियो। चीनबाट नेपाल आउने क्रममा उनी पक्राउ परेकी हुन्। उनलाई ७ महिनादेखि प्रहरीले फरार सूचीमा राखेर खोजिरहेको थियो।

गत भदौ १४ गते सिआइबीले काठमाडौंको सामाखुसीबाट सिन्धुपाल्चोक भोटेकोसीका पेम्बा दोर्जेलाई पक्राउ गरेको थियो। सोही समूहका अन्य ६ जना धनुषाबाट एक केजी सुनसहित पक्राउ परेका थिए। थप ७ केजी सुन भने भारत पुगिसकेको खुलेको थियो।

सो सुन तस्करीका मुख्य नाइके भोटेकोसी गाउँपालिकाका अध्यक्ष पौडेल भएको खुलेपछि उनीविरुद्ध समेत मुद्दा दायर भएको थियो। उनी धरौटीमा छुटिसकेका छन्।

पौडेलको समूहलाई चीनबाट उनै चिनियाँ महिलाले सुन पठाउने गरेको खुलेको थियो। उनको पासपोर्ट नम्बर पत्ता लगाई सिआइबीले अध्यागमनको कालोसूचीमा राखेको थियो। ७ महिनापछि नेपाल आएलगत्तै उनी पक्राउ परेकी हुन्।

प्रहरीले अनुसन्धान थालेलगत्तै फरार भएका पौडेल र उनका सहयोगी रमेश खड्का मंसिरको पहिलो साता अदालतमा उपस्थित भएर एकएक लाख रुपैयाँ धरौटीमा छुटेका थिए। मुद्दा जिल्ला अदालतमा अझै विचाराधीन छ।

संगठित रुपमा नै चिनियाँ समूहले नेपालमा केरुङ नाकाबाट सुन तस्करी गर्दै आएको थियो। पक्राउ परेकी चिनियाँ महिलामाथि अनुसन्धान जारी रहेकाले चिनियाँ गिरोहबारे थप खुल्न सक्ने सिआइबीका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठ बताउँछन्।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Prem Basnet

    कमाउन पठाएको चाडै कमाउनु जनताका पसिनाले त्यो धन फेरि जादा त्यही बेला बल्ल चेत आउलानी!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुशमा स्वराजबीच भेटवार्ता, नयाँ हवाई रुटबारे छलफल
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुशमा स्वराजबीच भेटवार्ता, नयाँ हवाई रुटबारे छलफल
सबैभन्दा कान्छी सांसद यी हुन्
सबैभन्दा कान्छी सांसद यी हुन्
कुनै बेला पाकिस्तानी सेनाका कट्टर प्रतिद्वन्द्वी नवाज शरिफ स्वदेश फर्किए
कुनै बेला पाकिस्तानी सेनाका कट्टर प्रतिद्वन्द्वी नवाज शरिफ स्वदेश फर्किए
युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने हमासको भनाइ, नेपालका विपिन जोशीको अवस्था ‘अझै अज्ञात’
युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने हमासको भनाइ, नेपालका विपिन जोशीको अवस्था ‘अझै अज्ञात’
सर्वेन्द्र खनालको घोषणा : ६० वर्ष कटेका नागरिकलाई ५०० रुपैँयामै स्वास्थ्यसेवा
सर्वेन्द्र खनालको घोषणा : ६० वर्ष कटेका नागरिकलाई ५०० रुपैँयामै स्वास्थ्यसेवा
एमालेको निर्देशन : गठबन्धन रहन सक्छ, हामी एक्लै लड्ने तयारी गरौं
उपराष्ट्रपतिद्वारा पर्वतारोही बुढामगरलाई सम्मान
उपराष्ट्रपतिद्वारा पर्वतारोही बुढामगरलाई सम्मान
रेम्डिसिभिर ७४८ डोज भित्रियो, तत्कालको माग धान्ने
रेम्डिसिभिर ७४८ डोज भित्रियो, तत्कालको माग धान्ने
लिभरपुल कलेज प्रथम
दशैं घरमा राखियो जमरा
दशैं घरमा राखियो जमरा

तपाईंले छुटाउनुभयो कि?