माओवादीको ‘एजेन्डा’ र अभियान जनअनुमोदित भयोः प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १८, २०८१
|
|
३७ पटक हेरिएको
Shares
माओवादीको ‘एजेन्डा’ र अभियान जनअनुमोदित भयोः प्रचण्ड

सारांश

  • काठमाडौं।
  •   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले स्थानीय तहको उपनिर्वाचनको नतिजाबाट आफ्नो पार्टीले अघि सारेका ‘एजेन्डा’ र अघि बढाउन खोजेको अभियानलाई जनअनुमोदन गरेको पुष्टि भएको बताएको छ।
  • उपनिर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएपछि आज वक्तव्य जारी गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचित जनप्रतिनिधिको सङ्ख्या र जनमतका हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताएका हुन् ।

काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले स्थानीय तहको उपनिर्वाचनको नतिजाबाट आफ्नो पार्टीले अघि सारेका ‘एजेन्डा’ र अघि बढाउन खोजेको अभियानलाई जनअनुमोदन गरेको पुष्टि भएको बताएको छ।

उपनिर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएपछि आज वक्तव्य जारी गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचित जनप्रतिनिधिको सङ्ख्या र जनमतका हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताएका हुन् ।

आफ्नो नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई जनस्तरसम्म पुर्याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरका रुपमा उपनिर्वाचनलाई लिइएको उनले उल्लेख गरेका छन् ।

अध्यक्ष दाहालले उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई आफ्नो पार्टीले ‘आफ्नो एजेन्डा र आफ्नै एकल पहिचान’का साथ प्रतिस्पर्धा गर्न प्राप्त गरेको जनादेशका रुपमा लिएको बताएका छन् । उनले जनविश्वासलाई अझ सुदृढ बनाउँदै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

राजनीतिक उपलब्धिको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, फेरिएको व्यवस्थाअनुरुप जनताको अवस्था बदल्न र राज्यबाट हुने सेवा प्रवाहलाई सरल र सहज रुपमा जनताको घरदैलोमा पुर्याउने महत्वपूर्ण दायित्व स्थानीय सरकारको काँधमा रहेको जनाउँदै अध्यक्ष दाहालले माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई जनसेवामा परिचालन गरिने बताएका छन् ।

“हाम्रो पार्टीले नेतृत्व गरेका स्थानीय तहले उत्कृष्ट कार्य सम्पादन गर्दै आएका छन्, आगामी दिनमा यसलाई बढाउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेन्डामा केन्द्रित रहेर सबै जनप्रतिनिधिलाई पूर्ण रुपमा जनताको सेवामा परिचालन गर्न पार्टी प्रतिबद्ध छ,” वक्तव्यमा उनले भनेका छन् ।

अध्यक्ष दाहालले स्थानीय तह उपनिर्वाचनमा आफ्नो पार्टीलाई अमूल्य मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले निर्वाचित सबै जनप्रतिनिधिलाई बधाईज्ञापन गरे । निर्वाचनमा अहोरात्र खट्ने पार्टीका नेता कार्यकर्ता, जनसमुदाय तथा निर्वाचन आयोग, राष्ट्रसेवक, सुरक्षा निकाय र सञ्चार क्षेत्रलाई समेत उनले धन्यवादज्ञापन गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चलचित्र ‘हिजो आजका कुरा’ अमेरिकाको भर्जिनियामा प्रदर्शन
चलचित्र ‘हिजो आजका कुरा’ अमेरिकाको भर्जिनियामा प्रदर्शन
दिउँसो प्रधानमन्त्री विरूद्ध नाराबाजी, साँझ प्रधानमन्त्रीसँग रवि छुटाउन गुहार!
दिउँसो प्रधानमन्त्री विरूद्ध नाराबाजी, साँझ प्रधानमन्त्रीसँग रवि छुटाउन गुहार!
भारतमा एकैदिन २९ हजार भन्दा बढी कोरोना सङ्क्रमित
भारतमा एकैदिन २९ हजार भन्दा बढी कोरोना सङ्क्रमित
काठमाडौँमा ४०८ सहित देशैभर १०४१ जनालाई कोरोना संक्रमण पुष्टि
काठमाडौँमा ४०८ सहित देशैभर १०४१ जनालाई कोरोना संक्रमण पुष्टि
गोविन्द केसीको बयान बाहिरिएको भन्दै सर्वोच्चमा हंगामा
गोविन्द केसीको बयान बाहिरिएको भन्दै सर्वोच्चमा हंगामा
डाक्टर गोविन्द केसीले सुरु गरे १६ औं अनशन, यस्ता छन् मागहरु
डाक्टर गोविन्द केसीले सुरु गरे १६ औं अनशन, यस्ता छन् मागहरु
नागार्जुन नगरपालिकाका नयाँ शक्तिका उम्मेद्वारको अपहरण !
हामी पनि भारत सँग मिलेरै काम गर्छौं -केपी ओलि
हामी पनि भारत सँग मिलेरै काम गर्छौं -केपी ओलि
हेटौंडाकी मेयर लामाको सम्पत्ति :  १५ तोला सुन
हेटौंडाकी मेयर लामाको सम्पत्ति : १५ तोला सुन
एकीकृत समाजवादीः मंसिरभित्र प्रदेश र ८१ भित्र अधिवेशन गर्न निर्देशन
एकीकृत समाजवादीः मंसिरभित्र प्रदेश र ८१ भित्र अधिवेशन गर्न निर्देशन

तपाईंले छुटाउनुभयो कि?