प्राधिकरणको बजेट र नीति तथा कार्यक्रम पारित

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २८, २०७४
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, २८ असार ।
  • राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक वर्ष २०७४÷७५ को बजेट, नीति तथा कार्यक्रम पारित भएको छ ।
  • प्राधिकरण निर्देशक समितिको आजको बैठकले भूकम्पले भत्किएका संरचना पुनःनिर्माणका लागि रु एक खर्ब ४५ अर्बको बजेट र कार्ययोजना पारित गरेको हो ।

काठमाडौँ, २८ असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक वर्ष २०७४÷७५ को बजेट, नीति तथा कार्यक्रम पारित भएको छ ।

प्राधिकरण निर्देशक समितिको आजको बैठकले भूकम्पले भत्किएका संरचना पुनःनिर्माणका लागि रु एक खर्ब ४५ अर्बको बजेट र कार्ययोजना पारित गरेको हो । समितिका अध्यक्ष एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले पुनःनिर्माणमा हालसम्म भएका कामको समीक्षा पनि ग¥यो ।

बैठकमा सहभागी समिति उपाध्यक्ष एवम् नेकपा (एमाले) का नेता भीम रावलले प्राधिकरणको कार्यप्रगति सुस्त रहेको आरोप लगाउनुभयो । “अहिलेसम्म साढे दुई हजार घर पनि नबनेको देखियो, कर्मचारीका सम्बन्धमा पुरानै समस्या पुनरावृत्ति भयो, प्राधिकरणको काम छिटो छरितो होस् भनी निर्देशन दिइएको छ”–उहाँले भन्नुभयो ।

निर्माणाधीन घरको सङख्या एक लाख १० हजार रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले जानकारी दिनुभयो । “म आउनुअघि एक हजार घर पनि बनेका थिएनन्, अहिले ४० हजार घर निर्माण भएको छ, ५० हजार विद्यालय पुनःनिर्माणको क्रममा छन्”–उहाँले भन्नुभयो ।

उहाँले आफू आउनुअघि बन्दै नबनेका घर बन्यो भनी प्राधिकरणकै वेभसाइटको तथ्याङ्कले देखाएको पनि बताउनुभयो ।
प्राधिकरण ऐनअनुसार पुनःनिर्माणका लागि छुट्याइएको बजेट निर्देशक समितिले पारित गर्नुपर्छ । ३१ जिल्ला हेर्ने गरी बनेको सङ्घठन संरचना पनि आजको बैठकले पारित गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो ।

(boxmining.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चोरी आरोपमा कुटिएका सैनिकको मृत्यु, गाउँमा भागाभाग
चोरी आरोपमा कुटिएका सैनिकको मृत्यु, गाउँमा भागाभाग
प्रहरी महानिरीक्षक प्रकाश अर्यालबाट बडादशैंको टीका प्रदान ःफोटो फिचर
प्रहरी महानिरीक्षक प्रकाश अर्यालबाट बडादशैंको टीका प्रदान ःफोटो फिचर
सडक बनेको एक सातामै बिग्रिएपछि त्यसको कारण पत्ता लगाई पुनर्निर्माण गरिने
सडक बनेको एक सातामै बिग्रिएपछि त्यसको कारण पत्ता लगाई पुनर्निर्माण गरिने
एमडीएमएसका लागि त्रिविले तोक्यो नयाँ शुल्क, अब २२ लाखमा पढाइ हुने
एमडीएमएसका लागि त्रिविले तोक्यो नयाँ शुल्क, अब २२ लाखमा पढाइ हुने
नेकपा महासचिव विष्णु पौडेलमाथि सुनियोजित हमला भयो भन्दै रुपन्देहीका स्थानीय आक्रोशित
नेकपा महासचिव विष्णु पौडेलमाथि सुनियोजित हमला भयो भन्दै रुपन्देहीका स्थानीय आक्रोशित
यसै आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत निर्यात गरिन्छः प्रधानमन्त्री दाहाल
यसै आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत निर्यात गरिन्छः प्रधानमन्त्री दाहाल
प्रजातन्त्र दिवस मनाउन स्थानीय तहलाई पत्राचार
प्रजातन्त्र दिवस मनाउन स्थानीय तहलाई पत्राचार
चार वर्षपछि कोरला नाका खुल्यो
चार वर्षपछि कोरला नाका खुल्यो
सर्वोच्चका ८ जना न्यायाधीशले विदा बस्ने निर्णय गरे
सर्वोच्चका ८ जना न्यायाधीशले विदा बस्ने निर्णय गरे
मन्त्री आलेको अश्लिल अडियो भाइरल
मन्त्री आलेको अश्लिल अडियो भाइरल

तपाईंले छुटाउनुभयो कि?