किन गरिन्छ भैसी सुन्दरी प्रतियोगिता ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ३०, २०७४
|
|
१७ पटक हेरिएको
Shares
किन गरिन्छ भैसी सुन्दरी प्रतियोगिता ?

सारांश

  • पाकिस्तानमा सबैभन्दा सुन्दरी भैंसीको खोजीमा भएको सुन्दरी प्रतियोगितामा २ सय भन्दा बढी भैंसीहरुले भाग लिएका छन् ।
  • ‘बीबीसी’का अनुसार पाकिस्तानको उत्तरी जिल्ला स्वातको मुख्य शहर मिनगोरामा चलेको उक्त प्रतियोगितामा भैंसी पाल्ने किसानहरु आ–आफ्नो भैंसी लिएर भेला भएका थिए ।
  • स्थानीय पत्रिका ‘द डन’ का अनुसार यो प्रतियोगीता तीन दिनसम्म चलेको थियो ।

पाकिस्तानमा सबैभन्दा सुन्दरी भैंसीको खोजीमा भएको सुन्दरी प्रतियोगितामा २ सय भन्दा बढी भैंसीहरुले भाग लिएका छन् । ‘बीबीसी’का अनुसार पाकिस्तानको उत्तरी जिल्ला स्वातको मुख्य शहर मिनगोरामा चलेको उक्त प्रतियोगितामा भैंसी पाल्ने किसानहरु आ–आफ्नो भैंसी लिएर भेला भएका थिए । स्थानीय पत्रिका ‘द डन’ का अनुसार यो प्रतियोगीता तीन दिनसम्म चलेको थियो । ‘द डन’ले राम्रो भैंसीको प्रजातीलाई प्रोत्साहन गर्नको लागि उक्त प्रतियोगीता सञ्चालन गरेको थियो । यस सुुन्दर भैंसी खोज्ने प्रतियोगितालाई अमेरिकी सरकारको बित्तिय संस्था युएसएडले आर्थिक सहयोगसमेत गरेको थियो । जसमा सबैभन्दा सुन्दर भैंसीले एक लाख ५० हजार रुपैयाँ पुरस्कारसमेत पाएकी थिइन् ।

 

बीबीसीले यस्तो सुन्दरी भैंसीहरुको प्रतियोगिता पहिलोपटक भएको उल्लेख गरेको छ । पाकिस्तानको पशुधन मन्त्रालयले अजीखेली प्रजातिको भैंसी लोप हुन लागेकोले स्थानीय तहमै यस्तो प्रतियोगिता आयोजना गरीएको जनाएको छ । मन्त्रालयका बरीष्ठ अधिकारी मुहिबुल्लाह खानले अजीखेली प्रजातिको भैंसी स्वात क्षेत्रमा मात्रै पाइने बताए । यस प्रजातीको भैंसीहरु चिसो मौसम भएको स्थानमा मात्र पाइने गर्दछन् । पशुविज्ञहरुले यस जातको भैंसी हेर्दा सुन्दरमात्र देखिने नभइ यसले दिने दुध अन्य भैंसीकोभन्दा पौष्टिक, धेरै र मिठो हुने बताएका छन् । त्यस्तै यसको माशुसमेत अन्य जातको भैंसीको तुलनामा बढी स्वस्थकर हुने उनीहरुको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिकको परिणाम तत्काल सार्वजनिक नगर्न आयोगलाई कांग्रेसको चेतावनी
समानुपातिकको परिणाम तत्काल सार्वजनिक नगर्न आयोगलाई कांग्रेसको चेतावनी
राजधानी फर्कने यात्रु र गाडी र मानिसहरुको चाप बढ्न थाले
राजधानी फर्कने यात्रु र गाडी र मानिसहरुको चाप बढ्न थाले
खुलामञ्चमा मिटरब्याजी पीडितले प्रवेश गर्न खोज्दा बालेन्द्रले गरे यस्तो शंका
खुलामञ्चमा मिटरब्याजी पीडितले प्रवेश गर्न खोज्दा बालेन्द्रले गरे यस्तो शंका
सिरहामा एड्सबाट २४ को मृत्यु
सिरहामा एड्सबाट २४ को मृत्यु
नेपाली ग्यास बुलेट सञ्चालनमा भारत तगारो
नेपाली ग्यास बुलेट सञ्चालनमा भारत तगारो
डाँडो खारेर प्लटिङ गरिएको जमिन फाट्दा ४ घर भत्किए
डाँडो खारेर प्लटिङ गरिएको जमिन फाट्दा ४ घर भत्किए
नहेरे पछि परिन्छ यी हुन् २०१८ का पाँच उत्कृष्ट विदेशी फिल्म
नहेरे पछि परिन्छ यी हुन् २०१८ का पाँच उत्कृष्ट विदेशी फिल्म
निशान छापमा नयाँ नक्सा समावेश गर्न संविधान संशोधन गर्ने निर्णय
निशान छापमा नयाँ नक्सा समावेश गर्न संविधान संशोधन गर्ने निर्णय
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
चितवन-२ को अपडेट : एमालेका रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै
चितवन-२ को अपडेट : एमालेका रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै

तपाईंले छुटाउनुभयो कि?