अमेजन क्षेत्रको वन विनाश ६ वर्ष यताकै उच्च

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २, २०७९
|
|
२९ पटक हेरिएको
Shares
अमेजन क्षेत्रको वन विनाश ६ वर्ष यताकै उच्च

सारांश

  • ब्राजिलको अमेजन क्षेत्रको वन विनाश ६ वर्ष यताकै उच्च भएको राष्ट्रिय अन्तरिक्ष एजेन्सी इन्पेले जनाएको छ ।
  • जनवरीदेखि जुनको बीचमा अमेजन क्षेत्रमा करिब ३,९८८ वर्ग किलोमिटर जमिन खाली गरिएको थियो ।
  • गत वर्ष सोही अवधिमा ३ हजार ८८ वर्ग किलोमिटर वन फडानी भएको थियो ।

ब्राजिलको अमेजन क्षेत्रको वन विनाश ६ वर्ष यताकै उच्च भएको राष्ट्रिय अन्तरिक्ष एजेन्सी इन्पेले जनाएको छ । जनवरीदेखि जुनको बीचमा अमेजन क्षेत्रमा करिब ३,९८८ वर्ग किलोमिटर जमिन खाली गरिएको थियो ।

गत वर्ष सोही अवधिमा ३ हजार ८८ वर्ग किलोमिटर वन फडानी भएको थियो । वायुमण्डलबाट ठूलो मात्रामा हरित गृह ग्यासहरू सोसेर ग्रहको अक्सिजन र कार्बनडाइअक्साइड चक्रमा अमेजनले महत्वपूर्ण भूमिका खेल्छ । वातावरणविदहरू बढ्दो वन फँडानीको दोष ब्राजिलका दक्षिणपन्थी राष्ट्रपति जैर बोल्सोनारोलाई दिन्छन् । उनले यसअघि सरकारले ल्याएका वातावरण संरक्षण नीति उल्ट्याएका छन् ।

ब्राजिलको वातावरण मन्त्रालयले वातावरणीय अपराधविरुद्ध लड्न बाध्य भएको जनाएको छ । अमेजन संसारको सबैभन्दा ठूलो वर्षावन हो । उक्त क्षेत्रमा रुखहरू काठ र बाली लगाउन काटिन्छन् । यहाँको उत्पादन विश्वव्यापी खाद्य कम्पनीमा आपूर्ति हुन्छ । उच्च स्तरको वन फँडानीले आगलागीलाई बढावा दिएको अक्सफोर्ड युनिभर्सिटीका डा मानोएला मचाडो बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन : सांसद तामाङ
सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन : सांसद तामाङ
जेनजी सहिद परिवारले मागे तीनवटा मन्त्रालय, मन्त्रीमा तीन जनाको नाम प्रस्ताव
जेनजी सहिद परिवारले मागे तीनवटा मन्त्रालय, मन्त्रीमा तीन जनाको नाम प्रस्ताव
विश्वभर कोरोना संक्रमितको संख्या सात करोड ४५ लाख नाघ्यो
प्रेमगीत ३ बाट बाहिरिए राजेश हमाल, निर्माता सेन भन्छन् धोका भयो
प्रेमगीत ३ बाट बाहिरिए राजेश हमाल, निर्माता सेन भन्छन् धोका भयो
हिमालयको उद्धार उडान तालिका सार्वजनिक
हिमालयको उद्धार उडान तालिका सार्वजनिक
पत्रकारलाई १० लाख रुपैयाँ जरिवाना हुने
६८१ कोरोना संक्रमित थपिए, १५९ जना काठमाडौंमा
६८१ कोरोना संक्रमित थपिए, १५९ जना काठमाडौंमा
मधेश प्रदेशका स्वतन्त्र सांसद् जवाहरलाल कुशवाहा माओवादी प्रवेश
मधेश प्रदेशका स्वतन्त्र सांसद् जवाहरलाल कुशवाहा माओवादी प्रवेश
बिहे गर्दा लाइफ ड्यामेज हुन्छ भन्ने बाबाले नै गरे बिहे
बिहे गर्दा लाइफ ड्यामेज हुन्छ भन्ने बाबाले नै गरे बिहे
नमस्ते नेपालले लागुुऔषध तथा महिला हिंसा बिरुद्ध महाअभियान सञ्चालन गर्दै

तपाईंले छुटाउनुभयो कि?