बर्षेनी अर्बोका महंगा गाडी किन्ने र अलिकतिमात्रै समस्या देखिएपनि यिनलाई मिल्काउने हावी, देश झनै गरिबितिर धकेलिदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ६, २०७४
|
|
२८ पटक हेरिएको
Shares
बर्षेनी अर्बोका महंगा गाडी किन्ने र अलिकतिमात्रै समस्या देखिएपनि यिनलाई मिल्काउने हावी, देश झनै गरिबितिर धकेलिदै

सारांश

  • पछिल्लो समय हरेक हप्ता सरकारी कर्मचारी र नेताहरुले राज्यकोषको दुरुपयोग गरेर महंगा सवारी किन्न थालेको चर्चा चुलिदै गएका छन ।
  • राष्ट्रपति बिद्या भण्डारीले १६ करोडको गाडी माग गर्दा होस वा निर्वाचन आयुक्तले १४ करोडको गाडी किन्ने प्रक्रियामा जाँदा ।
  • जनताले खबरदारी त गरे तर उनको आवाज सुनिने संकेत भप्रवृति ने छैन ।

पछिल्लो समय हरेक हप्ता सरकारी कर्मचारी र नेताहरुले राज्यकोषको दुरुपयोग गरेर महंगा सवारी किन्न थालेको चर्चा चुलिदै गएका छन । राष्ट्रपति बिद्या भण्डारीले १६ करोडको गाडी माग गर्दा होस वा निर्वाचन आयुक्तले १४ करोडको गाडी किन्ने प्रक्रियामा जाँदा । जनताले खबरदारी त गरे तर उनको आवाज सुनिने संकेत भप्रवृति ने छैन । बरु बर्षेनी अर्बोका महंगा गाडी किन्ने र अलिकतिमात्रै समस्या देखिएपनि यिनलाई मिल्काउने हावी बनेको शिहदरबारमा । भएका साधन स्रोतलाई उचित स्याहार गरी प्रयोग गर्नु पर्नेमा देशको आर्थिक स्थिति कमजोर बन्दै गएको छ । राज्यकोषको चरम दूरुपयोग गर्ने बानी यहाँका प्रशासन यन्त्रबाट नहट्दा देश झनै गरिबितिर धकेलिइरहेको छ ।

नेपालमात्रै हो जहाँ जनताले तिरेको राजस्वमा बुर्कुसी मार्ने कर्मचारी तन्त्रको उदेक लाग्दो रवाफ बिरुद्ध समाजिक सञ्जालमा जनताको आक्रोश त पोखिन्छ तर टालटुले प्रवृति हेरेर मन बुझाउन बाध्य छन नेपाली । मुलुकको नीति नियम कार्यान्वयन गराउने सिंहदरबारभित्रको विकृति उल्लेख गर्न समेत लाजमर्दौ छ ।
दुरदराजमा झोलुङगे पुलको अभावमा दुरुदराजमा तुईनमा प्राण धनिएको छ जनताको तर सिंहदरबारभित्र करोडौँका सामाग्रीहरु लथालिङ्ग छन ।

सिंहदरबार भित्रका करोडौ रुपैयाँ पर्ने गाडीको कुरा गर्ने हो भने दर्दनाक स्थिती छ । साधारण मर्मत गरेर चल्ने गाडीलाई ग्यारेजमा थन्काएर नयाँ नयाँ मोडलका गाडी मगाउने मन्त्रालयलाई अनुगमन गर्ने र ति अलपत्र वेवारीस पारिएका गाडीका विषयमा छानविन गर्ने निकाय चिर निन्द्रामा बस्ने र बहिरो भएका कारण यस्तो विकृति आएको हो ।

केही समययता राष्ट्रपतिदेखि निर्वाचन आयोगका आयुक्तहरुलाई नयाँ गाडी खरिद गर्ने प्रसंगले निकै चर्चा कमाएको छ । उता सिंहदरबारमा त्यस्ता करोडौंका गाडी कवाडी बनिरहेका छन् ।

