भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको बिस्केट जात्रा आजबाट सुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २८, २०७३
|
|
६६१ पटक हेरिएको
Shares

सारांश

  •  भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको बिस्केट जात्रा आजबाट सुरु हुँदैछ ।
  • भक्तपुर बासिसङै  भक्तपुर जात्राको रौनकमा मानीसहरु झुम्न थालएका  छन्।
  • तर सुरक्षाको चिन्ता पनि उत्तिकै बढ्न थालेको देखिएको छ ।
 भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको बिस्केट जात्रा आजबाट सुरु हुँदैछ । भक्तपुर बासिसङै  भक्तपुर जात्राको रौनकमा मानीसहरु झुम्न थालएका  छन्। तर सुरक्षाको चिन्ता पनि उत्तिकै बढ्न थालेको देखिएको छ ।
नयाँ वर्षको आगमनसँगै सुरु हुने बिस्केट जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने गरिन्छ । आज साँझ टौमढीस्थित पाँचतल्ले मन्दिरअगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्रा सुरुवात गरिन्छ । काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ । रथ तान्नुअघि रथमा खड्ग, तरबार, निशान राख्ने गर्दछ ।
रथको अगाडि भागमा पाँच र पछाडि चारवटा लामो डोरी राखिएको हुन्छ । जात्रालुले सोही डोरीको माध्यमबाट रथलाई तानेर आ–आफ्नो टोलमा लैजाने प्रयास गर्दछ । जात्राको मुख्य आकर्षण नै यही रथ तानातान गर्नु हो । यसरी तानेर रथलाई तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ ।
पहिलो दिनमा भैरवनाथको रथ तानेर क्वने (तल्लो) टोलको टौमढी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वशंगोपाल, तेखापुखु र थने (माथिल्लो) टोलको क्वाछेँ, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो र दत्तात्रयसम्म रथ तानेर पुनः गःहिटीमा पु¥याई जात्रा सम्पन्न गरिन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बलि चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलि पूजाको मासु प्रसादका रुपमा लाकुलाछेवासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ ।
बिस्केटको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिङ्गो उभ्याइन्छ भने साँझपख तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो लिङ्गो भेलुखेलस्थित ल्योसिङ खेलमा उभ्याइन्छ । लिङ्गो उभ्याउने जात्रा बिस्केटको अर्को आकर्षण रहेको छ । पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हातहरु नीलो कपडाले बेरिएको हुन्छ ।
लिङ्गोको कोखामा झुन्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजा फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ । लिङ्गो उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छ । लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ ।
बिस्केट जात्रा हेर्नाले शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि लिङ्गो उभ्याउने स्थानमा पु¥याइन्छ र लिङ्गो उठ्नासाथ वंशगोलमामा बाराही देवी खौमामा इन्द्रायणी देवीको तिंप्वाः जात्रा गरिन्छ ।
बिस्केटको पाँचौँ दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन लिङ्गो ढालेर मनाईने गरिन्छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संगठन बनाउन हिँडेका क्रान्तिकारीका नेता उतै लागे सरसफाइमा
संगठन बनाउन हिँडेका क्रान्तिकारीका नेता उतै लागे सरसफाइमा
प्रदेश नं ४काे नाम गण्डकी राख्न दिन्नाै: जनजाति महासंघ
नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाको कमाल ,चकित पार्ने मत पायो राप्रपा ले..
नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाको कमाल ,चकित पार्ने मत पायो राप्रपा ले..
सरकारले भनेको नमान्ने जलविद्युत कम्पनीलाई कारवाही
सरकारले भनेको नमान्ने जलविद्युत कम्पनीलाई कारवाही
अनेमसङ्घको सम्मेलन चैत २५ र २६ मा
अनेमसङ्घको सम्मेलन चैत २५ र २६ मा
महेश बस्नेतले संसदमै सु्वालमाथि ब्यङ्ग्य प्रहार गरेपछि !
महेश बस्नेतले संसदमै सु्वालमाथि ब्यङ्ग्य प्रहार गरेपछि !
मङ्सिरमा भाइटीका लगाउनुहुन्न भन्ने हल्लाका पछि नलाग्न समितिको आह्वान
मङ्सिरमा भाइटीका लगाउनुहुन्न भन्ने हल्लाका पछि नलाग्न समितिको आह्वान
विभाजन रोक्न प्रचण्डले ओलीसँग निर्णायक वार्ता गर्ने
रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता ,जोशीको बागी उम्मेदवारी ।
रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता ,जोशीको बागी उम्मेदवारी ।
मृत फेला परेकी बालिकालाई बलात्कारपछि हत्या गरेको पुष्टि
मृत फेला परेकी बालिकालाई बलात्कारपछि हत्या गरेको पुष्टि

तपाईंले छुटाउनुभयो कि?