भरतपुरको मतगणनाबारे निर्णय गर्न आयोगको बैठक जारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १५, २०७४
|
|
२१ पटक हेरिएको
Shares
भरतपुरको मतगणनाबारे निर्णय गर्न आयोगको बैठक जारी

सारांश

  • काठमाडौं, जेठ १५ – भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएपछि रोकिएको मतगणनाबारे निर्णय गर्न निर्वाचन आयोगको बैठक बसिरहेको छ ।
  • आयोगको केन्द्रिय कार्यालयमा जारी बैठकमा गएरातिदेखि रोकिएको मतगणना सुरु गर्ने कि फेरि मतदान गराउने भन्नेबारे आयोगले निर्णय लिनेछ ।
  • अवस्था नियन्त्रबाहिर गएपछि चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले गणनाको सम्पूर्ण कार्य स्थगित गरेर निर्वाचन आयोगलाई जानकारी गराउनुभएको थियो ।

काठमाडौं, जेठ १५ – भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएपछि रोकिएको मतगणनाबारे निर्णय गर्न निर्वाचन आयोगको बैठक बसिरहेको छ ।

आयोगको केन्द्रिय कार्यालयमा जारी बैठकमा गएरातिदेखि रोकिएको मतगणना सुरु गर्ने कि फेरि मतदान गराउने भन्नेबारे आयोगले निर्णय लिनेछ ।

अवस्था नियन्त्रबाहिर गएपछि चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले गणनाको सम्पूर्ण कार्य स्थगित गरेर निर्वाचन आयोगलाई जानकारी गराउनुभएको थियो । आयुक्त नरेन्द्र दाहालले उज्यालोसँग भन्नुभयो, ‘भरतपुर मतगणना विवादबारे निर्णय लिन हामी बैठक बसिरहेका छौं ।’

भरतपुर महानगरपालिकाको १९ नम्बर वडाको मतगणना जारी रहेका बेला माओवादी केन्द्रका प्रतिनिधिहरुले मतपत्र च्यातेपछि मतदानस्थल तनावग्रस्त बनेको थियो । भरतपुर महानगरपालिकामा कांग्रेस माओवादीले प्रधानमन्त्री पुत्री रेणु दाहाल र एमालेले देवी ज्ञवालीलाई मेयरको उम्मेदावर बनाएको छ ।

मतगणना रोकिने बेलासम्म ज्ञवाली र दाहालको मतअन्तर ७ सय ३३ थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार देवी ज्ञवालीले ४१ हजार ६ सय ४१ र रेणु दाहालले ४० हजार ९ सय ८ मत पाउनुभएको छ ।

(riverbendresort.us)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?