प्रहरी,सेना र भिआइपीको घरमा काम गर्न राखिएका सुरक्षाकर्मी फिर्ता गर्न प्रम ओलीको निर्देशन
सारांश
- काठमाडौं : अझै पनि करिब १५ हजार सुरक्षाकर्मी उच्चपदस्थको घरमा घरेलु काम गर्न विवश रहेको पाइएको छ।
- हजारौंको संख्यामा सेना र प्रहरी घरेलु कामदारको रूपमा रहेको पाइएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई एक साताभित्र फिर्ता गर्न गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेललाई निर्देशन दिएका छन्।
- प्रधानमन्त्रीको निर्देशनलगत्तै गृह मन्त्रालयले हाकिम तथा भीआईपीको घरमा कामदार बसेका सुरक्षाकर्मीको विवरण खोजी थालेको छ।
काठमाडौं : अझै पनि करिब १५ हजार सुरक्षाकर्मी उच्चपदस्थको घरमा घरेलु काम गर्न विवश रहेको पाइएको छ।हजारौंको संख्यामा सेना र प्रहरी घरेलु कामदारको रूपमा रहेको पाइएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई एक साताभित्र फिर्ता गर्न गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेललाई निर्देशन दिएका छन्।
प्रधानमन्त्रीको निर्देशनलगत्तै गृह मन्त्रालयले हाकिम तथा भीआईपीको घरमा कामदार बसेका सुरक्षाकर्मीको विवरण खोजी थालेको छ। गृहसचिव मोहनकृष्ण सापकोटाले प्रधानमन्त्रीको निर्देशनलगत्तै कामदार सुरक्षाकर्मी खोजी गर्न सहसचिवको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरिएको जानकारी दिए।
सुरक्षामा खट्नुपर्ने सुरक्षाकर्मी हाकिम एवं उच्चपदस्थकहाँ घरेलु कामदारको रूपमा रहँदा राज्यले उनीहरूका लागि लगानी गरेको करोडांै रुपैयाँ खेर गइरहेको भन्दै प्रधानमन्त्री कार्यालयका सचिवहरूले ओलीको ध्यानाकर्षण गराएका थिए। प्रहरी, सेना, निजामती, पूर्वमन्त्री, उच्चपदस्थ पदाधिकारी, व्यापारिक प्रतिष्ठान, उच्च सुरक्षा अधिकारीका आफन्त तथा साथीभाइले समेत सोर्सफोसमा प्रहरी र सेनालाई सुरक्षाका नाममा वर्षौंदेखि घरेलु कामदार बनाउँदै आइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रधानमन्त्री कार्यालयको एक अध्ययनले सुरक्षामा खट्नुपर्ने प्रहरी, सेना र राष्ट्रिय अनुसन्धान विभागका गरी झन्डै १५ हजार सुरक्षाकर्मी हाकिम तथा उच्चपदस्थको घरमा कामदारको रूपमा रहेको देखाएको हो। गृहसचिव सापकोटाले हजारैाँ सुरक्षाकर्मी उनीहरूका हाकिम र भीआईपी कहाँ घरेलु कामदारमा रुपमा बसिरहेको पुष्टि गरे। ‘कसकोमा कति सुरक्षाकर्मी बसेका छन् तत्काल खोजी गरी काममा फर्काइने छ’, गृहसचिव सापकोटाले भने।
प्रधानमन्त्रीले बुधबार गरेको सातै प्रदेशका मुख्यमन्त्रीसँगको छलफलमा मुख्यमन्त्रीहरूले प्रदेशमा सुरक्षाकर्मी अभाव हुँदा सुरक्षा चुनौती बढेको बताएका थिए। मुख्यमन्त्रीहरूले सुरक्षाकर्मी अभाव रहेको बताउँदै गर्दा प्रधानमन्त्री ओलीले अहिले पनि प्रहरी र सेनाको हाकिमकहाँ हजारांै सुरक्षाकर्मी घरेलु कामदारको रूपमा काम गर्न विवश भएको तथ्य स्पष्ट पार्दै त्यसरी काम गरिरहेका हजारौं सुरक्षाकर्मीलाई साताभित्रै फिर्ता गर्न निर्देशन दिएका थिए।
प्रधानमन्त्री कार्यालयले गरेको अध्ययनअनुसार अहिले प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारी, उनीहरूका आफन्त तथा नजिकका साथीभाइ, पूर्वमन्त्री, पूर्वगृहसचिव, नेता तथा व्यापारीकहाँ गरी झन्डै नौ हजार सुरक्षाकर्मी घरेलु कामदारको रूपमा कार्यरत छन्। सेनाका हाकिमकहाँ झन्डै ६ हजार सैनिक सुरक्षाकर्मी घरेलु कामदारको रूपमा कार्यरत छन्।
प्रहरीका प्रायः सबैजसो बहालवाला डीएसपीदेखि आईजीपीसम्मले दुईदेखि तीन जनासम्म सुरक्षाकर्मीलाई घरेलु कामदारको रूपमा राख्दै आएका छन् भने इन्चार्जको रूपमा रहेका सई तथा प्रहरी निरीक्षकले समेत सुरक्षाकर्मीलाई कामदार बनाउँदै आएका छन्।
