नेकपाले अभियान चलाएरै सरकारको प्रतिरक्षा गर्ने
सारांश
- काठमाडौं, ६ साउन ।
- नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार माथी चौतर्फी आक्रमण र विरोध हुन थालेपछि सरकारको प्रतिरक्षाका लागी नेकपाले अभियान चलाउने भएको छ ।
- केही दिन अगाडी प्रधानमन्त्री ओलीले पार्टी केन्द्र्रीय कार्यालयमै आफ्नै पार्टीले गरेको राम्रा कामको प्रचार नभएको र सरकारमाथी आक्रमण हुदा समेत कोही नवोलेको प्रति अष्तुष्टि जनाएका थिए ।
काठमाडौं, ६ साउन । नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार माथी चौतर्फी आक्रमण र विरोध हुन थालेपछि सरकारको प्रतिरक्षाका लागी नेकपाले अभियान चलाउने भएको छ ।
केही दिन अगाडी प्रधानमन्त्री ओलीले पार्टी केन्द्र्रीय कार्यालयमै आफ्नै पार्टीले गरेको राम्रा कामको प्रचार नभएको र सरकारमाथी आक्रमण हुदा समेत कोही नवोलेको प्रति अष्तुष्टि जनाएका थिए । त्यसको केही दिनमा नेकपाका महासचिव विष्णु पौडेल कमाण्ड सम्हाल्दैछ छन ।
पहिलो चरणमा पार्टी निकट डाक्टरहरुको नेतृत्वसँग भेटेर त्यसको प्रतिवाद कसरी गर्ने र गोविन्द केसीको मुद्दालाई कसरी कमजोर पार्ने रणनीतिमा छलफल हुदै छ । डाक्टरहरु सम्भव भएसम्म आजै प्रधानमन्त्रीसँग या प्रधानमन्त्रीको टाईम नमिलेमा नेकपाका महासचिव पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहित बसेर योजना बनाउने तयारी गरिएको छ । दृष्टि साप्ताहिकका अनुसार डाक्टरहरुसंको भेटपछि नेकपाको मुख्यालयमा एक बजे पार्टी निकटका केही पत्रकारहरु र यो अभियानमा लागेकाहरुसँग गोप्य छलफल गरी मिडियामा कसरी प्रस्तुत हुने र आफु निकटकालाई कसरी प्रयोग गर्ने भन्ने योजना नेतहरुले बनाउदै गरेको नेकपा श्रोतले जनाएको छ ।
सरकार पक्षमा पार्टीका नेताहरु खुलेर नलागेको आरोप लगाउदा लगाउदै प्रधानमन्त्री ओलीले वालुवाटारमा पनि आफु निकट र भेट्न आउनेहरुलाई झपार्ने गरेको बुझिएको छ । केपी ओलीको समुहमा हु भन्नेहरु समेत गोविन्द केसीको आन्दोलनका पक्ष वा विपक्षमा वहस गर्नु भन्दा पहिले भाग्ने गरेका छन् । ओली निकट मानिएका नेताहरुलाई डाक्टर केसीको आन्दोलनका बारेमा टेलिभिजनमा छलफल गर्नु परो भनेर वोलाउदा कार्यक्रम प्याक रहेको तथा आफु समय दिन नसक्ने र आफुलाई सन्चो नभएको बहाना वनउने गरेको गुनासो टेलिभिजन पत्रकारहरु गर्ने गरेको पत्रकार वृतमा चर्चा चल्न थालेको छ ।
JN Marasini
Good news yo kaalo kangresako kartut janataa samu chirnai parx ?
Shreejan Bhansakarya
राम्रो। बाघ को चाल मा।