भागवत सप्ताहमा कथा वाचनका लागि आएका आचार्यमाथि गोली प्रहार

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २५, २०७४
|
|
३१ पटक हेरिएको
Shares
भागवत सप्ताहमा कथा वाचनका लागि आएका आचार्यमाथि गोली प्रहार

सारांश

  • काठमाडौं २५, चैत विराटनगर महानगरपालिका १४ मा रहेको जतुवामा गोली चल्दा एक जना घाइते भएका छन्।
  • विराटनगर रामजानकी मन्दिरमा आज आइतबारदेखि शरु हुनलागेको श्रीमद भागवत सप्ताहमा कथा वाचनका लागि सुनसरीको चरकघर्तीबाट आएका श्रीनिवास आचार्य माथि गोली प्रहार भएको हो।
  • प्रहरीका अनुसार आचार्य आज बिहान २ बजेतिर शौचालय जाँदा आचार्य माथि गोली हानिएको थियो ।

काठमाडौं २५, चैत विराटनगर महानगरपालिका १४ मा रहेको जतुवामा गोली चल्दा एक जना घाइते भएका छन्। विराटनगर रामजानकी मन्दिरमा आज आइतबारदेखि शरु हुनलागेको श्रीमद भागवत सप्ताहमा कथा वाचनका लागि सुनसरीको चरकघर्तीबाट आएका श्रीनिवास आचार्य माथि गोली प्रहार भएको हो।

प्रहरीका अनुसार आचार्य आज बिहान २ बजेतिर शौचालय जाँदा आचार्य माथि गोली हानिएको थियो । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

आचार्यको बायाँ कुममा गोली लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी बिष्णहरि कोइरालाले बताए। घाइते आचार्यको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।गोली कसले किन हानेको भन्ने बारे खुलेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?