बुटवल उपमहानगरमा कांग्रेस-माओवादी गठबन्धन आउट, एमालेले मार्‍यो बाजी

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २१, २०७४
|
|
२१ पटक हेरिएको
Shares
बुटवल उपमहानगरमा कांग्रेस-माओवादी गठबन्धन आउट, एमालेले मार्‍यो बाजी

सारांश

  • काठमाडौं ।
  • सत्तारुढ नेपाली कांग्रेस-माओवादी केन्द्र गठबन्धन रहेको बुटवल उपमहानगरपालिकामा एमालेको जित सुनिश्चित जस्तै भएको छ ।
  • दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सबैभन्दा चर्चा र चासोमा रहेका बुटवल उपमहानगरपालिकामा गठबन्धन दललाई पाखा लगाउँदै नेकपा एमाले जितको नजिक पुगेको हो ।

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस-माओवादी केन्द्र गठबन्धन रहेको बुटवल उपमहानगरपालिकामा एमालेको जित सुनिश्चित जस्तै भएको छ ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सबैभन्दा चर्चा र चासोमा रहेका बुटवल उपमहानगरपालिकामा गठबन्धन दललाई पाखा लगाउँदै नेकपा एमाले जितको नजिक पुगेको हो ।

बुटवल उपमहानगरपालिकामा ४९ हजार ८ सय ९५ मत खसेपनि हालसम्म ४७ हजार ९ सय ५७ मत गणना भएको छ । १९ सय  मत गणना हुन बाँकी छ ।

जसमा एमालेका मेयर उम्मेद्वार शिवराज सुवेदीले २२ हजार ३५ मत ल्याएका छन् भने कांग्रेस माओवादी गठबन्धनका मेयर उम्मेद्वार खेलराज पाण्डेले १९ हजार ३ सय ५४ मत ल्याएका छन् ।

पाण्डे र सुवेदीबीचको मतान्तर २५ सय रहेको छ । त्यसैले अब त्यहाँ कांग्रेस माओवादी गठबन्धनको जित असम्भव छ ।

माओवादी केन्द्रसँग वडामा तालमेल नगरी उपमेयर दिएर तालमेल गरेको कांग्रेसले सोचेजस्तो मत ल्याउन सकेन । चुनावी तालमेल तथा मेयरका उम्मेदवार सीमांकन हेरफेरको आन्दोलनमा सक्रिय व्यक्ति भएकाले कांग्रेसले यो पटक लालकिल्ला तोड्ने प्रयास गरेको थियो ।

कांग्रेस(माओवादी गठबन्धनले सुकुम्बासीको भोटबाट बढी आश गरेका थिए ।

मतान्तर निकै कम होला भन्ने कांग्रेसको अनुमान थियो, जुन गलत सावित भयो । अब यही मतले एमालेका शिव सुवेदीलाई बुटवलको मेयर बनाउने लगभग निश्चित भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?