फड्के बगाउँदा स्थानीयलाई यात्रा गर्न समस्या , भीरमा झुन्डिएर यात्रा

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ८, २०७४
|
|
५५ पटक हेरिएको
Shares
फड्के बगाउँदा स्थानीयलाई यात्रा गर्न समस्या , भीरमा झुन्डिएर यात्रा

सारांश

  • गोरखा : अविरल वर्षापछि धार्चे ३ को उहिया गाउँ र दुङ्ला गाउँ जोड्ने गुङ्गङ् खोलामाथिको फड्के बगाउँदा स्थानीयलाई यात्रा गर्न समस्या परेको छ ।
  • उक्त पुल हुँदै दैनिक आवतजावत गर्ने सयौं यात्रु समस्यामा परेको वडाध्यक्ष इन्द्रप्रसाद गुरुङले जानकारी दिनुभयो ।
  • ‘असार १५ गते पुल भत्किएको हो’, गुरुङले भन्नुभयो, ‘अहिले भीरमा झुन्डिएर हिँड्नुपरेको छ ।

गोरखा : अविरल वर्षापछि धार्चे ३ को उहिया गाउँ र दुङ्ला गाउँ जोड्ने गुङ्गङ् खोलामाथिको फड्के बगाउँदा स्थानीयलाई यात्रा गर्न समस्या परेको छ । उक्त पुल हुँदै दैनिक आवतजावत गर्ने सयौं यात्रु समस्यामा परेको वडाध्यक्ष इन्द्रप्रसाद गुरुङले जानकारी दिनुभयो ।

‘असार १५ गते पुल भत्किएको हो’, गुरुङले भन्नुभयो, ‘अहिले भीरमा झुन्डिएर हिँड्नुपरेको छ ।’दुङ्लाबाट कक्षा ६, ७ र ८ पढ्न उहिया जाने विद्यार्थी र उहियाबाट नौ र १० पढ्न सिर्दिबास जाने विद्यार्थी पनि समस्यामा परेको स्थानीयले जानकारी दिए ।’अब १५ साउनदेखि स्कुल खुल्छ । विद्यार्थी पढ्न हिँड्नुपर्छ’, वडाध्यक्ष गुरुङले भन्नुभयो, ‘कसरी हिँड्ने थाहा छैन ।’

लाप्राक, सिङ्ला, खोर्ला, उहियाका बासिन्दा जगत जान पनि उक्त फड्केको प्रयोग गर्छन् । ‘सक्नेहरू त भीरमा घाँस, लहरा, रूखको ठुटामा झुन्डिएर यात्रा गर्छन् । तर, नसक्नेहरू हिँड्न पाएनन्’, अर्का स्थानीय सबिन सुनारले भन्नुभयो, ‘खै अब कसरी बनाउने हो, कसले बनाउने हो, थाहा छैन ।’ फड्के मर्मतका लागि गाउँपालिकामा निवेदन दिएको उहाँले बताउनुभयो ।
बाढीले पानीघट्ट पनि बगाएको छ ।

पुल मर्मतका लागि जिल्ला समन्वय समितिमा अनुरोध गर्दा सहयोग नगर्ने जवाफ पाउँदा निरास बनाएको वडाध्यक्ष गुरुङको भनाइ छ ।’जिल्ला दैवीप्रकोप उद्धार समितिमा अनुरोध गर्दा अहिले त्यस्तो निर्णय हुन नसक्ने जवाफ आएको छ’, गुरुङले भन्नुभयो ।’गुरुवाङखोला पुल पनि हामी आफैंले ९० हजार रुपैयाँ खर्चमा मर्मत गरेका हौं । त्यो पैसा जिल्लासँग मागौंला भन्ने लागेको थियो दिन मिल्दैन भने’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बच्चाको हातमा खाजा :आमाको हातमा पैसा
बच्चाको हातमा खाजा :आमाको हातमा पैसा
सिंहदरबार पुग्यो सातै प्रदेशमा, सकियो पहिलो वैठक
सिंहदरबार पुग्यो सातै प्रदेशमा, सकियो पहिलो वैठक
मिडिया विधेयकमा ओली र देउवाबीच सहमति !
मिडिया विधेयकमा ओली र देउवाबीच सहमति !
बर्दियाका ४ तहमा मतगणना सुरू, सबैमा आमोवादीको अग्रता
बर्दियाका ४ तहमा मतगणना सुरू, सबैमा आमोवादीको अग्रता
दैलेखका कार्यालय प्रमुखसहित ४ जना अख्तियारको नियन्त्रणमा
दैलेखका कार्यालय प्रमुखसहित ४ जना अख्तियारको नियन्त्रणमा
माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस
माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस
कुमार पौडेल मृत्यु प्रकरणमा एक हप्ताभित्र प्रतिवेदन बुझाउन गृहमन्त्रीलाई निर्देशन
वहुप्रतिक्षित राष्ट्रिय चिकित्सा विधेयकमाथिको संशोधनमा बुधबारदेखि छलफल !
वहुप्रतिक्षित राष्ट्रिय चिकित्सा विधेयकमाथिको संशोधनमा बुधबारदेखि छलफल !
होसियार ‘मिस्ड कल’मा ‘कल ब्याक’ गर्दा तपाईंको मोबाइलको गोप्य सूचना चोरिन्छ
होसियार ‘मिस्ड कल’मा ‘कल ब्याक’ गर्दा तपाईंको मोबाइलको गोप्य सूचना चोरिन्छ
साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह सम्पन्न
साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह सम्पन्न