भोजपुर नपाको काँग्रेस उम्मेदवारमा आले

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३१, २०७४
|
|
२४ पटक हेरिएको
Shares
भोजपुर नपाको काँग्रेस उम्मेदवारमा आले

सारांश

  • भोजपुर ।
  • आन्तरिक विवादका कारण लामो समयपछि मङ्गलबार भोजपुर नगरपालिकाको प्रमुख पदको उम्मेदवारको टिकट विवाद टुङ्गिएको छ ।
  • नेपाली काँग्रेसले मङ्गलबार बिहान जिल्ला पार्टी सचिव कैलाशकुमार आलेलाई प्रमुखको टिकट दिने निर्णय गरेको हो ।

भोजपुर । आन्तरिक विवादका कारण लामो समयपछि मङ्गलबार भोजपुर नगरपालिकाको प्रमुख पदको उम्मेदवारको टिकट विवाद टुङ्गिएको छ ।

नेपाली काँग्रेसले मङ्गलबार बिहान जिल्ला पार्टी सचिव कैलाशकुमार आलेलाई प्रमुखको टिकट दिने निर्णय गरेको हो । काँग्रेसको केन्द्रीय उम्मेदवारी विवाद समाधान समितिको बैठकले भोजपुर जिल्ला पार्टी समितिले गरेको निर्णयलाई वैधानिकता दिएको जिल्ला पार्टी कोषाध्यक्ष सफल किराँतीले जानकारी दिए ।

जिल्ला पार्टीले यसअघि नै पार्टी सचिव कैलाशकुमार आलेलाई प्रमुखको टिकट दिने निर्णय गरेपनि पूर्व जिल्ला पार्टी सभापति बालकृष्ण थापाले टिकटको दाबी गरेपछि विवाद भएको थियो ।

आलेले प्रमुखको टिकट पाएपछि जिल्ला पार्टी कार्यालयमा कार्यकर्ताको घुइँचो लागेको छ । टिकट विवादका कारण चुनावी अभियान केही दिनदेखि सेलाए पनि अब द्रुतगतिमा अगाडि बढ्ने कोषाध्यक्ष किराँतीले बताए। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?