बिएन्डसीमा अर्बुदको सफल शल्यक्रिया

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ६, २०७४
|
|
३० पटक हेरिएको
Shares
बिएन्डसीमा अर्बुदको सफल शल्यक्रिया

सारांश

  • सुरुङ्गा(झापा) ६ असार ।
  • बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा एक महिलाको जटिल प्रकारको अर्बुद रोगको सफल उपचार भएको अस्पतालले जिकिर गरेको छ ।
  • कनकाई नगरपालिका– ३ निवासी ३८ वर्षीया मनमाया श्रेष्ठको पित्तको नली, प्याङ्क्रियाज ग्रन्थी र ड््युडेनम नली जोडिने भागमा पलाएको मासुको सफल शल्यक्रिया भएको उपचारमा संलग्न चिकित्सक डा रोहित यादवले बताउनुभयो ।

सुरुङ्गा(झापा) ६ असार । बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा एक महिलाको जटिल प्रकारको अर्बुद रोगको सफल उपचार भएको अस्पतालले जिकिर गरेको छ ।

कनकाई नगरपालिका– ३ निवासी ३८ वर्षीया मनमाया श्रेष्ठको पित्तको नली, प्याङ्क्रियाज ग्रन्थी र ड््युडेनम नली जोडिने भागमा पलाएको मासुको सफल शल्यक्रिया भएको उपचारमा संलग्न चिकित्सक डा रोहित यादवले बताउनुभयो । शल्यक्रिया गर्न आठ घन्टा लागेको बताइएको छ ।

आठ घन्टा लामो शल्यक्रियापछि उहाँको सफल उपचार भएको बताइएको छ । श्रेष्ठको आठ दिनअघि सफल शल्यक्रिया भएको र अहिले उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको चिकित्सकले बताएका छन् ।

अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै उपचारमा संलग्न डा यादवले भन्नुभयो, “ग्यास्ट्रिकको समस्याले पेट दुखेको महसुस गरेर जँचाउन अस्पताल आएकी श्रेष्ठको पेटमा इन्डोस्कोपी गर्दा मासु पलाएको थाहा भयो । रोगको लक्षण अनुसार सिटी स्क्यान र एमआरआई गरी थप परीक्षण गर्दा क्यान्सर भएको पत्ता लाग्यो ।”,

चिकित्सकको सिङ्गो टोली र प्रविधिले सुसज्जित अपरेसन थिएटरको मद्दतमा बिएन्डसीमा पहिलो पटक सफलतापूर्वक शल्यक्रिया गरिएको पनि उहाँले बताउनुभयो । पछिल्लो समयमा बिएन्डसीले उपचार सेवामा प्राप्त गरेको लोकप्रियता र सफलतापछि श्रेष्ठको जटिल प्रकृतिको सफल शल्यक्रिया गरिएको अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले जिकिर गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्लाकै पहिलो ‘पूर्ण संस्थागत सुत्केरीयुक्त वडा’ घोषणा
जिल्लाकै पहिलो ‘पूर्ण संस्थागत सुत्केरीयुक्त वडा’ घोषणा
भीम रावलले नयाँ पार्टी घोषणा गर्ने पक्का, राजनीतिक भेटवार्तालाई दिए तीब्रता
भीम रावलले नयाँ पार्टी घोषणा गर्ने पक्का, राजनीतिक भेटवार्तालाई दिए तीब्रता
अनिल परियारको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगियो
अनिल परियारको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगियो
पति वियोगको पीडामा विनालाई जितको खुसी, दोब्बर मतान्तरले विजयी !
पति वियोगको पीडामा विनालाई जितको खुसी, दोब्बर मतान्तरले विजयी !
पाथीभरा देवीको दर्शन गर्न पैदलयात्रा शुरु….
पाथीभरा देवीको दर्शन गर्न पैदलयात्रा शुरु….
बालकाेटमा राई,लामिछाने र लिङ्देन
बालकाेटमा राई,लामिछाने र लिङ्देन
चन्द्रागिरिमा संसदीय प्रक्रिया र अनुभव आदानप्रदान
चन्द्रागिरिमा संसदीय प्रक्रिया र अनुभव आदानप्रदान
पेट्रोलियम पदार्थको मूल्य नघटदा उपभोक्ता मारमा
पेट्रोलियम पदार्थको मूल्य नघटदा उपभोक्ता मारमा
राजन गुरुङको ‘उही खोलीमा पानी’ झनै चर्चामा, पायो ४ विधामा अवार्ड
राजन गुरुङको ‘उही खोलीमा पानी’ झनै चर्चामा, पायो ४ विधामा अवार्ड
अब नेपालमा कुनैपनि क्षेत्रमा सिण्डिकेट रहँदैन, जसले गर्छ त्यसलाई जेल हाल्छौं : मन्त्री यादव
अब नेपालमा कुनैपनि क्षेत्रमा सिण्डिकेट रहँदैन, जसले गर्छ त्यसलाई जेल हाल्छौं : मन्त्री यादव

तपाईंले छुटाउनुभयो कि?