‘मुग्लिन लागेपछि यात्रामै आङ सिरिङ हुन्छ’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ९, २०७४
|
|
३५ पटक हेरिएको
Shares
‘मुग्लिन लागेपछि यात्रामै आङ सिरिङ हुन्छ’

सारांश

  • रत्ननगर ।
  • चितवनको मुग्लिन–नारायणगढ सडकअन्तर्गत घुमाउनेमा गत चैत २१ गते सुख्खा चट्टाने पहिरो खस्यो ।
  • गन्तव्यमा हिँडिरहेकामध्ये पहिरोमा पुरिएर बा १० प ४८४४ नं को मोटरसाइकल चालक लमजुङ सुन्दरबजारका ४५ वर्षीय रेशमराज रानाको मृत्यु भयो ।

रत्ननगर । चितवनको मुग्लिन–नारायणगढ सडकअन्तर्गत घुमाउनेमा गत चैत २१ गते सुख्खा चट्टाने पहिरो खस्यो । गन्तव्यमा हिँडिरहेकामध्ये पहिरोमा पुरिएर बा १० प ४८४४ नं को मोटरसाइकल चालक लमजुङ सुन्दरबजारका ४५ वर्षीय रेशमराज रानाको मृत्यु भयो । छोरा सन्दिप घाइते भए ।  सँगै आउँदै गरेको ना ४ ख ५४१९ नं को ट्याङ्करका सहयोगी चालक भारतको बेतियाका २५ वर्षीय विनयकुमार कोइरीको मृत्यु भयो । चालक पर्सा लक्ष्मनुवा १८ का ३६ वर्षीय बनु पटेल घाइते बने ।  घटनामा रा १ ख ७७९ नम्बरको मिनि ट्रक, बा १६ च ३९०७ नम्बरको कार र ना ६ ख ६६६४ नम्बरको ट्रक परेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय चितवनको पहलमा मुग्लिन नारायणगढको–३४ किलोमिटर सडकमा जोखिम पहिचान गरेर आवश्यक सावधानी अपनाउन थालिएको उक्त सडक निर्माण आयोजनाका इन्जिनियर शिव खनाल बताउछन् । यो बीचमा दर्जनौ पटक पहिरो खस्यो । नियमितजसो ढुङ्गा झरिरहेको देखिने गरेकाले जोखिममा यात्रा गर्नु बाध्यता भएको चितवनको सौराहाका पर्यटन व्यवसायी प्रकाश भट्टराई बताउछन् ।  यही असार ४ गते पनि उक्त सडकको कालीखोलामै पहिरो खसेर आठ घन्टा सवारी अवरुद्ध हुँदा गाडी खुलाउन दिनभर नै लाग्यो । यात्रुले पहिरो खस्ने त्रासमै दिन बिताए ।  त्यसको तेस्रो दिन असार ७ गते बिहान झरेको पहिरोले पनि यात्रुलाई दिनभर प्रभावित बनायो । उक्त पहिरो खस्दा पर्यटन व्यवसायी भट्टराई काठमाडौँबाट चितवन आउँदै थिए ।  ‘मुग्लिन कटेपछि आङ सिरिङग हुन्छ,’ भट्टराईले भने, – ‘यसरी जीवनकै बाजी राखेर यात्रा कहिलेसम्म गर्ने ’ काठमाडाँैबाट हिँडेका सूर्य अधिकारी पनि त्यही पहिरोका कारण दिनभर सडक बस्नुप¥यो । मुख्यगरी चारकिलो र कालीखोलाको पहिरोले यात्रुलाई प्रभावित पार्दै आएको छ । जीवनकै बाजी थापेर हिँड्नुपर्ने अवस्था मुग्लिन सडकमा भएको अधिकारी बताउछन् ।  घुमाउनेपछिको ठूलो दुर्घटना आजको हो । गएराति ८ बजेदेखि नै सडक गस्ती र सानातिनो पहिरो पन्छाएर मुग्लिनतर्फ फकिँदै गरेको प्रहरीको भ्यान र एउटा ट्रक राति १ बजे कालीखोलाको पहिरोले बगायो ।  दुई प्रहरीको ज्यान गयो भने अन्य दुई प्रहरी बेपत्ता भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्त पहिरोको जोखिमसँगै सडक विस्तारको क्रममा रहेकाले ग्राभेल सडकका कारण पनि यात्रुबाहक बस नसोचेको दुर्घटनामा पर्दै आएको बताउछन् ।  अघिल्लो वर्ष रौतहटको एउटा बस दुर्घटना हुँदा २३ जना यात्रु घटनास्थलमै मृत्यु भएको र दुईवटा ट्रक समेत नदीमा खसेर बेपत्ता भएको सोही क्षेत्र रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचार विष वृक्ष जस्तै सबैका लागि पीडादायी हुनुपर्छ : राष्ट्रपति भण्डारी
भ्रष्टाचार विष वृक्ष जस्तै सबैका लागि पीडादायी हुनुपर्छ : राष्ट्रपति भण्डारी
कात्तिक ६ गते बुधबारको राशिफल यस्तो छ
ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)
ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)
शव गृहकाे जेनेरेटरमा अागलागी
शव गृहकाे जेनेरेटरमा अागलागी
महंगीको विरोधमा प्रदर्शन गरिरहेका राजमुपाका २ कार्यकर्ता पक्राउ
महंगीको विरोधमा प्रदर्शन गरिरहेका राजमुपाका २ कार्यकर्ता पक्राउ
सुनसरीका ६३ कृषक समूहलाई बुधबार मोबाइल फोन
सुनसरीका ६३ कृषक समूहलाई बुधबार मोबाइल फोन
यिनै हुन काम सकेर घर फर्किदै गरेको प्रहरी जवान नरेन्द्र कुँवरलाई हत्या गर्नेहरु
यिनै हुन काम सकेर घर फर्किदै गरेको प्रहरी जवान नरेन्द्र कुँवरलाई हत्या गर्नेहरु
पूर्व मिस नेपाल श्रृंखलालाई किन साथ लगे ओलीले
पूर्व मिस नेपाल श्रृंखलालाई किन साथ लगे ओलीले
‘गाउँघरमा चिकित्सक कार्यक्रम’ प्रभावकारी
‘गाउँघरमा चिकित्सक कार्यक्रम’ प्रभावकारी
पाइपलाइन ओछ्याउन सात किमी मात्रै बाँकी
पाइपलाइन ओछ्याउन सात किमी मात्रै बाँकी

तपाईंले छुटाउनुभयो कि?