दैलेखका कार्यालय प्रमुखसहित ४ जना अख्तियारको नियन्त्रणमा
सारांश
- काठमाडौ, १७ असार ।
- दैलेखका निमित्त कार्यालय प्रमुख टोपेन्द्र सुन्दर मल्लसहित ४ जनालाई अख्तियारले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
- खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) मल्ल र सव–इन्जिनियर विरेन्द्र चन्दले सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो ।
काठमाडौ, १७ असार । दैलेखका निमित्त कार्यालय प्रमुख टोपेन्द्र सुन्दर मल्लसहित ४ जनालाई अख्तियारले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) मल्ल र सव–इन्जिनियर विरेन्द्र चन्दले सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो ।
उनीहरुलाई अख्तियारले कार्यास्थलबाट नियन्त्रणमा लिई घर खानतलासी गर्दा मल्लको आवासबाट २ लाख ४२ हजार १६ रुपैयाँ बरामद भएकोले अनुसन्धानको सिलसिलामा सव–इन्जजिनियर रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डे सहित चारैजनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया