माइक्रो, बस चढ्दा चनाखो रहनुस्, चोरको बिगबिगी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ६, २०७५
|
|
४९ पटक हेरिएको
Shares
माइक्रो, बस चढ्दा चनाखो रहनुस्, चोरको बिगबिगी

सारांश

  • काठमाडौं ।
  • बस, माइक्रो चढ्दा चनाखो हुनुस् ।
  • किनभने भिडभाडमा तपाइँको महत्वपूर्ण सामान हराउन सक्छ ।

काठमाडौं । बस, माइक्रो चढ्दा चनाखो हुनुस् । किनभने भिडभाडमा तपाइँको महत्वपूर्ण सामान हराउन सक्छ । काठमाडौंका सार्वजनिक यातायातमा पैसा, मोबाइल, सुनका गहना जस्ता महत्वपूर्ण सामान बोकेर हिड्दा चनाखो हुनुहोला ।

भीडभाडमा हुनहुन्छ भने निकै नै होसियार भएर हिड्नुपर्ने समय आएको छ । राजधानीका सार्वजनिक सवारी साधनमा पाकेटमारको बिगबिगी बढेको छ ।

उपत्यकामा बेग्लाबेग्लै समयमा चल्ने सवारी साधनमा पाकेटमार समूहले सांकेतिक भाषा बोलेर चोरी गर्ने गरेका छन् ।

पकेटमारले पैसालाई ‘द’, मोबाइललाई ‘कान’, प्रहरीलाई ‘ठूल्दाइ’, चालकलाई ‘माम’, सहचालकलाई ‘मले’, गाडीबाट झरेर भागलाई ‘टप्की’लगायतका सांकेतिक शब्द बोल्ने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

पैसा भएको यात्रुलाई घेराबन्दीमा पारी ठेलमठेल बनाएर यात्रुसँग भएको नगद, मोबाइल तथा गरगहना लुटेको भेटिएको छ । अहिलेसम्म ६ लाख नगद, मोबाइल ३९ थान, आइप्याड ४ थान, ल्यापटप ५ थान प्रहरीले पक्राउ गरेको छ ।

चोरहरु बढेपछि मंसिर १५ देखि महानगरीय प्रहरी परिसरले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग मिलेर सादा पोशाकमा प्रहरी खटाएको थियो । प्रहरी खटिएपनि सार्वजनिक सवारी साधनमा हिड्दा चनाखो भएर हिड्नुपर्नेछ । विभिन्न सडकमा चल्ने सार्वजनिक यातायातमा सादा पोशाक लगाएका प्रहरीसमेत खटिएका छन् । तर, चोरी नियन्त्रण हुन सकेको छैन ।

अभियान अन्तरगत परिसरले ५० जना प्रहरीलाई चक्रपथ, रत्नपार्क, जमल, कालीमाटी सहितका उपत्यकाका विभिन्न क्षेत्रमा सादा पोशाकमा खटाएको थियो । बस तथा माइक्रोबसमा चढेका यात्रुको पकेट, झोलामा राखेको पैसा, मोबाइल लगाएका गहना चोर्ने ७७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

सार्वजनिक बसमा विभिन्न बस स्टपमा दुईदुई जनाको दरले ६ जनासम्म चढ्ने र पैसा भएको यात्रु चिनेर पकेट मार्ने गरेको प्रहरीले अनुसन्धानमा भेटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सगरमाथाको उचाइ: नेपाली नापी टोली चुचुरोमा
सगरमाथाको उचाइ: नेपाली नापी टोली चुचुरोमा
मंगलबार सम्म भागबण्डा टुंग्याएर त्यहिँ दिन बेलुका सम्म या बुधबार मन्त्रिपरिषद् विस्तार हुन सक्ने
मंगलबार सम्म भागबण्डा टुंग्याएर त्यहिँ दिन बेलुका सम्म या बुधबार मन्त्रिपरिषद् विस्तार हुन सक्ने
सितगगा नगरपालिका अर्घाखाँचीमा कांग्रेस पछ्छाउँदै एमाले
सितगगा नगरपालिका अर्घाखाँचीमा कांग्रेस पछ्छाउँदै एमाले
श्रीकृष्णको निधन भएको लामो समयपछि स्वेताले बल्ल सम्वन्ध फेरिन्
श्रीकृष्णको निधन भएको लामो समयपछि स्वेताले बल्ल सम्वन्ध फेरिन्
निर्माण व्यवसायी महासंघमा पुनः रवि सिंह निर्वाचित
निर्माण व्यवसायी महासंघमा पुनः रवि सिंह निर्वाचित
प्रहरीले माग्यो एकैपटकमा ८ हजार जना, एसएसपीदेखि सिपाहीसम्मको दरबन्दी
प्रहरीले माग्यो एकैपटकमा ८ हजार जना, एसएसपीदेखि सिपाहीसम्मको दरबन्दी
आजको राशीफल
आजको राशीफल
इनारमा पुरिएका माझीको एक दिनपछि शव निकालियो
इनारमा पुरिएका माझीको एक दिनपछि शव निकालियो
विहान उठेर तामाको भाँडामा राखेको पानी पिउनुहोस्, मिल्छ अनेक फाइदा…
विहान उठेर तामाको भाँडामा राखेको पानी पिउनुहोस्, मिल्छ अनेक फाइदा…
रविन्द्र मिश्र आक्रोशित, उनले धिक्कारे, “कम्युनिष्टको नाममा कलंक हौ”
रविन्द्र मिश्र आक्रोशित, उनले धिक्कारे, “कम्युनिष्टको नाममा कलंक हौ”