मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका वनमन्त्री मनाङेले दिए राजीनामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १७, २०८१
|
|
४० पटक हेरिएको
Shares
मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका वनमन्त्री मनाङेले दिए राजीनामा

सारांश

  • काठमाडौं।
  • गण्डकी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिएका छन्।
  • मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन्।

काठमाडौं। गण्डकी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिएका छन्।

मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन्। यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेका मनाङेको आज कार्यविभाजन हेरफेर भएको थियो।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेलाई पनि सरकारमा समेट्दै मनाङेलाई वन तथा वातावरणमा जिम्मेवारी तोकेका थिए। मनाङ्गेले उक्त मन्त्रालय जुनियरहरुलाई दिइने मन्त्रालय रहेको भन्दै उनले असन्तुष्टि जनाएका थिए।

स्वकीय सचिवमार्फत उनले मुख्यमन्त्री पाण्डेसमक्ष राजीनामा पत्र बुझाएका छन्। यसअघि भौतिक पूर्वाधारमन्त्री रहेका मनाङेलाई मुख्यमन्त्री पाण्डेले सोमबार वन मन्त्रालयको जिम्मेवारी दिएका थिए।

आफ्नो मन्त्रालय फेरिएपछि असन्तुष्ट मनाङेले राजीनामा दिएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लवकाे केन्द्रमा प्रहरीकाे मार्चपास ! प्रकाण्डको घरैमा पुग्याे प्रहरी
विप्लवकाे केन्द्रमा प्रहरीकाे मार्चपास ! प्रकाण्डको घरैमा पुग्याे प्रहरी
त्रिभुवन विश्वविद्यालय र भारतको ओम स्टर्लिङ विश्वविद्यालयबीच सम्झौता
त्रिभुवन विश्वविद्यालय र भारतको ओम स्टर्लिङ विश्वविद्यालयबीच सम्झौता
देउवाको पकडबाट बाहिरिए भातृ संस्था
देउवाको पकडबाट बाहिरिए भातृ संस्था
सेमेष्टर भदौ तेस्रो र वार्षिक असोज पहिलो हप्तादेखि परीक्षा गर्ने तयारी
सेमेष्टर भदौ तेस्रो र वार्षिक असोज पहिलो हप्तादेखि परीक्षा गर्ने तयारी
सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि तीर्थयात्री र पर्यटकको बिचल्ली
सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि तीर्थयात्री र पर्यटकको बिचल्ली
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै प्रधानमन्त्री दाहालको दिनगन्ती
मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै प्रधानमन्त्री दाहालको दिनगन्ती
प्रदेश सांसद लामिछानेलाई मष्तिस्कघात, स्वास्थ्य अवस्था गम्भीर
२ हजार २ सय ३३ जना कर्मचारी दरबन्दी खुल्दै
ब्यबसायीद्वारा सापटी कोषको स्थापना !
ब्यबसायीद्वारा सापटी कोषको स्थापना !