हेटौडामा प्रत्येक बुधबार कृषि हाट बजार लाग्ने !
सारांश
- हेटौडा,९ जेठ ।
- हेटौडा ११ नवलपुरमा कृषि हाट बजार सुरु भएको छ।
- कृषि क्षेत्रलाइ प्रबर्दन गरि जनताको जीवनस्तर उकास्न राज्य नै नीति बनार्इ लागि रहेको बेलामा हेटौडा उप-महानगरपालिकाका वडाध्यक्ष गोकर्ण प्रसाद पराजुलीको पहलमा हेटौडा ११ नवलपुरमा कृषि हाट बजार सुरु भएको छ।
हेटौडा,९ जेठ । हेटौडा ११ नवलपुरमा कृषि हाट बजार सुरु भएको छ।
कृषि क्षेत्रलाइ प्रबर्दन गरि जनताको जीवनस्तर उकास्न राज्य नै नीति बनार्इ लागि रहेको बेलामा हेटौडा उप-महानगरपालिकाका वडाध्यक्ष गोकर्ण प्रसाद पराजुलीको पहलमा हेटौडा ११ नवलपुरमा कृषि हाट बजार सुरु भएको छ।
उत्पादक कृषक र उपभोक्ता बीच प्रत्यक्ष सम्पर्क हुँदा दुवै पक्ष लाभावान्वित हुने भएकोले कृषि हाट बजारको आयोजना गरिएको अध्यक्ष पराजुलीले बताए। बजार प्रत्येक हप्ताको बुधबार लाग्नेछ।
एक कार्यक्रमका बीच हेटौडा उपमहानगर पालिकाका मेयर हरिबोल महतले उक्त हाटबजारको उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै मेयर महतले अहिले सुरुवातिमा खुल्ला ठाउमा राखी बजार व्यवस्थापन गरिए पनि बिस्तारै उपयुक्त स्थान चयन गरि टहरा निर्माण गरि हाटबजारलाइ व्यवस्थित गरिने बताए।
हाटबजारलार्इ थप रोमान्चकारी बनाउन स्थानीय कलाकारहरुबाट दोहोरि गीतको आयोजना गरिएको थियो। कृषि हाटबजारबाट ग्राहकहरुले पहिलेको मुल्य भन्दा सस्तोमा खरिद गर्न पाएकोमा खुशी भएका छन भने बिक्रेता कृषक पनि बढि मुल्य पाएकोमा खुशी छन।
प्रतिक्रिया