सडक मजदुरको चित्कार, सुन्दैन सरकार

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १२, २०७५
|
|
१८ पटक हेरिएको
Shares
सडक मजदुरको चित्कार, सुन्दैन सरकार

सारांश

  • कृष्ण सापकोटा नेपाल सरकारको मातहतमा रहेको सडक बिभागमा रहेर काम गर्ने सडक मजदुरका बिषयलाई लिएर केही चिन्ता व्यक्त गर्ने जमर्को गर्दैछु ।
  • किन सडकमा ७० वर्ष सम्मका पाका उमेरका सडक मजदुरहरु साबेला लिएर डम्परको अघीपछी लाग्दैछन ?
  • यो यिनको रहर नभएर बाध्यता भएको छ ।

कृष्ण सापकोटा

नेपाल सरकारको मातहतमा रहेको सडक बिभागमा रहेर काम गर्ने सडक मजदुरका बिषयलाई लिएर केही चिन्ता व्यक्त गर्ने जमर्को गर्दैछु । किन सडकमा ७० वर्ष सम्मका पाका उमेरका सडक मजदुरहरु साबेला लिएर डम्परको अघीपछी लाग्दैछन ? यो यिनको रहर नभएर बाध्यता भएको छ । सडक मजदुर हकहितका लागि स्थापना भएको सस्था ‘नेपाल सडक मजदुर ट्रेड युनियन’ ( नेपाल स्वतन्त्र सडक मजदुर एकता ) नामक सस्था २०५७ साल देखी नै सडक मजदुरका लागि काम गर्दै आएको छ । २०५७ सालमा स्थापना भएको उक्त संस्थाले २०६३ सालमा दर्ता गराई अधिकारिक रुपमा काम गर्दै आएको छ । संस्थाका संस्थापक राजेन्द्र सापकोटा जसले सडक मजदुरका हकहितका लागि अहोरात खटेर संस्थाको स्थापनामा योगदान दिनुभएको छ ।  ज्याला,मजदुरीमा काम गर्दै आएका सडक मजदुरले धुलो,धुवा,घामपानी केही नभनी सडकलाई नै सम्पती मानेर काम गर्दै आएका छन । न यिनलाई सरकारले अवकास दिन्छ न त यि मजदुरले ज्यानले सकुनजेल काम छोडन नै सकेका छ्न । संस्थाले सरकालाई उपदानको व्यवस्था गर्न पटक पटक दवाव दिंदा पनि सरकार कानमा तेल हालेर बसेको छ ।  बल तागत सबै सडकमा सकेर रोगी र जिर्ण ज्यान लिएर घरमा कुजिने बेलामा सरकारले सेवा बापतको सुविधा दिनु पर्ने माग नै सडक मजदुरको एक मात्रै माग हो भन्दा पनि पछी पर्दैन । ६०,७० वर्ष उमेर समुहका हजुरबा उमेरका मजदुर दिनै जसो सडक मर्मत तथा सरसफाईमा तल्लिन भैरहेकै हुन्छ । आफ्नो पेशामा इमान्दार भएर धुलो र हिलो उठाउन सधैं तत्पर रहने यिनै मजदुरलाई सरकारले ध्यान नदिनु कमजोरी हो ।

नेपाल सडक मजदुर ट्रेड युनियनको तथ्याङ्क अनुसार देश भरमा करारका मात्रै ४००० भन्दा बढी सडक मजदुर सडकमा खटी रहेका छन जस मध्ये सय भन्दा बढि ७० वर्ष माथिका बृद्ध मजदुरहरु अझै पनि सडकमा काम गरि रहेका छन भने ६० वर्ष माथिका मजदुर ५० जना सडकमा खटि रहेका छन । कुनै पनि अन्तराष्ट्रिय कार्यक्रमहरुका लागि राता रात सडक झिलिमीली पर्ने देखी स-साना साना ठुला खाल्टाखुल्टी टाल्टुल पार्ने सबै जस्तो कामको जिम्मेवारी यिनै सडक मजदुरको थाप्लोमा हुन्छ । मजदुरको थाप्लोमा गाडी चडाउने र आफ्नो देशको ब्रिफिङ गर्ने सरकारी निकायले कहिल्यै पनि सरकारलाई सडकको हालत सुधारमा सडक मज्दुरको कस्तो भूमिका छ त सडक मजदुरको हालत कस्तो छ भन्ने कुरा कहिल्यै पनि सरकार अवगत गरायन ।    देशको राजाधानी काठमाडौंको नेपाल सरकार सडक बिभाग सडिक डिभिजन कार्यलाय मिनभावना काठमाडौंको माहतहतमा मात्रै ७० जान सडक मजदुर अहिले पनि काठमाडौंको सडकको हालत सुधारका लागि लागि परेका छन । ति ७० जना मजदुर मध्ये १२ जना मजदुर ७२ देखी ७५ वर्ष माथिका छन । यो उमेरमा पनि सवारी साधनको झोखिमलाई छिचोल्दै सडकको बिचमा बसेर काम गरी रहेका मजदुरलाई उचित सम्मान गर्न सरकारलाई पहल गर्दै आएको ट्रेड युनियनका संस्थापक राजेन्द्र सापकोटा बताउछन ।

दिन रात सडकमा मजदुरी गर्ने र सधैं देशको सेवामा लाग्ने यिनै सडक मजदुरलाई सरकारले व्यवास्था गर्दा सडक स्तरौन्नतीमा पनि नैरास्यता उत्पन्न हुनु स्वभायिक नै हो । राष्ट्र निर्माणको मेरुडण्ड निर्माणलाई सरकारले ठेकेदार प्रणाली बाट भन्दा पनि आफ्नै स्रोत बाट परिचालन गर्ने हो भने सडकको गुणस्तर र स्तरउन्नतीमा प्रगती आउनेछ सापकोटा भन्छन सडक बनाउने ठेकेदारले होइनन मजदुरले हो भन्ने कुरा सरकारले बुझ्नु पर्‍यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?