दुर्घटनामा ज्यान गुमाएका परिवारलाई गाउँपालिकाको सहयोग

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
२७ पटक हेरिएको
Shares
दुर्घटनामा ज्यान गुमाएका परिवारलाई गाउँपालिकाको सहयोग

सारांश

  • बेत्रावती, १ पुस , नुवाकोटको दुप्चेश्वर गाँउपालिका–१ घ्याङफेदीको घ्याङडाँडामा भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई गाउँपालिकाले राहत रकम उपलब्ध गराउने भएको छ ।
  • आज बसेको गाउँकार्यपालिकाको आकस्मिक बैठकले राहत सहयोग स्वरुप मृतकका प्रतिपरिवारलाई रु २५ हजार सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।
  • सो दुर्घटनामा २० जनाले ज्यान गुमाएका थिए ।

बेत्रावती, १ पुस , नुवाकोटको दुप्चेश्वर गाँउपालिका–१ घ्याङफेदीको घ्याङडाँडामा भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई गाउँपालिकाले राहत रकम उपलब्ध गराउने भएको छ ।

आज बसेको गाउँकार्यपालिकाको आकस्मिक बैठकले राहत सहयोग स्वरुप मृतकका प्रतिपरिवारलाई रु २५ हजार सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो । सो दुर्घटनामा २० जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा घाइते भएकाको काठमाडौँको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचारका लागि आर्थिक अभाव भएकाले सहयोगको लागि समेत गाउँकार्यपालिकाको सबैलाई अपिल गरेको छ ।

“मिनीट्रकमा यात्रुको बीमा हुँदैन । मिनीट्रक कुनै यातायात समितिसँग आबद्ध नभएकाले घाइतेको उपचारका लागि आर्थिक अभाव भएको हो,” अध्यक्ष तामाङले भन्नुभयो । घाइतेको उपचारका लागि सहयोग गर्न गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘दैवी प्रकोप कोष’को नाममा एभरेष्ट बैंक, समुन्द्रटार शाखामा रहेको खाता नं ०६४००१०५२००२१३ मा रकम जम्मा गर्न सबैमा अपिल गरिएको छ । बा३ख ३९१३ नं को मिनीट्रक दुर्घटना हँुदा १५ जना घाइते भएका थिए । मिनीट्रक चालक रामभक्त थापा र सहचालक साने बुढाथोकी फरार छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!
हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!
आँखाका बिरामीको सङ्ख्या बढ्दो
आँखाका बिरामीको सङ्ख्या बढ्दो
राष्ट्रपति र प्रधानमन्त्रीको औपचारिक सवारीमा ट्राफिक बत्ती निभाइन्छ
राष्ट्रपति र प्रधानमन्त्रीको औपचारिक सवारीमा ट्राफिक बत्ती निभाइन्छ
बक्यौता रकम नतिर्ने उद्योगहरुको काटिएको लाइन जोड्ने विद्युत प्राधिकरणको निर्णय
बक्यौता रकम नतिर्ने उद्योगहरुको काटिएको लाइन जोड्ने विद्युत प्राधिकरणको निर्णय
आज विदेशी मुद्रा कतिमा हुँदैछ किनबेच हुँदैछ ?
आज विदेशी मुद्रा कतिमा हुँदैछ किनबेच हुँदैछ ?
यौन दुर्व्यवहारको कसूरमा ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश
यौन दुर्व्यवहारको कसूरमा ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश
कालीकोटमा पनि वाम गठबन्धनको क्लिन स्वीप
कालीकोटमा पनि वाम गठबन्धनको क्लिन स्वीप
नेपालको विकासका लागि युएई सहयोग गर्न इच्छुक: राजदुत सइद
नेपालको विकासका लागि युएई सहयोग गर्न इच्छुक: राजदुत सइद
प्रधानमन्त्रीदेखि पूर्वसभामुखसम्मले फिर्ता गरेनन् सरकारी गाडी
प्रधानमन्त्रीदेखि पूर्वसभामुखसम्मले फिर्ता गरेनन् सरकारी गाडी
सहमतिपछि राहत शिक्षकको आन्दोलन फिर्ता
सहमतिपछि राहत शिक्षकको आन्दोलन फिर्ता

तपाईंले छुटाउनुभयो कि?