प्रहरीका सईले दुई पत्रकारलाई गोलीले उडाउने धम्की दिएपछि…
सारांश
- काठमाडौं ।
- महानगरीय अपराध महाशाखा टेकुमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेलले दुई पत्रकारलाई गोली हानेर उडाइदिने धम्की दिएका छन् ।
- सुशासन साप्ताहिकका पत्रकार मदन भण्डारी र रातोपाटी डटकमका सुरक्षा संवाददाता राजेश भण्डारीले आफूहरुमाथि सई बालकृष्ण सञ्जेलले हत्या गर्ने धम्की दिएको आरोप लगाएका छन् ।
काठमाडौं । महानगरीय अपराध महाशाखा टेकुमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेलले दुई पत्रकारलाई गोली हानेर उडाइदिने धम्की दिएका छन् ।
सुशासन साप्ताहिकका पत्रकार मदन भण्डारी र रातोपाटी डटकमका सुरक्षा संवाददाता राजेश भण्डारीले आफूहरुमाथि सई बालकृष्ण सञ्जेलले हत्या गर्ने धम्की दिएको आरोप लगाएका छन् ।
आफूहरु सम्वद्ध सञ्चार माध्यममा प्रकाशित समाचारको विषयलाई लिएर समाचार लेखेको विषयमा आपत्ति जनाउँदै ‘गोलीले उडाइदिने’ धम्की दिएको पत्रकारद्वयले बताए ।
भण्डारीद्वयले ३३ किलो सुनकाण्डमा संलग्नताको आरोपमा सुनसरीको धरानमा सनम शाक्यको गत १८ फागुनमा भएको हत्याको समाचारमा आफ्नो नाम जोडेको भन्दै सञ्जेलले आफूहरुमाथि धम्की दिएको बताए ।
उक्त घटनामा प्रहरी संगठनभित्रैका केही व्यक्तिको संलग्नता रहेको समाचार आएपछि प्रहरी मुख्यालयले प्रहरी नायब महानिरीक्षक (डिआईजी) पुष्कलराज रेग्मी नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।
प्रदेश नम्बर–१ को प्रहरीसँग समन्वय नगरी कार्यक्षेत्र नाघेर अपराध महाशाखाबाट गएको प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रजित केसी नेतृत्वको टोलीले धरानको भानुचोकमा बरामद गरेको शाक्यको शव सुनसरी जिल्ला कटाएर मोरङको विराटनगर लगेर सार्वजनिक गरेको थियो ।
शाक्यको हत्यामा गोरे भनिने चुडामणि उप्रेतीको संलग्नता प्रहरी अनुसन्धानबाट खुलेको र उप्रेती र सञ्जेलबीच मामा भान्जाको नाता रहेको समाचार लेखेपछि आफूहरुमाथि धम्की आएको भण्डारीद्वयको भनाइ छ ।
गोरे घटनापछि फरार छन् । ‘मलाई अप्रत्यक्ष रुपमा विभिन्न माध्यमबाट सञ्जेलले ‘गोलीले उडाइदिने’ धम्कीपूर्ण खबर पठाएका छन्’, पत्रकार मदन भण्डारीले भने, ‘समाचारप्रति चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिएको भए हुन्थ्यो, तर, यहाँ गोलीले उडाउने धम्की दिइयो ।’
रातोपाटीका पत्रकार राजेश भण्डारीले पनि आफूलाई धम्की आएको बताए । ‘मेरो एक निकट मित्रसँग सञ्जेलले राजेश भण्डारीले मेरो बारेमा समाचार लेखेको रहेछ, उसलाई भन्दिुनु मैले भेटें भने गोली ठोक्छु भनेका रहेछन्’, उनले भने ।
भण्डारीद्वयले सोमबार गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर आफूहरुमाथि धम्की दिने सई सञ्जेलमाथि कारबाहीको माग र जीवनरक्षाको अपिल गर्दै निवेदन दिने बताएका छन् । यस्तै उनीहरुले जीवनरक्षाका लागि नेपाल पत्रकार महासंघ, पत्रकार सम्वद्ध संघरसंस्था तथा राष्ट्रिय मानवअधिकार आयोगमा समेत अपिल गर्ने जानकारी दिए ।
Sanjaya Shrestha
प्हरि
Kal Bahadur
मानव भए यस्तो भन्ने थिएन होला दानव भए पछि के लाग्छ र