माइतीघर मण्डलामा नेतृहरुले भनेः बामपन्थी सरकार महिलाहरुले बनाएको

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २४, २०७४
|
|
२४ पटक हेरिएको
Shares
माइतीघर मण्डलामा नेतृहरुले भनेः बामपन्थी सरकार महिलाहरुले बनाएको

सारांश

  • काठमाडौं, २४ फागुन ।
  • महिला नेतृहरुले वर्तमान बामपन्थी सरकार महिलाहरुका कारणले बनेको उदघोष गरेका छन् ।
  • १०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा बिहीबार काठमाडौँमा आयोजित ¥याली तथा कोणसभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

काठमाडौं, २४ फागुन । महिला नेतृहरुले वर्तमान बामपन्थी सरकार महिलाहरुका कारणले बनेको उदघोष गरेका छन् । १०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा बिहीबार काठमाडौँमा आयोजित ¥याली तथा कोणसभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

नेकपा (माओबादी केन्द«), नेकपा एमाले, राष्ट्रिय जनमोर्चा निकट महिला संगठनका नेतृहरु, बुद्धिजीवी, अधिकारकर्मीहरु लगायत कार्यक्रममा सहभागी भएका थिए ।

नेकपा एमालेको पोलिटब्युरो सदस्य तथा पूर्व उर्जा मन्त्री राधा ज्ञवालीले बाम दलहरुलाई जिताउने मतदाता अधिकांश महिलाहरु भएको उल्लेख गरिन् । नेतृ ज्ञवालीले संविधानले सामन्ती कानुनलाई खारेज गरे पनि पुरुषप्रधान सोच अझै हटी नसकेको समेत बताइन् । उनले त्यसैको परिणाम स्वरुप केन्द«मा ५ जना महिलाहरु मात्र प्रत्यक्षबाट निर्वाचित भएको जिकीर गर्दै, स्थानीय निकायको उपमेयर तथा उपाध्यक्ष पदमा ९३ प्रतिशत र ७ प्रतिशत मात्र प्रमुखमा निर्वाचित भएको जानकारी गराइन् ।

अनेमसँघ (क्रान्तिकारी)की अध्यक्ष तथा सांसद अमृता थापा मगरले कोणसभालाई सम्बोधन गर्दै बाम गठबन्धन सरकारमा पनि महिलाहरुले नालापानीको राष्ट्रियताको लडाईमा झै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । उनले नेपाली महिलाहरुले हासिल गरेको उपलब्धि गुम्नसक्ने भएकोले सबै तह र तप्काका महिलाहरु त्यसको रक्षाका लागि एकजुट हुन आवश्यक भएको विचार व्यक्त गरिन् ।

अनेमसंघकी अध्यक्ष तथा सांसद गोमा देवकोटाले महिलाहरु घरबाट बाहिर निस्केको कारणले बामपन्थी सरकार गठन हुन सफल भएको दावी गरिन् । नेतृ देवकोटाले सोही अनुरुप सरकारलाई सल्लाह सुझाव पनि दिने अधिकार महिलाहरुको भएको भन्दै, हरेक महिला श्रमिक भएको उल्लेख गरिन् ।

यसैगरी कोणसभाकी सञ्चालक तथा राष्ट्रिय जनमोर्चाकी नेतृ मीना पुनले पनि महिलाहरुले आफ्नो क्षमता उजागर गर्दै घरबाट बाहिर निस्किनु पर्नेमा जोड दिइन् । नयाँ बानेश्वरको एभरेष्ट होटेलबाट विभिन्न नारा घन्काउदै शुरु भएको ¥याली माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छक्का पञ्जा– २ को ट्रेलर सार्वजनिक
छक्का पञ्जा– २ को ट्रेलर सार्वजनिक
उत्सर्ग डान्सिङ र हिरो अफ भ्वाइसको पाँचौ श्रृङ्खलाः घोराही अडिसनमा १ सय ७० मा १ सय ३३ छानिए
उत्सर्ग डान्सिङ र हिरो अफ भ्वाइसको पाँचौ श्रृङ्खलाः घोराही अडिसनमा १ सय ७० मा १ सय ३३ छानिए
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ लाख नजिक, २१ हजारको मृत्यु
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ लाख नजिक, २१ हजारको मृत्यु
सरकारी नीतिनियम सरकारी निकायबाटै कार्यान्वयन नहुँदा शहीद परिवारलाई सास्ती
सरकारी नीतिनियम सरकारी निकायबाटै कार्यान्वयन नहुँदा शहीद परिवारलाई सास्ती
लोकमान भन्छन् – ज्यानको खतरा भएपछि परदेशिनुपर्यो
लोकमान भन्छन् – ज्यानको खतरा भएपछि परदेशिनुपर्यो
सर्वोच्चको आदेश विरोध प्रदर्शन नरोक
यी हुन् भुटानका प्रधानमन्त्री डाक्टर साब!
यी हुन् भुटानका प्रधानमन्त्री डाक्टर साब!
सचिव दाहाललाई विभागीय कारबाही गर्नुपछ : उपसचिव सञ्जेल
सचिव दाहाललाई विभागीय कारबाही गर्नुपछ : उपसचिव सञ्जेल
प्रदेशसभाका सदस्य तथा पदाधिकारीको तलब बढ्यो ,अब कसले कति तलब पाउँछन् ?
नेपालले मलेसियालाई दियो २५३ रनको विशाल लक्ष्य
नेपालले मलेसियालाई दियो २५३ रनको विशाल लक्ष्य

तपाईंले छुटाउनुभयो कि?