कर्णालीका भेडापालक कृषकलाई ६८ लाख ‘हेरालो भत्ता’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ११, २०८०
|
|
३६ पटक हेरिएको
Shares
कर्णालीका भेडापालक कृषकलाई ६८ लाख ‘हेरालो भत्ता’

सारांश

  • कर्णाली ।
  • कर्णाली प्रदेश सरकारले यहाँका चार सय ४० पशुपालक कृषकलाई रु ६८ लाख ७३ हजार ‘हेरालो भत्ता’ दिएको छ ।
  • प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्ष २०७९/८० मा यहाँका हिमाली चार जिल्लाका भेडा च्याङ्ग्रापालक कृषकलाई ‘हेरालो भत्ता’ उपलब्ध गरेको हो ।

कर्णाली । कर्णाली प्रदेश सरकारले यहाँका चार सय ४० पशुपालक कृषकलाई रु ६८ लाख ७३ हजार ‘हेरालो भत्ता’ दिएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्ष २०७९/८० मा यहाँका हिमाली चार जिल्लाका भेडा च्याङ्ग्रापालक कृषकलाई ‘हेरालो भत्ता’ उपलब्ध गरेको हो ।

मन्त्रालयअन्तर्गत पशुपक्षी विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक कृष्णप्रसाद पङ्गेनीका अनुसार ‘हेरालो भत्ता’ कार्यक्रम उच्च हिमाली जिल्ला डोल्पा, हुम्ला, मुगु र जुम्लामा लागू भएको थियो ।

उनले भने, “प्रदेश सरकारले खासगरी भेडा च्याङ्ग्रापालक किसानलाई प्रतिमहिना रु एक हजार पाँच सयका दरले वार्षिक रु १८ हजार रकम उपलब्ध गराएको छ । पचासभन्दा माथि भेडा–च्याङ्ग्रा पालेका कृषकलाई प्रोत्साहनस्वरुप प्रदेश सरकारले ‘हेरालो भत्ता’ दिएको हो ।” कार्यक्रम यो आर्थिक वर्षमा समेत निरन्तर रहेको बताउँदै निर्देशक पङ्गेनीले अहिले केही जिल्लामा ‘हेरालो भत्ता’का साथै औषधि र बन्दोबस्तीका सामान पनि उलब्ध गराउने सुविधा थपिएको जानकारी दिए ।

निर्देशनालयले जुम्लाका दुई सय २५ कृषकलाई रु ३३ लाख वितरण गरेको छ । त्यस्तै हुम्लाका एक सय नौ कृषकलाई रु १५ लाख ६९ हजार, मुगुका ५३ कृषकलाई रु १० लाख ५० हजार र डोल्पाका ५३ कृषकलाई रु नौ लाख ५४ हजार रकम प्रदान गरेको छ । प्रदेश सरकारले कृषि क्षेत्रमा युवा जनशक्तिको आकर्षण बढाउन र कृषकको जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यसहित उक्त कार्यक्रम ल्याएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जोडघटाउ नमिल्दा नेकपाको एकता प्रक्रिया लम्बिंदै
जोडघटाउ नमिल्दा नेकपाको एकता प्रक्रिया लम्बिंदै
बगर खेतीबाट आत्मनिर्भर बन्दै किसान
बगर खेतीबाट आत्मनिर्भर बन्दै किसान
प्रधानमन्त्रीलाई नयाँ जीवन दिने समिक्षा नर्सलाई हात हल्लाउँदै डिस्चार्ज भईन्
प्रधानमन्त्रीलाई नयाँ जीवन दिने समिक्षा नर्सलाई हात हल्लाउँदै डिस्चार्ज भईन्
प्रधानमन्त्रीबाट ओलीलाई हटाउने षड्यन्त्र भएकै हो त ?
प्रधानमन्त्रीबाट ओलीलाई हटाउने षड्यन्त्र भएकै हो त ?
नेकपा एमालेको भागमा १५ मन्त्री, योगेशदेखि पद्मा अर्यालसम्मको नाम ! (यस्तो छ सूचीमा)
‘जातीय भेदभाव अन्त्य गर्न नेपाल प्रतिबद्ध छ’
‘जातीय भेदभाव अन्त्य गर्न नेपाल प्रतिबद्ध छ’
उमा र प्रकाश को माया कसैले पनि छुटाउन नसक्ने उमा को यस्तो दाबी {भिडियो सहित }
उमा र प्रकाश को माया कसैले पनि छुटाउन नसक्ने उमा को यस्तो दाबी {भिडियो सहित }
फागुनदेखि नारायणीमा सरर पानी जहाज : अनलाइन बुकिङ खुला हुँदै
फागुनदेखि नारायणीमा सरर पानी जहाज : अनलाइन बुकिङ खुला हुँदै
६ दर्जन हलबाट सुरक्षाको जुलेवी रिलिज
६ दर्जन हलबाट सुरक्षाको जुलेवी रिलिज
१९औँ एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन
१९औँ एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन