फेसबुकमा गलत सूचना लेख्ने माओवादी सांसदलाई स्पष्टिकरण !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २६, २०७४
|
|
२४१६ पटक हेरिएको
Shares
फेसबुकमा गलत सूचना लेख्ने माओवादी सांसदलाई स्पष्टिकरण !

सारांश

  • वैशाख २५, २०७४- निर्वाचन आयोगले फेसबुकमा गलत सूचना लेख्ने माओवादी केन्द्रकी सांसद सिता नेपालीलाई स्पष्टिकरण सोधेको छ ।
  • उनी माओवादी केन्द्रकी सचेतक हुन् ।
  • नेपालीले आयोगका प्रवक्ताको भनाइ भन्दै आफ्नो फेसबुकको स्टाटसमा गलत तथ्यांक राखेको भन्दै आयोगले स्पष्टिकरण सोधेको हो ।

वैशाख २५, २०७४- निर्वाचन आयोगले फेसबुकमा गलत सूचना लेख्ने माओवादी केन्द्रकी सांसद सिता नेपालीलाई स्पष्टिकरण सोधेको छ । उनी माओवादी केन्द्रकी सचेतक हुन् ।

नेपालीले आयोगका प्रवक्ताको भनाइ भन्दै आफ्नो फेसबुकको स्टाटसमा गलत तथ्यांक राखेको भन्दै आयोगले स्पष्टिकरण सोधेको हो । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्ने विषयमा हदैसम्मको कारवाही किन नगर्ने भनी २४ घण्टाभित्र आधार प्रमाणसहित स्पष्ट विवरण पेश गर्न निर्देशन दिएको आयोगले जनाएको छ ।

नेपालीले निर्वाचन आयोगका प्रवक्ताको हवलाला दिंदै माओवादी केन्द्र–१४५, कांग्रेस–१३५, एमाले–२५, राप्रपा–२, नयाँ शक्ति–१ भनी फेसबुकमा गलत तथ्यांक राखेकी थिइन् ।

यसैबीच निर्वाचन आयोगले धादिङ जिल्लाको थाक्रे गाउँपालिकाका एमालेका अध्यक्षका उम्मेदवार रामकुमार आचार्य र उपाध्यक्षका उम्मेदवारसमेतलाई निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ ।

उनीहरुले वैशाख २५ गतेका दिन तीन ट्रक प्रचारक सहितको स्कारपियो गाडी, ब्यानर एवं दल र निर्वाचन चिन्ह सहितको टि–सर्ट सहित निर्वाचन आचार संहिताविपरीत मोटर साइकल र्‍याली निकालेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य शिविरबाट पाँचसयभन्दा बढीलाई उपचार
स्वास्थ्य शिविरबाट पाँचसयभन्दा बढीलाई उपचार
बेला न कुबेला गिट्टी बरर्रः याे कस्ताे तमाशा हाे ? चैतमै सक्नुपर्ने काम बल्ल सुरु !
बेला न कुबेला गिट्टी बरर्रः याे कस्ताे तमाशा हाे ? चैतमै सक्नुपर्ने काम बल्ल सुरु !
कोरोना कहर : उहान अस्पतालका निर्देशकको मृत्यु
कोरोना कहर : उहान अस्पतालका निर्देशकको मृत्यु
फेसबुकका पाँच करोड ‘अकाउन्ट’मा ह्याकर आक्रमण
फेसबुकका पाँच करोड ‘अकाउन्ट’मा ह्याकर आक्रमण
एनसेलको बक्यौता रु . ७५ अर्ब,  के गर्ला एनसेलले ?
एनसेलको बक्यौता रु . ७५ अर्ब, के गर्ला एनसेलले ?
प्रधानमन्त्रीले गरे बाढी प्रभावितको आकाशबाटै निरीक्षण
प्रधानमन्त्रीले गरे बाढी प्रभावितको आकाशबाटै निरीक्षण
सुखि र समृद्ध जनता भन्ने मेरो थिम ,काभ्रे प्रदेशसभा २ क’- लक्ष्मण लम्साल
सुखि र समृद्ध जनता भन्ने मेरो थिम ,काभ्रे प्रदेशसभा २ क’- लक्ष्मण लम्साल
पर्यटन प्रवद्र्धन गरिँदै
पर्यटन प्रवद्र्धन गरिँदै
विगतका घाउका टाटाहरुलाई भारतले मलम पट्टी लगाउने काम गरेको छ : पण्डित
विगतका घाउका टाटाहरुलाई भारतले मलम पट्टी लगाउने काम गरेको छ : पण्डित
यो सरकारले एसपिपी सम्झौता गर्दैन, ओली सरकारका पालामा कार्यान्वयन गर्ने काम भयो :  प्रचण्ड
यो सरकारले एसपिपी सम्झौता गर्दैन, ओली सरकारका पालामा कार्यान्वयन गर्ने काम भयो : प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?