फरार रहेका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २०, २०७९
|
|
४० पटक हेरिएको
Shares
फरार रहेका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ पक्राउ

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँ जल्ला प्रहरी परिसरले फरार भएका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ जनालाई पक्राउ गरेको छ ।
  • काठमाडौँ प्रहरीले एकै दिन लागुऔषध, सवारी ज्यान, विद्युतीय कारोबार अपराध, लिखित कीर्ते, कीर्ते जालसाजी, सम्बन्धविच्छेद, बैंकिङ कसुर र जुवालगायत कसुरमा सम्लग्न १५ जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको हो ।

काठमाडौँ । काठमाडौँ जल्ला प्रहरी परिसरले फरार भएका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ जनालाई पक्राउ गरेको छ ।काठमाडौँ प्रहरीले एकै दिन लागुऔषध, सवारी ज्यान, विद्युतीय कारोबार अपराध, लिखित कीर्ते, कीर्ते जालसाजी, सम्बन्धविच्छेद, बैंकिङ कसुर र जुवालगायत कसुरमा सम्लग्न १५ जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न मितिमा काठमाडौँ जिल्ला अदालतले कैद र जरिवनाको फैसला सुनाएकामा फरार रहेका १५ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिनुभयो ।

अदालतले पक्राउ परेकालार्ई चार वर्ष ११ महिना २८ दिन कैद र रु ३७ लाख ९० हजार सात सय ३१ जरिवाना असुल गर्न आदेश दिएको थियो ।

मङ्गलबारै प्रहरीले विसं २०५० साउन ११ गते लागुऔषध मुद्दामा अदालतबाट चार वर्ष ११ महिना १९ दिन कैद र रु पाँच हजार जरिवाना भएपछि फरार काठमाडौँ मैतीदेवीका ५९ वर्षीय श्यामकृष्ण शाहीलाई १९ वर्षपछि पक्राउ गरेको थियोे ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ पेस गरिएको प्रवक्ता मैनालीले बताउनुभयो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?