बाजुरा, बर्दिया, मोरङ को ताजा पारीणाम

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
४२ पटक हेरिएको
Shares
बाजुरा, बर्दिया, मोरङ को ताजा पारीणाम

सारांश

  • बाजुराको पाण्डवगुफा गाउँपालिकाः अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी  बाजुराको पाण्डवगुफा गाउँपालिकाको अध्यक्षमा एमालेका कालीबहादुर शाही र उपाध्यक्षमा पनि एमालेकै ऐना गिरी विजयी हुनु भएको छ ।
  • अध्यक्षमा विजयी हुनु भएका शाहीले १४५१ मत ल्याउनु भएको छ ।
  • उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुन्दर विष्टले ९८९ मत ल्याउनुभयो ।
बाजुराको पाण्डवगुफा गाउँपालिकाः अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

 बाजुराको पाण्डवगुफा गाउँपालिकाको अध्यक्षमा एमालेका कालीबहादुर शाही र उपाध्यक्षमा पनि एमालेकै ऐना गिरी विजयी हुनु भएको छ ।

अध्यक्षमा विजयी हुनु भएका शाहीले १४५१ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुन्दर विष्टले ९८९ मत ल्याउनुभयो ।

उपाध्यक्षमा विजयी ऐनाले १४९० मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका तारा रोकायाले ९८७ मत ल्याउनुभयो । गाउँपालिकाको अन्य सदस्यमा भने कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार पनि विजयी भएका छन् ।

एमालेले अहिलेसम्म दुई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जित हाँसिल गरेको छ ।

बर्दियाको ठाकुरबाबा नगरपालिकामा एमाले अगाडि

बर्दियाको ठाकुरबाबा नगरपालिकामा एमाले अगाडि छ । पछिल्लो मत परिणाम अनुसार एमालेका मेयरका उम्मेदवार घननाराणण श्रेष्ठले १७ सय २६ र उपमेयर बिना भट्टराईले १६ सय ७७ मत ल्याउनुभएको छ ।

त्यस्तै माओवादी केन्द्रका मेयर नेत्रराज आचार्य १५ सय ५५ र उपमेयरमा कृष्णा कुष्मा थारु १६ सय २९ मत ल्याउनुभएको छ । कांग्रेसका मक्कुराम थारुले ९ सय ३८ र उपमेयरमा कांग्रेसकै लिला भाटले १ हजार ८ मत प्राप्त गर्नुभएको छ ।

विराटनगरको मतगणना सुस्त, यहि गति रहे अन्तिम परिणाम आउन तीन महिना लाग्ने !

प्रदेश नम्बर १ को एक मात्र महानगरपालिका विराटनगरमा मतगणना निकै सुस्त भएको छ । बुधबार बेलुका ४ बजेर २५ मिनेटदेखि मतगणना सुरु  भएको यो महानगरपालिकमा अहिलेसम्म जम्मा ३५० मत मात्रै गनिएको छ ।

८० हजार ७ सय ४४ मत गन्न बाँकी नै छ । १२ घण्टामा मात्रै तीन सय ५० मत गनिएकाले यहि गति कायम रहने हो भने दिन रात गरेर मत गने पनि विराटनगरको मत परिणाम आउन ११५ दिन लाग्ने देखिएको छ । निर्वाचन आयोगले हप्ता दिनभित्र मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी भएको बताएको छ । तर विराटनगरको सुस्त गतिले त्यहाँको नजिता आउन तीन महिना भन्दा बढी लाग्ने देखिएको हो ।

पहिलो चरणको चुनावमा मत परिणाम आउन निकै ढिला भएको र दोस्रो चरणमा त्यसो नहुने बताए पनि निर्वाचन आयोगले त्यहि अनुसारको व्यवस्थापन गर्न सकेको छैन । मत गन्ने कर्मचारी कम र एक भोट गन्न नै धेरै बेर लाग्ने हुँदा यसपालिमा पनि गणना सुस्त भएको छ ।

विराटनगर महानगरपालिकामा अहिले कर्मचारीहरुले टी ब्रेक लिएका छन् । अबको एक डेढ घण्टा पछि मत गणना थालिने निर्वाचन अधिकृतले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट, विप्लवका कार्यकर्तासँग दोहोरो फायरिङ !
वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट, विप्लवका कार्यकर्तासँग दोहोरो फायरिङ !
जेठ ३ देखि मिस एसइइ दाङ हुने, विजेतालाई १२ कक्षासम्म अध्ययनको छात्रवृत्ति
जेठ ३ देखि मिस एसइइ दाङ हुने, विजेतालाई १२ कक्षासम्म अध्ययनको छात्रवृत्ति
आजदेखि पोखरामा नवौँ राष्ट्रिय खेलकुद
आजदेखि पोखरामा नवौँ राष्ट्रिय खेलकुद
सुरक्षित गर्भपतन गराउनेकाे संङ्ख्या बढ्दै
सुरक्षित गर्भपतन गराउनेकाे संङ्ख्या बढ्दै
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेट
हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर नगरे देउवासँग सम्बन्ध तोड्ने मल्लको चेतावनी (भिडियोसहित)
हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर नगरे देउवासँग सम्बन्ध तोड्ने मल्लको चेतावनी (भिडियोसहित)
दोस्रो विवाह गरेमा स्वतः बदर, दुवै जेल जानुपर्ने : नयाँ कानुन
दोस्रो विवाह गरेमा स्वतः बदर, दुवै जेल जानुपर्ने : नयाँ कानुन
Online submission of industrial details in place
Online submission of industrial details in place
टिप्परले फेरि हान्यो काभ्रेमा मोटरसाइकल, एकजनाको मृत्यु
टिप्परले फेरि हान्यो काभ्रेमा मोटरसाइकल, एकजनाको मृत्यु
श्यामकृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कार लक्ष्मण ढकाललाई
श्यामकृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कार लक्ष्मण ढकाललाई