बिर्सनै नसकिने कुराहरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १५, २०७३
|
|
५८२ पटक हेरिएको
Shares
बिर्सनै नसकिने कुराहरु

सारांश

  • बीबीसी : सपना नदेख्ने को होला र ?
  • हामीमध्ये धेरैको सपना हाम्रो आसपासको वातावरणसँग सम्बन्धित हुन्छ ।
  • उदाहरणका लागि हाम्रो काम, छर छिमेकको वातावरण र हाम्रो दैनिकी नै सपनाका विषयवस्तु हुन्छन् ।

बीबीसी : सपना नदेख्ने को होला र ? हामीमध्ये धेरैको सपना हाम्रो आसपासको वातावरणसँग सम्बन्धित हुन्छ । उदाहरणका लागि हाम्रो काम, छर छिमेकको वातावरण र हाम्रो दैनिकी नै सपनाका विषयवस्तु हुन्छन् ।

तर क्यालिफोर्निका बर्केले युनिभर्सिटीका द ग्रेजुएट युनियन अफ थियोलोजीका गेस्ट स्कोलर र ड्रिम इन्भेस्टिगेटर केली बुलकेलेलाई यस्तो सपनामा केही रुची छैन ।

उनलाई मानिसहरुले सधैं याद गरिरहने सपनाले आकर्षित गर्दछ । उनको यो आकर्षणले एउटा रोचक अध्ययन जन्माएको छ । उनले बीबीसीसँगको कुराकानीमा भने, ‘मैले ती सपनामा काम गरेको छु जुन दिमागमा सधैंका लागि रहन्छन् ।’

वास्तवमा यस्ता सपनाबारे अध्ययनका लागि बुलकेले आफ्नो युवावस्थामा नै सोच बनाएका थिए । युवावस्थामा विभिन्न प्रकारका सपना नियमित रुपमा देख्न थालेपछि उनले यसबारे अध्ययन गर्ने सोच बनाएको जानकारी दिए । फलस्वरुप, केही वर्षभित्रै उनले एक ग्लोबल डाटाबेस तयार गरे जुन मानिसहरुले धेरै देख्छन् र सदैव याद राख्छन् ।

त्यसपछि उनले यी आँकडामाथि अध्ययन सुरु गरे र त्यसलाई नै आधार बनाएर उनले ती चार सपना चयन गरे जसलाई उनले ‘बिग ड्रिम्स’ को नाम दिए । बुलकेलेका अनुसार यस्ता बिग ड्रिम्स मानिसले कहिले पनि बिर्संदैनन् । उनले ती सपना र त्यसको अर्थ पनि बताए ।

१. तल झर्नुः

उचाईबाट तल खसेको सपना मानिसहरुले धेरै देख्छन् । हावामा उडेको सपनाभन्दा निकै धेरै पटक यस्तो सपना देखिन्छ । यो सपनालाई मानिसहरुले कहिले पनि बिर्संदैनन् ।

२. सम्भोगसँग जोडिएका अनुभवः
अध्ययनका अनुसार सम्भोगसँग जोडिएका सपना पनि मानिसले कहिले भुल्दैनन् । विशेष कुरा के छ भने सेक्ससँग सम्बन्धित सपना महिलाभन्दा पुरुषले बढि देख्छन् (अध्ययनमा संलग्न ८५ प्रतिशत पुरुष र ५८ प्रतिशत महिला) ।

३. स्कूल, स्कूलका गुरु र पढाईः

थोरै समयसम्म स्कूलको शिक्षा लिनेहरुले पनि स्कूलको अनुभव, स्कूलका गुरु र पढाईसँग जोडिएको सपना पनि याद राख्छन् । वर्षौंसम्म पनि ।

४. कसैको हमला वा कसैले दुःख दिएकोः
यस्ता डरलाग्दो सपना साधारणतया बच्चाहरुले देख्ने गर्दछन् र मनोचिकित्सकका अनुसार यस्ता डरलाग्दो सपना मानिसले जिन्दगीभर याद राख्छन् ।

कसैले सपना देख्नु निकै नीजि र व्यक्तिगत अनुभव भएको बुलकेले बताए यद्यपी, संसारभरीका मानिसहरुको सपनामा एक प्रकारको समानता पनि पाइएको उनले बताए ।

उनी भन्छन्, ‘तपाईं हामी मात्र होइन, मानिसहरु वर्षौंदेखि सपना देख्दै आएका छन् । भिन्न संस्कृति र परिवेशमा बस्ने मानिसहरु, इतिहासको अलग काल खण्डमा जीवनयापन गरिरहेका मानिसहरुले पनि सपना देखेका थिए तर हरेक काल खण्डमा सपनालाई एक चिन्तासँग जोडेर हेरिन्छ । केही नराम्रो हुनसक्ने संकेतको रुपमा सपनालाई लिँदै आएको छ ।

बुलकेले यसलाई वास्तविकता हुनसक्ने बताएका छन् किनभने सपना देख्ने अधिकांश व्यक्तिका अनुसार नराम्रो सपना वास्तविकतामा परिणत भएको बताउने गरेका छन् ।

मानिसहरुले सपना देख्नुका पछाडि भिन्न कारण हुनसक्ने बुलकेले स्विकारेका छन् यद्यपी, यसको अनुभव सबै मानिसले एकै प्रकारको गर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फौजदारी संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यतामा आघात : महासंघ
फौजदारी संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यतामा आघात : महासंघ
चलचित्र ‘प्रसाद–२’ प्रदर्शन नगर्न आदेश
चलचित्र ‘प्रसाद–२’ प्रदर्शन नगर्न आदेश
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
हत्या भएकाे नौ वर्षपछि अपराधि पक्राउ !
हत्या भएकाे नौ वर्षपछि अपराधि पक्राउ !
नयाँ मोदी लेखनाथ प्रसारण लाइन निर्माणमा अवरोध
नयाँ मोदी लेखनाथ प्रसारण लाइन निर्माणमा अवरोध
आजदेखि स्वास्थानी मेला (माधव मेला) सुरु (हेर्नुहोस् ६ तस्बिरमा)
आजदेखि स्वास्थानी मेला (माधव मेला) सुरु (हेर्नुहोस् ६ तस्बिरमा)
गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा कलम चलाउनुस्ः राष्ट्रपति पौडेल
गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा कलम चलाउनुस्ः राष्ट्रपति पौडेल
आईजीपी अर्यालको अडानलाई लत्याउँदै गृहमन्त्रीले हप्काए आईजीपीलाई ?
आईजीपी अर्यालको अडानलाई लत्याउँदै गृहमन्त्रीले हप्काए आईजीपीलाई ?
भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको निधन
भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको निधन
सुनसरी गढी गाउँपालिका-६ को अध्यक्षमा कांग्रेसका साहु विजयी
सुनसरी गढी गाउँपालिका-६ को अध्यक्षमा कांग्रेसका साहु विजयी