त्यसो त सिंहदरबारमा नयाँ सचिव आउँदा होस् वा नयाँ मन्त्री आउँदा, नयाँ विभाग थपिँदा वा अन्य कुनै नयाँ प्रोजेक्ट आउँदा । या नयाँ वर्ष आउँदा या दशैँ वा अरु कुनै चाड पर्व आउँदा नयाँ गाडी थपिन्छन् । नयाँ गाडी थपिँदा पुराना गाडीलाई लिलामी बेच्ने वा यसलाई प्रयोग गर्ने गरिँदैन । ती पुराना गाडीहरु कवाडी बनुन्जेल मन्त्रालय परिसरमै थन्किन्छन् ।

पछिल्लो समयमा पाट पुर्जा निकालिएका गाडीहरु थन्काएर कुरुप पारिएका विषयमा सञ्चार जगतको आँखा पर्न थालेपछि यत्रतत्र छरिएका गाडीलाई लुकाउन थालिएको छ । सबैभन्दा बढी मर्मत नगरी वेवारीसे बनाइएका गाडी गृहमन्त्रालयमा रहेका छन् ।

गृहमा भएका गाडीलाई सदुपयोग गर्न आफ्नै मातहतको प्रहरीलाई दिने हो भने सुरक्षा गस्तीका लागि अत्यन्तै सुविधा हुने एक प्रहरी अधिकृतले बताए । सिंहदरबारस्थित मन्त्रलयमा कार्यरत एक कर्मचारी यसबारे दुखेसो पोख्दै सिंहदरबारभित्र थन्काइएका गाडीलाई आफूले सदुपयोग नगरे पनि लिलाम विक्री गर्ने हो भने अर्ब भन्दा बढी रकम प्राप्त हुने बताउछन ।

यही रकमलाई सदुपायोग गरी झोलुङ्गे पुल बनाउने हो भने तुइनमा यात्रा गर्ने बच्चाले पुलबाट हिडेर पढ्न जान पाउछन् । संसद सचिवालयको पार्किङ्गमा राखिएका बा १ झ ८५०१, बा १ झ ३८८२, बा १ झ ८५०९, बा १ झ ४४२८, बा १ झ ६०२४का गाडीहरु मध्ये धेरै गाडी न्युन खर्चबाट मर्मत गर्न सकिने अवस्थामा छन् । तर, दुर्भाग्य कति धुलो मैलोले कुरुप भएका छन् भने कतिको टायरको हावा खुस्किएको छ । वेवारीसे रुपमा थन्काइएका छन् ।

उद्योग मन्त्रालयको क्यान्टीनको साइडमा थन्काएर राखिएका तीन गाडी मध्ये बा १ झ ४०६७ नम्बरको गाडी फोहोरको पोखरी जस्तैमा थन्काइएको छ । अर्को पहेलो प्लेटको बा १ ञ ९४९ नम्बरको गाडीको हालत पनि त्यस्तै छ । मन्त्रालयका एक नाम नबताउने कर्मचारीका अनुसार स्टोर इन्चार्ज र ड्राइभरको मिलेमतोमा गाडी मर्मत गरेझैँ गर्ने तर त्यसका महंगा पार्टपुर्जा गायव पार्ने काम प्राय मन्त्रालयमा हुने गरेको छ ।

मन्त्रालय अगाडि राखिएको बा १ झ ६५८६ नम्बरको गाडी हेर्दा न्यून खर्चले बन्ने जस्तो देखिन्छ । तर यो गाडीको टायरको हावा खुस्केको कति भयो त्यतिसम्म हेर्न भ्याइएको छैन ।

पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको साइडमा रहेको बा १ झ ३६०७ को गाडीको पनि पछाडीको टायर नै छैन । कहिले देखि वेवारीसे बनाएर राखिएको हो त्यो बारे कसैले बताउन नचाहे पनि गाडी हेर्दा लामो समयदेखि थन्काएको जस्तो देखिन्छ ।

अहिले पनि नीजि क्षेत्रले ती गाडीहरु पाए चिटिक्क पारेर चलाउन सक्ने अवस्था छन् । त्यही मन्त्रालयका साइडमा रहेका बा १ झ ७१६२ र बा १ झ ५९४५ नम्बरको गाडीको दुर्दशा पनि उस्तै अवस्थाका छन् ।

शहरी तथा गरीवी निवारण मन्त्रालय छिर्ने बाटोमा रहेको टहरामो ६०–०–१६५ नम्बरको गाडी साधारण मर्मत गरे चल्न सक्ने जस्तो देखिन्छ । तर बाहिरबाट हेर्दा धुलो र मैलोले गर्दा त्यो गाडी पनि कुरुप जस्तै देखिन्छ ।

त्यही टहराको अगाडि राखिएको बा १ झ ५११६ नम्बरको गाडी कुनै मोटर ग्यारेजमा राखे जस्तै गरी राखिएको छ । गाडीको सबै ढोका खुल्लै छन् । भित्रका पार्टपुर्जा निकालिए जस्तै देखिन्छ ।

भन्सार कार्यालयदेखि अन्य कार्यालयमा जसरी गाडीको इन्जिन तथा महत्वपुर्ण पाटपुर्जा निकालेर लिलाम गर्नुभन्दा पहिले नै आफ्नो सेटिङमा रहेको दलाललाई दिने प्रचलन छ । त्यसैगरी पछि कमिसन खाएर सोही दलालाई गाडीको ख्रोक्रो भागमात्रै कम मूल्यमा लिलाम गरिन्छ त्यस्तै गर्न खोजिएको त होइन् ? प्रश्न चिन्ह खडा भएको छ । यसको लेखाजोखा गर्ने निकाय नभएर मन्त्रालयका स्टोर इन्चार्जहरु मोटाउने र हाकिमहरु एकपछि अर्का नयाँ गाडी चढ्ने गरेका हुन् ।
अन्नपूर्ण टिभी बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अफ्रिकी मुलुकमा बेचिन लागेका १३ नेपाली चेलीको यसरी गरियो उद्धार
अफ्रिकी मुलुकमा बेचिन लागेका १३ नेपाली चेलीको यसरी गरियो उद्धार
महत लक्षित बम विष्फोटको कांग्रेसद्वारा निन्दा
महत लक्षित बम विष्फोटको कांग्रेसद्वारा निन्दा
प्रधानमन्त्री ओलीको विप्लवलाई प्रश्न, मजाक अलि बढ्ता भयो, चन्दा उठाउन क्रान्तिका गफ दिने ?
प्रधानमन्त्री ओलीको विप्लवलाई प्रश्न, मजाक अलि बढ्ता भयो, चन्दा उठाउन क्रान्तिका गफ दिने ?
यती एयरलाइन्सद्वारा नयाँ विमान थप
यती एयरलाइन्सद्वारा नयाँ विमान थप
‘बिजुली चमक्क’मा अञ्जलीले देखाइन् हट जवानी
‘बिजुली चमक्क’मा अञ्जलीले देखाइन् हट जवानी
उपत्यकामा एकैदिन एक सय ६ जना संक्रमित थपिए, तीनै जिल्लामा आंशिक लकडाउनको घोषणा
उपत्यकामा एकैदिन एक सय ६ जना संक्रमित थपिए, तीनै जिल्लामा आंशिक लकडाउनको घोषणा
प्रकाशको निधनपछि दुई घेरामा यसरी चल्दैछ प्रचण्डको सचिवालय
प्रकाशको निधनपछि दुई घेरामा यसरी चल्दैछ प्रचण्डको सचिवालय
पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
चीनको विकासबाट नेपालले पाठ सिक्नुपर्छ : सञ्चारमन्त्री बस्नेत
चीनको विकासबाट नेपालले पाठ सिक्नुपर्छ : सञ्चारमन्त्री बस्नेत

तपाईंले छुटाउनुभयो कि?