चारदिने नेपाल भ्रमणमा रहेकी सुकी स्वदेश फर्किइन्

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १६, २०७५
|
|
४० पटक हेरिएको
Shares
चारदिने नेपाल भ्रमणमा रहेकी सुकी स्वदेश फर्किइन्

सारांश

  • काठमाडौं, मंसिर १६ – म्यानमारकी नेतृ आङ सान सुकी आज बिहान स्वदेश फर्केकी छिन् ।
  • उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले विदाई गरे ।
  • सुकी काठमाडौंमा आयोजित एसिया प्यासिफिक सम्मेलनमा भाग लिन यही मंसिर १३ गते नेपाल आएकी थिइन् ।

काठमाडौं, मंसिर १६ – म्यानमारकी नेतृ आङ सान सुकी आज बिहान स्वदेश फर्केकी छिन् ।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले विदाई गरे । सुकी काठमाडौंमा आयोजित एसिया प्यासिफिक सम्मेलनमा भाग लिन यही मंसिर १३ गते नेपाल आएकी थिइन् । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता गरेकी थिइन् ।

भृकुटीमण्डपमा आयोजित ‘नेपाल चेम्बर एक्स्पो–१८’ लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन समेत गरिन् । सम्बोधनको क्रममा उनले नेपाली उद्यमीलाई म्यान्मारमा लगानी गर्न आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?