सेनामा सबैजसो अधिकृतले दुईदेखि तीन जनासम्म सुरक्षाकर्मीलाई घरेलु कामदारको रूपमा राख्दै आइरहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।‘राज्य कोषबाट तलब खाने सुरक्षाकर्मीलाई राष्ट्रिय हितमा लगाउन छाडेर व्यक्तिगत काममा लगाउने छुट कसैलाई छैन, यो काम तत्काल बन्द गर्नुपर्छ’, ओलीलाई उद्धृत गर्दै प्रधानमन्त्री कार्यालयका एक सचिवले भने।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कुँवरले पनि नियमविपरीत हुने गरी प्रहरी तथा सेनाको घरमा कामदारका रूपमा राखिएका सबैलाई फिर्ता गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उल्लेख गरे।
प्रधानमन्त्री कार्यालयका अनुसार द्वन्द्वका समयमा सुरक्षा थ्रेट भएको भन्दै प्रहरी र सेनाका हाकिम तथा उच्चपदस्थले सुरक्षाकर्मी राख्ने गरेका थिए। सुरक्षा थ्रेट भन्दै लिइएका सुरक्षाकर्मी अहिलेसम्म फिर्ता भएका छैनन्।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरीले पनि कुनै कार्यविधि र नियम नै नबनाइ मौखिक रूपमा र शक्ति तथा सोर्सका आधारमा कसैलाई चालक र कसैलाई अंगरक्षकको बहानामा सुरक्षाकर्मी उपलब्ध गराउने गरिएको छ। नेपाल प्रहरीका प्रवक्ता डीआईजी मनोज नेउपानेले सुरक्षाकर्मी खटाउनेसम्बन्धी कुनै स्पष्ट कार्यविधि नभए पनि प्रहरी मुख्यालयको नीति र जिल्लास्थित सुरक्षा समितिको निर्णयअनुसार सुरक्षा थ्रेटको आधारमा उच्च अधिकारी र भीआईपीलाई सुरक्षाकर्मी उपलब्ध गराउने गरिएको जानकारी दिए।
नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारी, उनीहरूका आफन्त एवं साथीभाइ, पूर्वमन्त्री, पूर्वगृहसचिव, नेता, तथा व्यापारी कहाँ सुरक्षाकर्मी घरेलु काम गर्न बाध्य।
Bishwo Rai
अनि ओलि जादा त्यो सुरछा कर्मिको बङलामा कस्ले परिकार बनायर तयार गर्ने त…भोक भोकै फर्किनु पर्ने भो बा…
Rai Man
Good
Gobin Cdr
Good grovermant ko salary prosnal Kam vutro dish mathi hunxa
Pancha Mandupa
Yo kam garna atyentai dhilo vaisakeko thiyo tai pani ramro kamko thalani vayeko sunda pani man khusi hunxa
Lawati Kancha
yo kam ko lagi salam xa p.m k.p oli jiu
Raj Gnawaly
कायॅन्यन पछि नत्र त परिवतॅन खै ?
Madhu Sudan Raj Amatya
यो एक दम सही कुरा हो !
यसको कार्यान्वन तुरन्त हुन सके यी जनशक्ती राष्ट्रको विकाशकार्यमा लगाएमा देशको लागि विशाल योगदान हुनेछ !
Prem Prasad Sanjel
We want to see in action HONORABLE PM OF NEPAL but not in takinl at all.
Dipen Bhatta
Very good
यादब राजगुरु सल्यानि
सलाम छ मन्त्री ज्यू
Nasib K Das
राम्राे कामकाे सुरुवात बधाई छ कमरेड केपी शर्मा वलीजी लाई
Madhav Upadhyay
Very good
Gyan Nath Gautam
Good kp oli
Dan Magar
Aba chai kei hola jasto xa
Padam Budathoki
राम्रो काम
Raju Panday
Good
Chitra Pradhan
जनेल मरेर गए पनि र बाल वाला भए
पनि सबैखाले हाकिमकाे द्यरमा सिपाहि गाइ गाठ्ठालाे भानसे राखने कम काे अन।तय गराउने ठ्ठुलाे अभियान हाे तर मन्ितले थाहा पाउन गाहेा द्द
बिनोज आचार्य
Good job pm kp
Shanta Sangraula
स्वागत योग्य निर्णय। खूशीको बहार। यसबाट नेपाली जनताको चाहना पूरा भएको छ। कसैको घरमा चूलो बल्ने आधार छैन कसैकोमा भान्से भाडामाज्ने लूगाधुने फरक फरक दर्जाका रास्ट्र सेवकको मिसयूज। कून चै डाका सरकारले चलाएको भ्रष्ट चलन हो।
Mohan Kayasta
Good command .
Shiva Chhetri
Good