भारतको पुनेमा नेपाली फिल्म

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १०, २०७४
|
|
३४ पटक हेरिएको
Shares
भारतको पुनेमा नेपाली फिल्म

सारांश

  • काठमाडौं – भारतको पुनेमा आगामी साउन १३ गतेदेखि आयोजना हुन लागेको एक कार्यक्रममा नेपालका १० फिल्म देखाइने भएको छ ।
  • ‘इन द ल्याप अफ दी हिमालयजः ए फेस्टिभल अफ फिल्मस् फ्रम नेपाल’ नामक कार्यक्रममा नेपाली फिल्म देखाइन लागिएको हो ।
  • पुने इन्टरनेशनल सेन्टरले नेपालको चलचित्र विकास बोर्ड र भारतको नेशनल फिल्म अर्काइभ अफ इन्डियासँग सहकार्य गर्दै आयोजना गर्न लागेको कार्यक्रममा मीनबहादुर भामको ‘कालो पोथी’, छिरिङ रितार शेर्पाको ‘मुकुन्डो’, दीपेन्द्र के खनालको ‘पशुपति प्रसाद’ र नरेशकुमार केसीको ‘डाइङ क्यान्डल’ देखाइनेछ ।

काठमाडौं – भारतको पुनेमा आगामी साउन १३ गतेदेखि आयोजना हुन लागेको एक कार्यक्रममा नेपालका १० फिल्म देखाइने भएको छ । ‘इन द ल्याप अफ दी हिमालयजः ए फेस्टिभल अफ फिल्मस् फ्रम नेपाल’ नामक कार्यक्रममा नेपाली फिल्म देखाइन लागिएको हो ।

पुने इन्टरनेशनल सेन्टरले नेपालको चलचित्र विकास बोर्ड र भारतको नेशनल फिल्म अर्काइभ अफ इन्डियासँग सहकार्य गर्दै आयोजना गर्न लागेको कार्यक्रममा मीनबहादुर भामको ‘कालो पोथी’, छिरिङ रितार शेर्पाको ‘मुकुन्डो’, दीपेन्द्र के खनालको ‘पशुपति प्रसाद’ र नरेशकुमार केसीको ‘डाइङ क्यान्डल’ देखाइनेछ ।

त्यस्तै, प्रचण्डमान श्रेष्ठको ‘लभ सासा’, गोपालचन्द्र लामिछानेको ‘ओ माइ म्यान’, यादव भट्टराईको ‘झोला’, नीर शाहको ‘सेतो बाघ’, रामबाबु गुरुङको ‘कबड्डी’, निश्चल बस्नेतको ‘टलकजंग भर्सेज टुल्के’ र मनोज पण्डितको ‘छाया’ देखाइनेछन् ।

पुनेको प्रभात रोडमा रहेको नेसनल फिल्म अकाईभ अफ इण्डियाको कार्यालयमा हुने कार्यक्रममा मुख्य अतिथीका रूपमा निर्देशक, निर्माता, कलाकार तथा नेपाल चलचित्र कलाकार संघका संरक्षक नीर शाहले सहभागिता जनाउने छन्।
नागरिक बाट साभार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?